तिव्बतमा ७ बर्ष | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

तिव्बतमा ७ बर्ष




चलचित्रको शुरुमै हेनरीकलाई हिटलरका नाजी सैनिकका रुपमा चित्रण गरिएको छ । दोश्रो बिश्वयूद्धको चपेटामा हिटलरको अफ्ठेरो अवस्थामा उन्का इलाइट आर्मी अर्थात् हेनरीक किन बेला न कुबेला पर्वतारोहण गर्न पुगे त ? उत्तर चलचित्रमा खासै छैन् ।



तिव्बत अर्थात नेपालीमा भोट पनि भनिन्छ, शदियौं देखि नुन अनि सामान लिन तिव्बल जाने आउने क्रम नेपालीहरुको रहिआएको झल्को त धेरै कथा अनि उदहारणहरुले दिएकै छन् । 
मुनामदनमा तिव्बत गएको मदन देखि आजभोली पनि नेपाली घरहरुमा भनिने ल्हासामा सुन छ कान मेरो बुच्चै जस्ता थेगोहरुले पनि तिव्बत अनि नेपाली समबन्धको व्याख्या गरिदिन्छ । तिव्बती शरणार्थिहरुलाई शरण दिएको नेपाल अनि तिव्बत संग अत्यन्त निकट देश नेपाल तथापि तिव्बत अनि त्यहाँका रहनसहन, जिवनशैली अनि अन्य बिभिन्न कुराहरु नेपाली लगायतका अहिलेका अन्तराष्ट्रिय जगतमै एउटा रहस्य अझ भनौं तिव्बत प्रतिको उत्सुक्ता छ । चीनले स्वशाषित भूमि तिव्बत कब्जा गरेर त्यहाँका रैथाने दलाई लामा लगायत धेरै तिव्बतीहरुलाई देश निकाला गरे पछि त झन तिव्बत संसारका लागि रहस्यको पोका नै भएको छ । 
के हुन्छ त हिमालको त्यो पार ? 
किन हुन्छ त हिमालको त्यो पार ? 
धेरै प्रश्नहरु तिव्बतसंग जोडिएर आउने गर्दछ, हैन र ? 

आज हामी यसै प्रसंगमा जोडेर एउटा अन्तराष्ट्रिय चलचित्र सेभेन हीयरस यिन तिव्बतको बारेमा कुरा गर्न जाँदैछौं । यस चलचित्र सन् १९९७ मा रिलिज भएको हो जसलाई जीन ज्याक्स अनाउडले निर्देशन अनि यसमा ख्यातीप्राप्त अभिनेता ब्राड पीट ले अभिनय गरेका छन् । यस चलचित्र एकजना अस्ट्रीयन पर्वतारोही हेनरीक हेररको आत्मकथा हो र यि पर्वतारोही हिमाल आरोहणकै क्रममा सन् १९४४ देखि १९५१ सम्म बिभिन्न कारणले तिव्बतमै बसेका थिए । यो समय दोश्रो बिश्वयूद्धको उत्कट समय हो र यसै बिच सन् १९५० मा चीनीया सैनिकले तिव्बतमाथि कब्जा पनि गरेका हुन् । नगां पर्वत आरोहण गर्न गएका पात्र बिभिन्न दुर्घटनाका कारणले ल्हासामा शरण लिन पुग्दछन् । 
यसै क्रममा यी पात्रको तत्कालिन बालक दलाई लामा कुन्दुन संग राम्रो समबन्ध स्थापीत हुन पुग्दछ । यि बालक दलाई लामालाई ल्हासाको पोताला दरबारमा तिव्बतीहरुको आवाज प्रतिनिधित्व गर्न बिभिन्न गुरु अनि सन्त भीक्षुहरुले सिकाइरहेका या तालिम दिइरहेका हुन्छन् । यि बालक एउटा शाषक अनि भगवान दुबै हुन भने उता पात्र हेनरीक भने पर्वतारोहणका आशक्त अनि गर्भवती श्रीमतीलाई देशमै छाडेर जोखिम मोल्दै, भालू अनि हिँउसंग पौठेजोरी खेलेर धन्न बाचेर शरण लिन आइपुगेका अन्जान व्यक्ति हुन् । बेलायती पोव क्याम्प बाट भागेका हेनरीक् संगै उनका सहयोगी पीटर पनि हुन्छन्, चलचित्रका हरेक रोमाञ्चकताका उतार चढावहरु यिनै दुई पात्रका वरिपरि घुमेको छ । 
बालक दलाई लामाले ल्हासा वरिपरि पोताला दरबारको माथिवाट टेलिस्कोपले हेर्दा यि दुई आगन्तुकलाई आएको देखेर पोताला दरबारमा आउन निमन्त्रणा पठाँउदछन् । दलाई लामाले प्रथम भेटमै यि बिदेशीहरुलाई पहेंलो कपाल भनि सम्बोधन गर्दछन अनि आफ्नो देश बाहिरका घटनाक्रम अनि बिषयहरुका बारेमा आफूलाई बताउन यिनलाई आग्रह गर्दछन् । बालक दलाई लामाले हेनरिक लाई आफ्नो लागि चलचित्र थिएटर पनि बनाइदिन आग्रह गर्दछन् । पीटर भने स्थानीय महिलासंग बिवाह गरेर बस्दछन् । चीनीयाहरुले यस दुर्गम शहर तिव्बतलाई किन यति साह्रो महत्वका साथ हेरे भन्ने कुरामा चाँही चलचित्र मौन छ तथापि चीनीयाहरुले तिव्बतीमाथि गरेका र्दुव्यबहारका दृश्यहरु चलचित्रमा कम छैनन् । यसका साथै दलाई लामा २१सौं चीनीया आक्रमणका कारणले देशनिकाला हुन्छन् । 
कहेी कुराहरु भने चलचित्रमा धेरै नाटकिय छन् जस्तै कि एउटा बिदेशी पर्वतारोही र स्थानीय ल्हासाकी कपडा सिउने यूवती बिचको प्रेम अनि घनिष्टतामा भाषगत कठिनाईहरु नदेखाइनु एउटा दुर्बल पक्ष हो । अर्कोतर्फ बालक दलाई लामा बिदेशीहरु संग त्यती निकट हुँदा पनि तिनका सहयोगीहरुले उनलाई केही खतराको जनाउ नदिनु पनि प्राकृतिक लाग्दैन । बालक दलाई लामा आफ्नो भगवान सरहको चरित्र वाट माथि आएर बिश्व परिपेक्ष्यको खबरमा किन त्यती उत्साहीत भए, कथाले न्याय दिएको छैन् । 
चलचित्रको शुरुमै हेनरीकलाई हिटलरका नाजी सैनिकका रुपमा चित्रण गरिएको छ । दोश्रो बिश्वयूद्धको चपेटामा हिटलरको अफ्ठेरो अवस्थामा उन्का इलाइट आर्मी अर्थात् हेनरीक किन बेला न कुबेला पर्वतारोहण गर्न पुगे त ? उत्तर चलचित्रमा खासै छैन् । तथापि तिव्बती रहन सहन अनि पृष्ठूमि अनि हिमाली आवरणहरुका साथ कलाकारहरुको दमदार अभिनयले चलचित्रलाई आलिशान बनाएको छ । फुर्सत भए एकफेर हेर्नुहोला है, तिव्बतमा ७ बर्ष, सेभेन हियरस इन तिव्बत । 
हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.