हिन्दु धर्म र शखंको महत्व | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हिन्दु धर्म र शखंको महत्व




   Suyog Dhakal - Dec 29 2016

हिन्दु धर्मको कुरा गर्दा र हिन्दु परिवारको वसाईको आकलन गर्दा एउटा पूजाकोठा, दैनिक चढाईएका फूलहरु , प्रसादी राख्ने सानो कचौरा, पञ्चपात्रो, चन्दन घोट्ने चनौटो अनि अचामनी अर्थात जल अचाएर शिरमा राख्ने सानो धातुको चम्चाजस्तो पूजासाम्रगी आदिहरु याद आँउदछन् । तपाईहरुलाई त थाहै छ, हाम्रो पात्रोले नेपालीपनाको पर्यायवाचीकारुपमा हामीले विर्सन आँटेका अनि नयाँ पुस्ताले भुल्न लागेका सस्कार अनि साम्रगीहरुलाई मोवाईल एप्स मार्फत प्रस्तुत गर्ने गर्दछ भन्ने । आउनुहोस् आज हाम्रो नयाँ पुस्ताले विर्सन आँटेको एउटा साम्रगी शखंका वारेमा श्याख्या गर्दैछौ, हिन्दुहरुको सनातन सस्कारमा शखंको ठूलो भुमीका छ भने एउटा भौगोलिक देशमा समुन्द्रमा पाईने जिवको अवशेषको यो प्रचलनले हाम्रो सामुन्द्रीक सभ्यतालाई उजागर गर्दछ, हामी समुन्द्र किनारवाट सभ्यताको लहरमा तैरिदै आएका हौँ भन्ने पनि पुष्टी गर्दछ ।

शखं एउटा सामुन्द्रीक जिव हो, जस्को वाहिरको खोस्टोलाई मुखवाट हावा हालेर वजाईन्छ । शखंको ध्वनी वास्तवमै कर्णप्रिय र शुभ रहने भनाई र वैत्रानीक विष्लेषणहरु छन् । अग्रेजीमा शखंलाई CONCH भनिन्छ ।

महाभारतको यूद्ध देखि विवाह व्रतबन्ध अनि मृत्यूको मलामी सम्म शखंनादले जनाउगर्ने सनातन सस्कार छ ।

शखंको दुईवटा धुन हुन्छ, शुभ र अशुभ । एकोहोरो शखंले अशुभ या पिडादायी जनाउ दिन्छ भने दोहोरो शखंले शुभकार्य को जनाउ दिन्छ । शखं वजाउनाले वजाउने मान्छेको पनि श्वासप्रश्वास राम्रो हुने विश्वाश छ ।

शखं र डमरुको ध्वनीले शब्दहरुको अविष्कार भएको पौराणीक विश्वास पनि छ, घडिको दिशातर्फ धुमेको शखंको विचको भागले व्रह्माण्ड अनि यस्को असिमीत स्थानका वारेमा प्रतिनीधीत्व गर्दछ । वटारिएर रहेका यी स्थानहरुलाई खोल्न सकिएमा सम्पूर्ण व्रह्माण्डनै यस्मा अटाउने अदभुत अलौकीक स्थान रहेको विश्वास भएका यी शंखहरु भगवान विष्णुका प्रतिकका रुपमा मानिन्छन्, विष्णु भगवान कमलको फूलमा शेष नागले विराजमान भएर समुन्द्र मुनी विराजमान भएको पुराणहरुले पालैपिच्छे ब्याख्या गरेको छ । विष्णु भगवानको ५ वटा मुख्य हतियारहरुमा शखं पनि पर्दछ, वहाँका पाँचवटा हातहरुमा एउटा हातमा शखं पनि रहेको छ ।

यदि शखंको घुमाई घडिको दिशाको उल्टो तर्फ घुमेको छ भने त्यसलाई प्रकृतीको नियमका रुपमा मानिन्छ, यस्ता शंख भगवान शिव र विनाश सित समबन्धीत मानिन्छ, स्मरण रहोस् विनाशलाई विकासको प्रथम चरणकारुपमा पुराण् अनि गीताले ब्याख्या गरेको छ ।

शखं वजाउने कुरामा महाभारतमा अर्जुनलाई स्पष्टसँग शखं सिपालुरुपमा वजाउज जान्ने मान्छेका रुपमा उजागर गरिएको छ । राम्रोसँगले शखंध्वनी निकालेमा नराम्रा आत्माहरु, हानीकारक जिवहरु अनि प्राकृतीक विपत्तिहरु टर्ने संभावना रहन्छ भनेर शास्त्रहरुमा लेखिएको छ ।

भगवान शिवको नृत्य अनि भजनमा शखंको प्रयोग विना पूर्ण नहुने हुन्छ । शिवलाई शकंर पनि भनिन्छ, अझ सस्कृतमा यस्को उच्चारण शखंर अर्थात शखंकरा भन्ने हुन्छ, यो शब्द शखंवाटै ब्यूतपति भएको विभिन्न हिन्दुधर्मको दस्तावेजमा उल्लेख गरिएको कुरा अडकल काट्न सकिन्छ, शखंकरा अर्थात शखं वजाउने ब्यक्ति अर्थात शिव । एकफेर शिवले विष्णुको शखं चोरेको कुरा पनि विष्णुपुराणमा उल्लेख छ । पछी गणेशको पूजाअर्चना गरेपछी उक्त शखंको कुरा मिलेको थियो ।

विष्णु भगवानको तल्लो अनि देब्रे हातले संसारको चक्र, श्रृजना अनि चलनलाई प्रतिनिधित्व गर्दछ, संसारको चलन अनि अनुभुतीको कुरा गर्दा पञ्चजन्य अर्थात पाँचवटा तत्वहरु, पानी, आगो, हावा, माटो अनि आकाश अर्थात व्रह्माण्डलाई वुझँउदछ, शखंंध्वनीले यी पाँचैतत्वलाई श्रृष्टीको प्रथम आकार र आवाज दिन्छ भनेर विष्णुको ब्याख्या गरिएको छ ।

ओमकार को कुरा पनि यहि जोडिन्छ, भर्खरै वैज्ञानिकहरुले गरेको सुष्म अध्यनका आधारमा सूर्यवाट प्रकाश निस्कदा एकरुपमा ओमकारको आवाज आउने पुष्टी गरेका छन्, यहि ओमकार शदियौँ देखि सनातन चलनमा सँधै प्रयोग गरिन्छ । ओमकारको प्रयोगले मान्छेमा पनि सूर्यको जस्तो तेज आउने विश्वास छ, योगआसन अनि पूजापाठमा ओमकार अनिवार्य छ ।

समुन्द्रमन्थन पछी निस्केको पवित्र कुराहरुमा शखंपनि एउटा कुरा हो ।

देब्रे तर्फ घुमेको र दाहिने शखंमध्य देब्रे शखं लाई भलम्पिरि या लक्ष्मीशखंका रुपमा अझ पवित्र मानिन्छ ।
सूर्य उपासना अनि धनका राजा कुबेरको पनि धन अनि वैभवको उजागरात्मक तत्वकारुपमा शखंलाई वैभवको प्रतिकका रुपमा पनि मानिन्छ ।

यस शखंको प्रयोग अनि महत्वले विज्ञानको आविष्कारमा थप टेवा पुगोस्, एकदिन विश्वभरि शान्तिको ध्वनी गुञ्जियोस्, धर्म हैन मानवताको मर्मको रक्षा होस् । कल्याण होस्
---------------
हाम्रो पात्रोकालागी सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.