कस्तो बनेको छ चलचित्र “शेरबहादुर” - समीक्षा ? | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो बनेको छ चलचित्र “शेरबहादुर” - समीक्षा ?




   मन्दिप गाैतम - Feb 03 2018

सुनिल थापा, मेनुका प्रधान, कर्म र रबिन्द्र झा अभिनित चलचित्र “शेर बहादुर” यो साता प्रदर्शन भएको छ । थ्रिलर जनरामा आर राजबंशीले निर्देशन गरेको यो चलचित्रले दर्शकलार्इ कति बाध्न सक्छ त ? जानौं यस चलचित्रको समीक्षामा । 

प्लट
मेक्यानिक कर्म, भारतबाट गाडी चोरेर ल्याउने रबिन्द्र झा र डान्स बारमा काम गर्ने मेनुका प्रधान साथि हुन् । धरानका घरहरुमा छिरेर चोरि गर्ने काम समेत गर्छन् यी तिन मिलेर । एकदिन यसरि नै चोरी गर्ने क्रममा यी तिन भूपू सैनिक सुनिल थापाको घर पुग्छन् । कति सहज छ त्यो चोरी ? को हुन् शेरबहादुर ? यी सबै कुरा जान्न भने यँहाहरुले चलचित्र शेरबहादुर हेर्नपर्ने हुन्छ । 

कथा पटकथा संवाद
हलिउडको चलचित्र “डोन्ट ब्रिथ”बाट प्रेरित चलचित्रको कथालार्इ प्रमोद क्षेत्रीले लेखेका हुन् । उनको लेखाइमा खासै मेहेनत देखिदैन, उनले चलचित्रलार्इ नेपालीकरण समेत गर्न खोजेका छैनन् । आफ्नो संवादहरुमा पनि चुकेका छन् प्रमोद । चलचित्रको पहिलो हाफ खासै रोचक छैन, दोश्रो हाफले भने पक्का दर्शकलार्इ बाधेर राख्छ, चलचित्रमा त्यो बेलाको कुनै पल तपाइँहरुलाई आँखा झिम्काएर नि छुटाउन मन लाग्दैन । तर एउटा सशक्त क्लाइमेक्सले चलचित्रलार्इ अव्वल बनाउन सक्थ्यो , जुन हुनसकेको छैन । अन्त्यका दृश्यहरु अलि धेरै लम्बिएका छन् । प्रमोद क्षेत्रीको पटकथाको मुख्य कमजोरी त के हो भने उनको चलचित्रको पहिलो सिनले नै चलचित्रको अन्त्य अनुमानित बनाइदिन्छ ।

अभिनय
सुनिल थापा मेनुका प्रधान कर्म र रबिन्द्र झा, सबै सशक्त कालकारहरु चलचित्रमा समावेश गरिएको छ, तर कोहि कलाकारले पनि आफ्नो अव्वल प्रस्तुति दिन सकेका छैनन् । सायद निर्देशक आर राजबंशीले नै आफ्नो कलाकारबाट उत्कृष्ट प्रस्तुति निकाल्न सकेका छैनन् । सबैको काम मध्यम छ ।


प्राविधिक पक्ष र सङ्गीत
बिजु कर्माचार्यको साउण्ड डिजाइन र शैलेन्द्र प्रधानको ब्याकग्राउण्ड म्युजिकले शेरबहादुरलार्इ धेरै सम्हालेको छ । यी दुइको काम प्रशंशनिय छ । त्यसबाहेक दिर्घ गुरुङ र नारायण जिसीले पनि छायांकन राम्रो गरेका छन् । राजु पेन्टरको कला निर्देशनमा नेपालीपन महसुस हुदैन, उनको काममा अंग्रेजी चलचित्र हावी भएको छ । सङ्गीतको कुरा गर्नपर्दा कोशिष क्षेत्रीको कान्छी मट्यांग ट्यांग त्यति रुचाइदैन ।

निर्देशन
आर राजबंशीको निर्देशन केहि खास छैन, उनले चलचित्रमा कुनै पृथकता दिन सकेका छैनन् । थ्रिल निकै कम फिल हुन्छ उनको चलचित्रमा र मुख्य कुरा आफ्नो उत्कृष्ट कलाकारहरुबाट उल्लेखनीय प्रस्तुति निकाल्न नसक्नु उनको अर्को कमजोरी हो । तर दोश्रो हाफको केहि क्षणले भने उनको यो चलचित्र एक पटक हेर्न सकिने चलचित्र बन्न पुग्दछ । 

समीकरण

आर राजबंशीको कमजोर निर्देशन, कलाकारको मध्यम अभिनय र प्रमोद क्षेत्रीको कमजोर लेखन शेर बहादुरका कमजोरीहरु हुन्, त्यस बाहेक साउण्ड र दोश्रो हाफ ठिक छन् । थ्रिलर रुचाउने दर्शकले शेर बहादुर एकपटक हेरेर मनोरञ्जन लिन सक्नेछन् । 

रेटिंग : २.५/५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.