चलचित्र “ग्याङस्टर ब्लुज” समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र “ग्याङस्टर ब्लुज” समीक्षा




   मन्दिप गाैतम - Aug 18 2017

पारिवारिक पृष्ठभूमि कम देखाइदा र प्रेम कथा कमजोर हुदा यो चलचित्रले इमोसनल भ्यालु पकड़न सक्दैन


चलचित्र “ग्याङस्टर ब्लुज” समीक्षा

आशिरमान देशराज जोशी र अन्ना शर्मा स्टारर चलचित्र “ग्याङस्टर ब्लुज” यो साता रिलिज भएको छ। यो साताकै अर्को रिलिज भुइमान्छेको कारण सिनेमा घरमा कडा टक्कर पाउने यस चलचित्रले दर्शकको साथ पाउछ त ? हुन् त चलचित्रको ट्रेलर र गीतहरु रिलिज पछी यो चलचित्र चर्चामा रहेको छ, अब यसले दर्शकको मन जीत्न सफल हुन्छ कि हुदैन, आउनुहोेस् जानौ चलचित्र “ग्याङस्टर ब्लुज”को समीक्षामा ।

प्लट
काठमाण्डौमा बसेर पढ्ने आकाश अर्थात आशिरमान आफ्नो कलेजमा केहि लफडा गरेर नेपालगंज,  घर आएका छन् । त्यहाँ उनि आफ्नो पुरानो साथी अर्थात संयम पुरीसंग मिलेर ठेक्का पट्टा गर्न सुरु गर्छन र त्यहि बसाइको सिलसिलामा उनको भेट आफ्नो स्कुलको साथि आरजु (अन्ना शर्मा)संग हुन्छ । आसिरमान र अन्ना भेट्न थाल्छन र छिट्टै प्रेममा बाधिन्छन , तर युवाअवस्थाको जोश रहेको आसिरमानको जीवनमा परिवर्तन तब आउछ जब उनको भाइलाइ अपहरण गरेर केहि स्थानीय डनले हत्या गरिदिन्छन । आसिरमान चुप लागेर बस्दैनन र हत्याको बदला लिन अघि सर्छन, त्यसपछि आसिरमान क्रिमिनल बन्छन र बाकिको चलचित्र उनि क्रिमिनल भएपछी उनले के कस्तो परिस्थितिको सामना गर्न पर्छ, उनको र अन्नाको सम्बन्धले के कस्तो मोड लिन्छ ,यहि सेरोफेरोमा घुमेको छ ।

कथा, पटकथा र संवाद
निर्देशक हेम राज बि सी स्वयम् ले लेखेको चलचित्रको कथा पटकथा मध्यम स्तरीय छ । उनले चलचित्रलाइ निक्कै हदसम्म बाढी राख्ने त बनाएका छन् तर आसिरमान र अन्ना बीचको प्रेम सम्बन्ध निक्कै कम्जोर रहेकाले उनको चलचित्रले दर्शकलाइ इमोसनल भने बनाउदैन । प्रेम सम्बन्ध यति फिक्का छ , जसले गर्दा चलचित्र अन्त क्लिमेक्स तिर त झन् दर्शकहरु चलचित्रका पात्रहरु संग कनेक्ट हुदैनन्  । चलचित्रको दोस्रो हाफमा आउने ट्वीस्ट पनि खासै कन्भिन्सिंग लाग्दैन , दोस्रो हाफका उतार चढावहरु पृथक बिल्कुलै छैनन् बरु उल्टै अनुमानित हुदै जादा दर्शकहरु चलचित्रको अन्त सम्म आइपुग्दा बोर भैसक्ने तय हो ।

चलचित्रको संवादहरु धेरै हदसम्म चलचित्रको कम्जोर पटकथालाई सम्हाल्छ, चलचित्रले संवाद कै भरमा ग्रिप भने छाड्दैन ।


अभिनय
आशिरमान देशराज जोशीको पहिलो चलचित्रमा उनको अभिनय तारिफ योग्य छ, भेराइटी देखिने आकाशको पात्रलाइ उनले आफ्नो पहिलो प्रयासमा सक्दो न्याय गरेका छन् । अन्ना शर्मा ठिक ठाक छिन  । त्यसबाहेक संयम पुरी फेरी एकपटक ग्याङस्टरको पात्रमा उल्लेखनीय काम प्रस्तुत गरेका छन् । रोजिषा शाहीले आफ्नो सानो तर प्रभावशाली भूमिकामा प्रभाव पर्दछिन । त्यसबाहेक प्रमोद अग्रहरी र अनुपम शर्मा उत्कृष्ट छन्  । राम बाबु गुरुङ पनि ठिक ठाक छन्  ।

संगीत
काली प्रसाद बास्कोटाको संगीत उत्कृष्ट छ, "अजमबरी" गीत उत्कृष्ट छ । उनले फेरी एउटा राम्रो एल्बम श्रोतामाझ पस्केका छन् चलचित्र “ग्याङस्टर ब्लुज”बाट ।

प्राविधिक पक्ष र निर्देशन
शैलेन्द्र कार्कीको छायांकन अव्वल छ, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन पनि राम्रो छ, शैलेश श्रेष्ठको ब्याक्ग्राउण्ड स्कोरले त्यति छाप छाड्दैन  ।
सफल निर्देशक हेम राज बिसीबाट अपेक्षा गर्नेहरुले यस चलचित्रबाट निराश हुनपर्ला , उनको यो चलचित्र निक्कै सम्भावना बोकेर सुरु त हुन्छ तर अनुमानित दोस्रो हाफ र पहिलो हाफमा कमजोर प्रेमकथाले यो चलचित्रलाइ एउटा ठिक ठाक चलचित्र मात्र बनाउदछ ।

समीकरण
ग्याङस्टर ब्लुजले एउटा ग्यान्ग्स्तर पछाडी कस्तो कथा हुन्छ भनि देखाउन खोजेको हो, तर चलचित्रका ग्याङस्टर अर्थात आसिरमान जोशीको पारिवारिक पृष्ठभूमि कम देखाइदा र प्रेम कथा कमजोर हुदा यो चलचित्रले इमोसनल भ्यालु पकड़न सक्दैन जसले गर्दा चलचित्र जति क्लाइमेक्स तर्फ बढ्छ त्यति कम्जोर बन्दै जान्छ । थोरै मात्रामा थ्रिल र मनोरंजन भने चलचित्र ले अवश्य दिन्छ । 

रेटिंग : २.५ / ५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.