क्यानडाको मन्त्रीमण्डल, नेपाललाई उदाहरण | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

क्यानडाको मन्त्रीमण्डल, नेपाललाई उदाहरण




आप्रवाशन मन्त्री पूर्व सरकारका प्रखर बिपक्षी हुन् जसले आप्रवाशनका बिषयमा प्रखर समालोचना गर्दथे । दृष्टिबिहीन पाराओलम्पीयन अपांगता र खेल मन्त्री हुन् । बित्त मन्त्री सफल ब्यापारी हुन् । कृषि र खाद्य मन्त्री पूर्व कृषक हुन् । लैगींक समानता र अन्य समावेशीताका लागि क्यानडाका मन्त्रीमण्डल उदहारण हो ।



क्यानडा नर्थ अमेरिकाको एउटा सार्वभौम देश हो । अमेरिकाबाट तन्किएको यो देश आर्कटीक सिमासम्म रहेको छ । क्षेत्रफलका हिसाबले विश्वकै सबैभन्दा ठुलो देशको सूचीमा दोश्रो देश क्यानडालाई मानिन्छ । प्रति व्यक्ति आय का हिसाबले १५ उच्च देशमा क्यानडा पनि पर्दछ र शाषन सत्ताका हिसाबले क्यानडा संघीय संसदिय प्रजातान्त्रीक मुलुक हो जहाँ संवैधानिक राजतन्त्र रहेको छ । महारानी एलीजावेथ २ क्यानडाकी राष्ट्राध्यक्ष हुनुहुन्छ ।
क्यानडाको वर्तमान मन्त्रीमण्डल बिश्वकै लागि एउटा उदाहरण भएको छ, संसारका अधिकांश संसदमा राजनैतिक खिचातानी चल्दछ र पदका लागि झगडा र तनाव संसदका लागि सामान्य हो । प्रजातन्त्रका खोल ओढेका देशहरुले भ्रष्टाचार, कमिसन अनि राष्ट्रघाती कार्य र पदवहाल गर्ने चलन हामीले नदेखेका होइनौं तर बिस्तारै संसारमा अब प्रजातन्त्र सर्वत्र संस्थागत हुनेछ भन्ने आशा हामीसंग अझै छ । सहि पदमा सहि मान्छे पुग्न जरुरी हुन्छ , जब जब बिकासको कुरा आँउछ तब तब नेतृत्व अनि तठस्तता र अनुभव को कुरा आँउदछ । प्रणाली र संरचना सफल र अनुभवी नेतृत्वको दक्षताले निर्माण गर्दछ । सम्बन्धित कुरामा दक्ष नेतृत्वको चयनमा क्यानडाको अहिलेको मन्त्रीमण्डल अनुपम दृष्टान्त भएको छ । नेपालमा अहिले नयाँ मन्त्रीमण्डलको कुरा भइरहँदा क्यानडाका नेतृत्ववाट पनि केही सिक्ने कि ?

४६ बर्षका जस्टीन टिरड्यू क्यानडाका प्रधानमन्त्री हुन् । सन् २०१५ को नोभेम्बर महिनाबाट अहिलेसम्म यिनी प्रधानमन्त्री हुन् र यिनी प्रधानमन्त्रीका साथै इन्टरस्टेट गभरमेन्ट र युवा मन्त्री पनि हुन् ।

यातायात मन्त्री मार्क गार्नेयू हुन् जो विश्वसिद्ध अन्तरिक्षयात्री एवं अन्तरिक्षबिज्ञ मानिन्छन् । मार्क गार्नेयू पेशाले इन्जिनीयर हुन् जसले सेनामा पनि कार्य गरेका थिए । भौतिक पूर्वाधार व्यबस्थापन अनि निर्माणमा उन्को अनुभव यथेष्ट रहेको छ । कार्लेटन यूनिभर्सिटी ओटावाका चान्सलर पनि भएका यिनी सन् २०१५ को फेडेरल चुनावमा बहुमतका साथ बिजयी उम्मेदवार हुन् । 


क्यानडामा ट्रेजरी बोर्ड मन्त्री अर्थात खरखजाना या आर्थिक शंशाधन सुरक्षा मामिलाका मन्त्री स्कोट ए ब्रिन्सन हुन् । यिनी सन् २००५ मा वल्र्ड ईकोनोमिक फोरमद्धारा आफ्नो अर्थ संरक्षण र नेतृत्वका लागि बर्ष युवाको पदवीले सम्मानीत व्यक्तित्व हुन् । 


उता परराष्ट्र मन्त्री श्रीमती क्रिस्टीया फ्रिल्याण्ड हुन् । सन् २०१५ मा क्यानडाकी ५० प्रभावशाली महिलाको सूचीमा सूचीबद्ध यिनी पेशाले एउटी लेखक र पत्रकार हुन् । रसियाको कम्यूनिजम बाट क्यापीटलिज्म सम्मको यात्रालाई विश्वप्रसिद्ध पुस्तक सेल आफ द सेन्चुरीमा यिनैले लेखेकी हुन्, विश्व घटनाक्रम र बिकासमा यिनको दक्षता अद्धितीय छ । 


बालबालिका तथा समाज बिकास मन्त्री जेन ड्यूक्लोस हुन् । यिनले अर्थशास्त्रमा पीएचडी गरेका छन् र समाज र अर्थतन्त्र अनि सशक्तिकरणका बिषयमा यिनका आर्टिकल अनि बिचारहरु विश्वभरिका विद्यार्थीहरू ले पढ्ने गरेका छन् । 


रोजगार मन्त्री श्रीमती प्याटी ह्याज्डु हुन् जो आफ्नो समाजवादी धारणा अनि बिचारका लागि अत्यन्त प्रसिद्ध छिन् । यिनले पब्लीक एडमिनीस्ट्रेशन पढेकी हुन् । जिवनको ९ बर्ष थन्डर बे भन्ने ठाँउमा लागुऔषध दुव्र्यसनका बिरुद्ध सेवा अनि जनचेतनाका लागि यिनले अनवरत कार्य गरेकी छिन् । बजारशास्त्रमा र्सिजनात्मक निर्देशक अनि बिभिन्न सामाजिक जनचेतना कार्यका लागि अत्यन्त सफल बिज्ञापन र तवरहरुको यिनले सिर्जना गरेकी छिन् । क्यानडाको सबैभन्दा ठूलो सेल्टर हाउस अर्थात घरबारबिहीनका लागि बनाइएको सेल्टर हाउस कि निर्देशक समेत भएकी यिनी अत्यन्त प्रभावशाली छिन् ।

प्राकृतिक संशाधन मन्त्री जिम कार यहुदी सन्तती हुन् । उनी पत्रकार, संगीतकार अनि कुशल प्रशासक हुन् । मन्त्री हुनअघि यिनी मानीटोवा कला केन्द्रका अध्यक्ष थिए ।

उता राष्ट्रिय सुरक्षा मामीला मन्त्री भने भारतीय मूलका हरजीत सज्जन हुन । उनी यसअघि अपराध उन्मुलन शाखाका जासुस अनि कुशल सुरक्षाकर्मी हुन् । रेजिमेन्ट कमाण्डर भएर अफगानीस्तानमा पनि यिनले क्यानडीयन आर्मीका तर्फवाट कार्य गरेका छन् । उनी भारतको पंजाव होर्सापुरमा जन्मीएका हुन्।
यस्तै अर्का भारतीय मुलका नवदीप बैन्स आर्थिक बिकास, बिज्ञान अनि नर्वप्रर्वतन अर्थात इनोभेशनका मन्त्री हुन् । यिनी पनि क्यानडामा जन्मीएका पंजाबी हुन् र पेशाले यिनी चार्टड एकाउण्टेन्ट हुन् । विश्वप्रसिद्ध फोर्ड गाडी कम्पनीका मुख्य फाईनान्स एनालसीस्ट अनि रेभीन्यू एनालसीस्टका रुपमा यिनले ४ बर्ष कार्य गरेका छन् ।
आप्रवाशन मन्त्री पूर्व सरकारका प्रखर बिपक्षी हुन् जसले आप्रवाशनका बिषयमा प्रखर समालोचना गर्दथे । दृष्टिबिहीन पाराओलम्पीयन अपांगता र खेल मन्त्री हुन् । बित्त मन्त्री सफल ब्यापारी हुन् । कृषि र खाद्य मन्त्री पूर्व कृषक हुन् । लैगींक समानता र अन्य समावेशीताका लागि क्यानडाका मन्त्रीमण्डल उदहारण हो ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.