जीवन र मृत्युबिचको दूरि | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

जीवन र मृत्युबिचको दूरि




शौरभ ढकाल - Sep 11 2016

लिएर जाने कुरा केहि छैन शिवाय तिता मिठा अनुभव र यादहरु... शायद! जीवन र मृत्युको अन्तर कुनै मिलिसेकेण्ड या मिनेटभरमा हुन्छ र एक मिलिसेकेण्ड अगाडि एउटा उर्जावान गतिशिल जीवन क्षणभरमैं मृत हुन्छ, तर कसरी ? हरेकले बेग्ला बेग्दै तर्क गर्लान् तर, यो प्रश्न ना जवाफ छ ।



हरेक जीवनको शुरुवातसंगै एउटा कटूयर्थात् पनि संगै हुन्छ त्यो हो, मृत्यु एउटा शाश्वत सत्य ! अवधि छोटो या लामो होला तर अन्त्य निश्चित छ । तथापि यो तितो यर्थाथलाई भुलेर जीवन र मृत्युबिचको अवधिलाई आ-आफ्नो ढंगबाट जिउने प्रयास सबैको हुन्छ । कुनै उपभोग्य वस्तुको खोल अगाडि लेखे झै हामी प्राणिहरुको जीवनमा एक्सपायरी डेट त पक्कै पनि हुँदैन र शायद! यहि सस्पेन्सले जीवन जिउने कला र जीवनको महत्व बढाइदिन्छ ।

पृथ्वीका ति तमाम स्वाँस चाहिने जीवनको मृत्यु सामान्य अर्थात् बुढेसकाल लागेपछि हुन्छ तर सबैजना यस्ता भाग्यमानि हुँदैनन । मृत्युका धेरै कारण र रुपहरु छन जसलाई निराशावादी रुपमा केलाइरहन आवश्यक छैन तर यस्ता थुप्रै क्रियाकलापहरु छन जसले हरेक क्षण हामीलाई मृत्युसंग धेरै नजिक बनाइरहेको हुन्छ तथापि हामी ति कारणहरुबाट बेखबर छौं । यस्ता फरक फरक केही मृत्यूका कारणहरुलाई वेवास्ता गर्न केहि हदसम्म सकिएला तर कतिपय त्यस्ता फरक घटना र क्षणहरू हुनसक्छन् जुन नियन्त्रणको परिधी भन्दा धेरै बाहिर हुन्छ, असोंचनीय अनि अकल्पनिय ! 

जन्मेदेखि नै प्रगती र प्राप्तिकालागि दौडधूपको संसारमा होमिनु मान्छेको नियति हो । धनसम्पतिको मोह पनि उत्तिकै हुन्छ, तिनै सम्पतिको क्षय हुने डरले हरपल सक्रिय चिन्तायूक्त जीवन जिउनेहरू आफ्नो जीवन नाशवान छ भन्नेकुरासंग जानकार हुँदैन या भएर पनि अञ्जान छ । लिएर जाने कुरा केहि छैन शिवाय तिता मिठा अनुभव र यादहरु... शायद! जीवन र मृत्युको अन्तर कुनै मिलिसेकेण्ड या मिनेटभरमा हुन्छ र एक मिलिसेकेण्ड अगाडि एउटा उर्जावान गतिशिल जीवन क्षणभरमैं मृत हुन्छ, तर कसरी ? हरेकले बेग्ला बेग्दै तर्क गर्लान् तर, यो प्रश्न ना जवाफ छ ।

स्टेरिंग नियन्त्रण गर्न नसकेको चालकले चलाएको गाडिको ठक्करबाट बटुवाको मृत्यु त्यही बाटोमा हुनसक्छ । एउटा दिशामा घुमाउनुपर्ने स्टेरिंग चालकको मष्तिष्कले गरेको मिलिसेकेण्डभरको एउटा निर्णयले अर्को दिशामा घुमाइएमा या नघुमाइएमा या ब्रेक नलागेमा बाटोमा हिंडिरहेको जीवन तुरून्तै मृत्युको मुखमा पुग्न सक्दछन् ।

लडाइमा सक्रिय सैनिक, प्लेनमा सवार यात्रु लगायत जो कोही मृत्यूको त्यो मिलिसेकेण्डको प्रभावबाट अछुतो छैन, चाहे ढिलो या चाँडो मृत्यु अवश्यम्भावी छ र यो सत्य छ ।

धेरैले मृत्यूलाई नजिकबाट महसुस गरेका हुन्छौ नै, गत वर्षको भूँइचालोले पनि एकाएक एउटा विर्षिनै नसक्ने ठूलो मानव विनासको झलक देखाएर गयो । धेरै पटक हामी झण्डै मरेको, बल्ल बल्ल बाँचेको, अवचाँही मरे, मृत्यूको मुखबाट आँए जस्ता अनुभवहरु देखेका र भोगेका छौं । जीवन र मृत्यु धेरै नजिक छ तसर्थ मृत्युलार्इ आत्मसाथ नगरेर जीवनको यथार्त नै अर्धसत्य हुन्छ । जन्म र मृत्युबिचको भागनै जीवन हो र मृत्युसंग डराउने भन्दा पनि बाँचुञ्जेलको सत्यतालाई कायम राखि जीवनमा खुशीयाली भरेर भब्य र सौहार्दयूक्त सकारात्मक जीवन बाँच्न सकौं, सबैलाई दर्शन् ।

----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.