रातो घरको समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

रातो घरको समीक्षा




   मन्दिप गाैतम - Jun 05 2017

"बाटो मुनिको फुल" र "सायद" जस्तो सफल चलचित्रहरु निर्देशन गरेका निर्देशक सुरज सुब्बा "नाल्बो"को नँया चलचित्र रातो घर यो हफ्ता सिनेमा घरहरुमा प्रदर्शनमा आएको छ । युवा कलाकारहरुको टोलि लिएर केहि समय अघि निर्माण भएको चलचित्र रातो घर भर्खर मात्र नेपालमा प्रदर्शनमा आएको हो । आज हाम्रो पात्रोको समीक्षामा हामि समीक्षा गर्दैछौ नाल्बो निर्देशित ग्यांगस्टर चलचित्र रातो घरको ।

प्लट
कोमल मन भएका झखमले अर्थात विल्सन बिक्रम रार्इ लिड गर्छन अन्डरवर्ल्डमा उदाउन खोजिरहेको गुलेली ग्यांगलार्इ । उनको ग्यांगमा संयम पुरी , गौरभ पहाडी , विकेश श्रेष्ठ सबै जनाको आआफ्नै कथा छ । सुरुमा गुलेली ग्यांग काम गर्छन झापाली (अनुराग कुँवर)को लागि , तर पछी गुलेली ग्यांगको केहि कार्यहरुले गर्दा झापाली र उनीहरुको समूह बीच तनाब उत्पन्न हुन्छ र त्यसपछि चलचित्र यी दुर्इ समूहले एक अर्कासंग लिने बदला तर्फ केन्द्रित छ । 

यो पनि हेर्नुहोस् : कस्तो बनेको छ एक सटमा चलचित्र जालो ? – समीक्षा

कथा पटकथा संवाद
निर्देशक नाल्बोले नै लेखेको चलचित्रको कथा र पटकथा इन्गेजिंग छ । साथीभाईको कथा , रोमान्स , एक्सन र राजनीति भरिएको उनको कथा अहिले निर्माण भैरहेका नेपाली चलचित्रहरु भन्दा पृथक भएपनि खास उल्लेखनीय पृथकता नहुदा  दर्शकले  यस किसिमको थुप्रै बिदेशी चलचित्रहरु हेरिसकेको चलचित्र हेर्दा दर्शकलार्इ अनुभूति हुनसक्छ । चलचित्रको पटकथा ठिक ठाक छ , सुरज सुब्बाले पटकथालाई थप सशक्त बनाउन सक्ने प्रसस्तै ठाउँहरु थियो , तर उनले पटकथामा ट्वीस्टहरु ल्याउन नखोजिकन सरल नै छाडेका छन् त्यसै कारण पनि उनको चलचित्र ठाउँ ठाउँमा अनुमानित हुन पुग्दछ । 
चलचित्रका संवादहरु आकर्षक छन् । विल्सनको भागमा परेका संवादहरुले दर्शकलार्इ खुब हसाउछ अनि बेला बखत दर्शकको आँखा पनि रसाउछ ।

कलाकार
झखमाले अर्थात् विल्सनले आफ्नो पात्रलार्इ न्याय गरेका छन् । चलचित्रको मुख्य पात्र विल्सनको प्रस्तुतिले दर्शकको मन जीत्नेछ । संयम पुरी उत्कृष्ट छन् , आफ्नो एन्ग्री यंग म्यानको चरित्रलार्इ उनले पर्दामा मज्जाले प्रस्तुत गरेका छन् । झापालीको पात्रमा अनुराग कुँवर सुहाएका छन् । रिचार्ज कार्ड चोर र लुगा चोर भनिएको गौरभ पहरी र विकेश श्रेष्ठलार्इ त्यसरी चिनाउनुको कुनै अर्थ त देखिदैन तर दुवैले राम्रो काम गरेका छन् । त्यसबाहेक चलचित्रमा मेनुका प्रधान छिन् र उनको काम जुनसुकै चलचित्रमा हेरिसकेपछि सबै दर्शकहरुले गर्ने एउटी काम हो , उनको तारिफ । बाकि सहायक कलाकारहरुले पनि राम्रो काम गरेका छन् ।


प्राविधिक पक्ष र संगीत
चलचित्र खिचिएका लोकेसनहरु आकर्षक छन् , चलचित्रमा छायांकन पनि अव्वल दर्जाको भएको छ । ब्याकग्राउण्ड म्युजिकले चाहिएको थ्रिल महसुस गराउन सफल छ । सम्पादन पनि अव्वल छ । एक्सन न्याचुरल लाग्दछ । चलचित्रमा संगीत को कुरा गर्न पर्दा “झक्कास झापाली” बाहेक अरु गीतले प्रभावित गर्दैनन्। 

निर्देशन
न्यास्नल अवार्ड विनर निर्देशक सुरज सुब्बाले रातो घरलार्इ एउटा इन्गेजिंग चलचित्र बनाउन सफल भएका छन् । तर चलचित्रमा उनको नाम जोडिएसंगै थुप्रै अपेक्षाहरु बढ्ने गर्दछन , रातो घर त्यस कारणले भने थोरै चित्त नबुझ्न सक्छ। चलचित्रमा थ्रिल त महसुस हुन्छ तर नाल्बोको यसअघिको चलचित्रमा भएको थ्रिल भन्दा निक्कै कम । उनले पटकथा अझ सशक्त बनाउने कुरामा थप ध्यान दिन जरूरी थियो । 

समग्रमा रातो घरले दर्शकको दुइ घण्टा मनोरञ्जन त गर्छ तर अपेक्षा बोकेर गएका दर्शकले यो चलचित्रबाट नाल्बोको स्तरको खासै केहि पाउदैनन् । 

रेटिंग : ३/५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.