फिल्ममा आउने ईच्छा थियो "रणवीर" जस्तो फिल्ममा अफर आएँन | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

फिल्ममा आउने ईच्छा थियो "रणवीर" जस्तो फिल्ममा अफर आएँन





पछिल्लो समय नेपाली फिल्ममा सुन्दरीहरु जोडिन थालेका छन् । मिस नेपाल लगायतका विभिन्न ब्युटी प्याजेन्ट मार्फत फिल्ममा आउनेको कमि छैन । प्रियंका कार्की , मलिना जोशी , सृष्टि श्रेष्ठ , अकेशा बिष्ट लगायत धेरै नाम छन् जसले नेपाली फिल्ममा प्रवेश गरिसकेका छन् । यसै लिस्टमा थपिदैछिन् सुबेक्षा खड्का । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल पाएकी सुबेक्षालाई पहिले फिल्म अफर नगरिएको होइन तर फिल्म ’रणवीर’ मार्फत डेब्यु गर्दै्छिन । नेपाली फिल्मको निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ अनुहारको खोजीको क्रममा सुबेक्षालाई धेरै प्रोपोजल गयो तर उनले तात्कालिन समयमा फिल्ममा अभिनय गरिनन् ।


गतवर्ष सन् २०१८ को सुरुवात देखि फिल्म रणवीरमा जोडिएर नेपाली फिल्ममा प्रवेश गरेकी सुबेक्षालाई सम्भावना बोकेको अनुहारको रुपमा हेरिएको छ । लभ स्टोरी तथा एक्सन मिश्रित फिल्ममा सुबेक्षासँगै सुशील सिटौला , सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , हरिहर शर्मा लगायतको अभिनय रहेको छ । कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको फिल्मलाई गोमा बिष्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका छन् । यसमा फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । फिल्म माघ १८ मा रिलिज हुदैछ ।


सुबेक्षा खड्का : मलाइ फिल्ममा आउँन मन नलागेको होइन तर खोजिएको जस्तो फिल्म अफर आएँन । म मिस नेपालमा सेकेन्ड रनरअप भएसँगै मलाइ अफर राम्रै आएको थियो मैले धेरै मान्छेलाइ भेटे । तर मलाइ चित्त बुझेन । मलाइ पहिला देखि नै फिल्ममा आउने ईच्छा थियो र मसँग काम गर्ने साथीसंगी सर्कलले पनि मलाइ भन्नु हुन्थ्यो तर सहि समयको पर्खाइमा थिए । रणवीरको अफर आएपछि स्टोरी सुने र टिमले पनि चित्त बुझ्यो । यसैले फिल्म गरेकी हु ।


गोमा बिष्ट थापा : हामीले फ्रेस अनुहार खोजि रहेका थियौ , जस क्रममा सुबेक्षालाई भेट्यौ । उनलाई भेटेपछी सुनिएको कुरा लागत लाग्यो । उनले फिल्म नगर्ने भन्दा पनि राम्रो स्टोरी र टिम नपाएकी रहिछिन् । हामीले कथा सुनायौ , पढ्न पनि दियौ । उनले फिल्म गर्छु भनेपछि काम सुरु भयो । एउटा सम्भावना बोकेको प्रतिभाको रुपमा पाए मैले सुबेक्षालाइ ।

यहाँहरुले चलचित्र "रणवीर"को सम्पूर्ण गीतहरु अब हाम्रो पात्रोको "हाम्रो अडियो"मा सुन्न सक्नुहुनेछ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.38
  • 113.98
  • European euro
  • 129.29
  • 129.97
  • UK pound sterling
  • 146.17
  • 146.94
  • Swiss franc
  • 114.25
  • 114.86
  • Australian dollar
  • 81.25
  • 81.68
  • Canadian dollar
  • 85.36
  • 85.82
  • Singapore dollar
  • 83.61
  • 84.05
  • Japanese yen (10)
  • 10.42
  • 10.48
  • Chinese renminbi (Yuan)
  • 16.75
  • 16.83
  • Saudi Arabian riyal
  • 30.23
  • 30.39
  • Qatari riyal
  • 31.14
  • 31.3
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 30.87
  • 31.03
  • Malaysian ringgit
  • 27.56
  • 27.71
  • Korean Won (100)
  • 10.09
  • 10.15
  • Swedish Krone
  • 12.57
  • 12.64
  • Danish Krone
  • 17.32
  • 17.41

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम