"रणवीर"को अफिसियल पोष्टरहरु | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"रणवीर"को अफिसियल पोष्टरहरु





निर्देशक गोविन्द सिंह भण्डारी निर्देशित "रणवीर"को अफिसियल पोष्टरहरु सार्वजनिक भएको छ। माघ १८ अर्थात फेब्रुअरी १ तारीखबाट व्यापक रुपमा प्रदर्शनमा आउने यस चलचित्रमा सुशील सिटौला, सुबेक्षा खड्का, सुपुस्पा भट्ट, प्रशान्त ताम्राकार, नरेश पौडेल, हरिहर शर्माको साथमा टिका पहाडीको अभिनय रहेको छ भने चलचित्रमा निर्माता गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन्।

चलचित्रमा क्यारेक्टर रोल निभाइरहेका नायक सुशील सिटौलाले यहि चलचित्रको लागि भनेर आफ्नो लगभग १५ तौल पनि बढाएका छन्। नायक सुषिल सिटौला यस चलचित्रमा पहिलो पटक एक्सन अवतारमा देखा पर्नेछन। आज सार्वजनिक भएका केहि पोष्टरमा नायक सुशील सिटौलाको एक्सन अवतार देख्न सकिन्छ भने केहिमा उनलाई रोमान्टिक लुक्समा पनि प्रस्तुत गरिएको छ। यी पोष्टरहरु आनन्द कुमार महर्जनले डिजाइन गरेका हुन्।



चलचित्रको हालसम्म सार्वजनिक भएको टिजर र राजन राज सिवाकोटीको "तिरिमिरी तिरिमिरी तिन तारा" बोलको गीतले अहिले राम्रो चर्चा बटुलीरहेको छ। चलचित्रलाई शुभ कामना।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.