निखिल र सौगातले एकसाथ गर्दैछन् "संरक्षण"- हेर्नुहोस् ट्रेलर | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

निखिल र सौगातले एकसाथ गर्दैछन् "संरक्षण"- हेर्नुहोस् ट्रेलर





केहि समय यता नेपाली चलचित्रकर्मीहरुले मधेश आन्दोलन र राजनीतिको पृष्ठभूमिमा चलचित्र निर्माण गर्न अलि बढी रुची देखाइएको पाइन्छ । यहि पृष्ठभूमिमा नव निर्देशक पुर्णेन्दु झाले निर्देशन गरेको चलचित्र "संरक्षण"को ट्रेलर आज सार्वजनिक गरिएको छ ।

मधेशी आन्दोलन र राजनीतिको भरपुर डोज पाइने चलचित्र संरक्षणको ट्रेलरको मुख्य आकर्षण भने निखिल उप्रेती र सौगात मल्ललार्इ एकसाथ देखिनु नै बनेको छ । अलि धेरै सौगात र केहि दृश्यमा देखिन सक्ने निखिलको उपस्थिति बाहेक ट्रेलरमा सुनिएका संवादहरुले पनि दर्शकहरुलाई यो चलचित्र हेर्न उत्सुक बनाउन सक्छ । 


चलचित्र संरक्षणमा निखिल र सौगातको अलावा मलिना जोशी , अशिष्मा नकर्मी , प्रमोद अग्रहरी जस्ता कलाकारको सशक्त अभिनय देख्न सकिन्छ । चलचित्र यहि श्रावण २७ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.