Tulkee Nepali Movie Teaser | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

बहुपति प्रथामा आधारित चलचित्र "टुल्की"को टिजर सार्वजनिक





थुप्रै म्युजिक भिडियोहरुमा छायाँकन र निर्देशन गरेका देव जंग थापाले ठूलो पर्दाको चलचित्र निर्देशनमा हात हालेका छन् । उनले निर्देशन गरेको "टुल्की"को टिजर सार्वजनिक भएको छ ।

प्रचलित नेपाली चलचित्रहरु भन्दा भिन्दै धारमा रहेर यो चलचित्रको कथालाई तयार गरिएको छ । सुन्नमा आएपनि अहिले सम्म चलचित्रमा नउतारीएको नेपालका हिमाली भेक मा प्रचलित बहुपति प्रथा चलचित्रको मुख्य विषय वस्तु रहेको छ । डोल्पाको तल्लो भागमा रहेको व्राम्हण बस्तिमा जन्मेकी टुल्की मायाँ प्रेममा परेर माथिल्लो डोल्पाको सेर्पासंग प्रेम विवाह गर्छिन, त्यहाँको संस्कार नवुझेकी टुल्कीले भोग्नुपरेको व्यथा चलचित्रमा देख्न सकिन्छ ।

यस चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोमलामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बु, दिर्घ लामा, भक्तसिंह कठायत लगायतका कलाकारहरुको अभिनय रहेको छ । सन्जिव लिम्बुले संगित भर्नू भएको यस चलचित्र लाई तारा किम्भे थापा ले सम्पादन गर्नु भएको छ । आर. पि. कर्माचार्य र शेखर लामा को संयूक्त लगानिमा निर्माण भएको हो ।

हेर्नुहोस् चलचित्र "टुल्की"को टिजर : 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.