ओ.एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ बाट महर्जन सम्मानित | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

ओ.एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ बाट महर्जन सम्मानित





कवि, गीतकार, साहित्यकार, चित्रकार एवं गायक सुरेन्द्र महर्जन"अमर" ओ. एस नेपाल म्युजिक अवार्ड २०७४ बाट ओ. एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ ( lifetime achievenent award 2074) बाट सम्मानित भएका छन् ।

यो पनि हेर्नुहोस् : श्याम कार्कीको “तिम्रो मायामा डुब्न देउ मलाई”

हालै राजधानीको सुन्धारा स्थित आर्मी अफिसको क्लबमा सम्पन्न भएको ओ. एस म्युजिक अवार्ड २०७४ मा २३० उत्कृष्ट मध्यबाट ४६ विद्यामा अवार्ड र प्रमाणपत्र वितरण गरिएको थियो भने उक्त कार्यक्रममा सुरेन्द्र महर्जन"अमर" लाई उहाँले विगत तीन दशकभन्दा लामो समयदेखि साहित्यमा दिनुभएको योगदान र दुई दशक भन्दा लामो गायन तथा चित्रकारीता यात्राको मुल्यांकन गरि उक्त सम्मान दिइएको हो ।


"अमर" का प्रकाशित सोह्र कृति मध्य तीन एल्बम रहेको छ, दुई उपन्यास, एक कविता संग्रह, चार गीत संग्रह, दुई हाइकु संग्रह, एक तान्का संग्रह, नेवारी गीत संग्रह आदि गरी हालसम्म प्रकाशित भएको छ । आधी दर्जन भन्दा बढी विभिन्न संधसंस्थामा आबद्ध रहेको र दर्जन भन्दा बढी पुरस्कार सम्मान पनि प्राप्त गर्नुभएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.