कस्तो छ "कहानी यो प्रेमगीतको" ? प्रेमगीत २ समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो छ "कहानी यो प्रेमगीतको" ? प्रेमगीत २ समीक्षा




   मन्दिप गाैतम - Jul 31 2017
प्रेमगीत २ समीक्षा

दर्शकहरुको लागि प्रतिक्षित चलचित्र “प्रेमगीत”को सिक्वल “प्रेमगीत २” यो साता प्रदर्शनमा आएको छ । “प्रेमगीत” सफल भए पश्चात थुप्रो बिबादहरु उत्पन्न भएपछी निर्माता सन्तोष सेनले फरक टिमसंग चलचित्र प्रेमगीत २ निर्माण गरे । निर्माता सन्तोष सेनको यो प्रयास कस्तो रह्यो त ? के निर्माता सेन ले चलचित्र प्रेमगीत २ लार्इ पहिला भन्दा अझ राम्रो बनाउन सफल भए त ? जानौं चलचित्र प्रेमगीत २ को समीक्षामा । .

यो पनि हेर्नुहोस् : ५ उत्कृष्ट आइटम गर्ल

प्लट
म्यान्मारमा बसोबास गर्दै आएकी “गीत” अर्थात अश्लेषा ठकुरीलार्इ नेपाल आउने रहर छ, एकदिन आफ्नो परिवारलार्इ नभनी उनि सुटुक्कै नेपाल भाग्दछिन्, त्यसपछि उनि नेपालमा आफ्नो म्यान्मारबाटै काकाले चिनाइदिएको परिवारसंग बस्न थाल्छिन् । त्यहाँ उनको भेट त्यहि परिवारको छोरा “प्रेम” अर्थात् प्रदीप खड्कासंग हुन्छ । प्रदीपले आफ्नो परिवारबाट अश्लेषालार्इ घुमाउने जिम्मा पाँउदछन् र अश्लेषालार्इ नेपाल घुमाउने यात्रामा उनलाई अश्लेशा अर्थात् “गीत”संग माया बस्दछ । त्यसपछि अश्लेशा आफ्नो पढाइको लागि थाइल्याण्ड फर्किन्छिन् । प्रदीप अश्लेशाको खोजीमा थाइल्याण्ड पुग्छन्, तर त्यहाँ पुगेपछि, के प्रेमले आफ्नो गीतलार्इ सजिलै भेट्छ ? के गीतलार्इ पनि प्रेमसंग प्रेम भएको छ ? र गीतलार्इ आफ्नो बनाउन प्रेमले के कस्तो कष्टको सामना गर्नपर्छ ? यो सबै थाहा पाउन यँहाले चलचित्र प्रेमगीत २ हेर्नपर्ने हुन्छ ।

कथा, पटकथा र संवाद
निर्देशक पाठक स्वंयमको कथा पटकथा राम्रो छ, सिंगल स्क्रिन देखि मल्टीप्लेक्स दर्शक दुवैलाई हुनेगरी लेखिएको कथाले प्रेम र गीतको रोमान्सलार्इ मात्र नदेखाई म्यान्मार, थाइल्याण्ड तिर बस्ने नेपालीको नेपाल प्रतिको सोचाइ देखि आफ्नै देशको थुप्रै रमणीय स्थल दर्शकहरुलाई घुमाउन समेत पछी पर्दैन । चलचित्रको पहिलो हाफ खास गरि निक्कै मिठो लाग्दछ । प्रेम र गीत बीचको दृश्यहरु रमाइला लाग्दछन् । पहिलो हाफ पर्दामा चलुन्जेल दर्शकको ओठ बाट मुस्कान सायदै हट्ला । दोस्रो हाफ पनि ठिक ठाक लेखिएको छ । रामशरण पाठक पटकथाले ग्रिप कतिखेर पनि छाड्दैन । चलचित्रको क्लाइमेक्स खासै कन्भिन्सिंग छैन । निर्देशक राम शरण पाठकले कथालार्इ अन्तको ३० मिनेट जसरि पनि डोहोर्याउन सक्थे , उनले चलचित्रलार्इ जबर्जस्ति एउटा “लास्ट फाइट” दिन खोजेको महसुस हुन्छ । अन्तको आधा घण्टामा राम शरण पाठक आफ्नो लेखन शैली बाट हराएको जस्तो लाग्दछ ।

चलचित्रका संवादहरु ठिक ठाक छन्, कुनै संवादले मन छुन्छन भने कुनै निकै कम्जोर लाग्दछन् ।


अभिनय

प्रेम अर्थात प्रदीप खड्काले यो चलचित्रको लागि कडा मेहेनत गरेको प्रष्ट बुझिन्छ, उनले काम राम्रो गरेका छन् । उनले निक्कै कम समयमा थुप्रो फ्यानहरु बटुलेका छन् । अनुमान गर्न सकिन्छ यो चलचित्रपछी उनको प्रशंशकहरु झन् धेरै थपिन्छन् । पहिलो हाफको केहि दृश्यहरुमा भने उनि लाउड लाग्दछन् । नव नायिका अश्लेषा ठकुरीले चलचित्र प्रेम गीत २ मार्फत दर्शकहरुलाई सरप्राइज दिनेछिन् । प्रेमगीतको “गीत” भन्दा बिल्कुलै फरक “गीत”को अवतारमा अश्लेषा फिट छिन् । निक्कै कम चलचित्रहरु यस्तो बन्दछन् जसको पात्रसंग दर्शकलार्इ प्रेम हुन जाँदछ, अश्लेषाको पात्रसंग दर्शकलार्इ प्रेम हुने पक्का छ । उत्कृष्ट शैलीमा लेखिएको अश्लेषाको पात्रको लागि उनले लेखकलार्इ धन्यवाद दिनै पर्छ ।

अब कुरा गरौ निर्माता सन्तोष सेनको, जो यस चलचित्र मार्फत पहिलो चोटी ठुलो पर्दामा देखिएका छन । एक्सनमा उनले इम्प्रेस गर्छन तर त्यसबाहेक उनले कुनै प्रभाव छाडदैनन् । मुख्य कुरा त आफैले बनाएको चलचित्रमा निर्माता सन्तोष सेन आफै एउटा कम्जोर पक्ष बन्न पुगेका छन् ।

शिशिर भण्डारीको ट्यालेन्ट प्रस्तुत हुने ठाँउ चलचित्रले खासै दिएको छैन, उनि जति छन् ठिक छन् । त्यसबाहेक अतिथि भूमिकामा देखिने स्वस्तिमा खड्का, राजाराम पौडेल र श्रद्दा प्रसाईको काम राम्रो छ ।

संगीत
प्रेमगीत जस्तै चलचित्र प्रेम गीत २ को संगीत पनि अव्वल छ । सबै गीतहरु उत्कृष्ट छन् , अरु गीतहरुले त रिलिज पुर्व नै थुप्रै चर्चा बटुली सके । चलचित्र हेर्दै गर्दा “ न त हास्न नै सक्छु” बोलको गीतले पनि राम्रो फील दिन्छ । प्रेम गीत २ को एउटा मजबूत पक्ष यसको संगीत पनि हो ।

प्राविधिक पक्ष
नेपालकै उत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधानले अहिले सम्मको आफ्नो उत्कृष्ट काम चलचित्र “प्रेमगीत २” मार्फत प्रस्तुत गरेका छन् । कथाले लोकेसनको डिमाण्ड गर्दछ र त्यसलाई आफ्नो क्यामरामा कैद गर्न पुरुषोत्तम सफल भएका छन् । उल्लेख गर्नैपर्ने “ कहानी यो प्रेमगीत को” र “बिस्तारै बिस्तारै” स्तरीय तरिकाले खिचिएको छ । अलिश कार्कीको ब्याकग्राउण्ड मजबूत पक्ष हो । अस्ट महर्जनको एक्सन फरक छ, नेपालमा चलीआएको एक्सन भन्दा फरक स्वाद चाख्दा दर्शकहरु खुशी अवश्य हुनेछन् ।.

निर्देशन
निर्देशक राम शरण पाठकले थोरै यात्रा र थोरै देशमोहको कुरालार्इ समेटेर चलचित्र प्रेम गीत २ लार्इ एउटा स्तरीय रोमान्टिक फिल्म बनाएका छन् । उनको प्रस्तुति अव्वल छ , तर अन्तको आधा घण्टामा भने उनले चलचित्र को बाकि अवधिभर दिएको टच मिसिंग लाग्दछ । अनौठो कुरा त के छ भने जहाँ बाट निर्माता पर्दा मा देखिन्छन ठिक त्यहि निर्देशक थोरै भएनी फिक्का लाग्दछन् । त्यसबाहेक, केहि कुराहरु जस्तै प्रेमले आफै औषधि हालेको पानि खाएर पेट दुखेको, मलको लिफ्टमा त्यत्रो बेर अड्किएको, रुखको प्वालबाट त्यत्रो समयपछी बुढी बज्युको चिनो निकालेको जस्ता कुराहरु थुप्रै दर्शकहरुलाई चित्त नबुझ्दो हुनसक्छ । तर, समग्रमा उनले चलचित्रलार्इ एउटा राम्रो रोमान्टिक फिल्म बनाएका छन् ।

समीकरण
नेपाल मा धेरै लामो समय पछी बनेको एउटा स्तरीय लभ स्टोरी बन्न सफल भएको छ चलचित्र “प्रेमगीत २” । विशेषगरी युवा पुस्ताले यो चलचित्र अत्याधिक रुचाउनेछन् । यदि तपाईहरु पर्दामा फेरी एकपटक प्रेम र गीतको रोमान्स हेर्न चाहानुहुन्छ भने यो चलचित्र नछुटाउनुहोस्, तपाईको मनोरञ्जन पक्का हो  ।

रेटिंग : ३.५ /५ 





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.