सुरेन्द्र महर्जनको "अमर-२" सार्वजनिक | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

सुरेन्द्र महर्जनको "अमर-२" सार्वजनिक





संसारमा गीत संगीत मन नपराउने सायद कोही होला । दु:खमा, सुखमा अनि देश भक्ती होस् या भगवानको जप, तप, आखिर मान्छेको कण्ठबाट निस्कने शुर भनेकै गीत हो । नचाहेर होस् या चाहेर एकान्तमा मात्रै हैन सुनसान स्थानमा पनि निस्कने डर पनि भगाउने मान्छेहरूको छाँयापछिको आफ्नो साथी भनेकै गीत हो ।

राजधानीमा हालै कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन "अमर" को १६ औं कृति "अमर-२" गीति एल्बम गीतकार संघका अध्यक्ष चुडामणी देवकोटाबाट सार्वजनिक भएको छ । अमर-२ गीति एल्बम ओएसनेपालको प्रस्तुतिमा बजारमा निस्किएको छ । सात वटा गीत समाबेश उक्त एल्बममा सुरेन्द्र महर्जन "अमर" कै रचना अनि मेलिना राई, शिव परियार, शिखा भारती, सबिन लिम्बु, निता थापामगर, दिना थानी र स्वयं रचनाकार सुरेन्द्र महर्जन कै स्वर रहेको गीतहरू म भन्दा नि, आशा मर्दै गयो, मरेर जल्छु, वीर नेपाली, तड्पिएर बाँच्ने, दु:ख र सुख गीतहरू रहेका छन् । संगीतकार राम कार्की, सन्तोष श्रेष्ठ र राज कुमारको संगीत "अमर-२" मा रहेको छ । बजारमा निकै चर्चामा रहेको तर एल्बमको रूपमा आई नसकेका चर्चित गीतहरू यस एल्बममा समावेश छन् ।

उक्त कार्यक्रममा सुरेन्द्र महर्जन"अमर" कै रचनाको एउटा गीतको म्युजिक भिडियो संगीता रायमाझीको स्वर/संगीत रहेको "हावाहुरी चलेपछि झनै याद आयो तिम्रो बिर्सू कसरी मनमा सजाएछु याद भन्नू प्यार मेरो जसरी" गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.