काठमाण्डौमा देखिरहेको अनि भोगीआएको जिवन, जिवनशैली अनि पात्रहरु बिचको love, lust र life को फरक कथाहरुलाई प्रस्तुत गरिएको चलचित्र “कथा काठमाण्डौ”को पहिलो गीत “रातको कुरा”ले अहिले निक्कै चर्चा बटुली रहेको छ। गायिका इन्दिरा जोशीको स्वर र उपस्थिति समेत रहेको यो गीतमा प्रमोद अग्रहरी र प्रियंका कार्की बीचको प्रेमील दृश्यले गर्दा गीतले ह्वात्त चर्चा कमाएको हो । हुन त प्रदीप बास्तोलाको शब्द र सङ्गीत रहेको यो गीत यतिकै पनि उत्कृष्ट छ ।
तपाईहामीले टिभीमा देखिरहेको अनि मन पराएको कार्यक्रम प्रस्तोता, सञ्चारकर्मी संगीता श्रेष्ठको निर्देशिनमा बन्ने यो पहिलो चलचीत्रको कथा पनि उनकै रहेको छ । चलचित्रमा प्रियंका कार्की, सन्ध्या केसी, आयूष्मान देशराज जोशी, प्रमोद अग्रहरी, संजोग कोईराला आदि लगायतको अभिनय रहेको छ भने यो चलचित्र यहि असोज १२ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।
Liked by: