बिद्यार्थीलाई मोवाइल किन ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

बिद्यार्थीलाई मोवाइल किन ?




प्रायको हातमा दुई दुई वटा मोवाईल फोन हुन्छन, एउटा फोन गर्ने मोवाईल अर्को नेट इन्टरनेट चलाउने मोवाईल ।



नेपालमा केहि बर्ष यता सञ्चारको तिव्र रुपमा विकास र विस्तार भएको पाइन्छ। करिव ५ बर्ष पहिले कुनै एउटा घरमा एउटा मोवाईल फोन थियो र कुनै परिवार को साथमा मोवाईल फोन नै थिएन । तर अहिले वन , घाँस , दाउरा , मेलापात , गोठाला , खेताला , विद्यार्थि , किसान , मजदुर श्रमिक , कर्मचारी , शिक्षक , वुद्दीजिवी, व्यापारी र सर्वसाधारण जनता सवैको हात हातमा र पाकेट पाकेट मा मोवाईल फोन हुने गरेको र भएको कुरा हामि सवैलाई स्पस्ट थाहा नै छ। अडियो गित , भिडियो , चलचित्र , आलार्म , भ्वाईस रेकर्ड , देखि नेट इन्टरनेट मा विचित्र संसार र विश्वका नविनतम गतिविधि हरु थाहा पाउन र जान्न अनि वुझ्न र सिक्नकै लागी पनि मोवाईल फोन को प्रयोग गर्ने गरेको पाइन्छ । वर्तमान नेपालका ७७ वटै जिल्ला अथवा सात वटै प्रदेशमा मोवाईल नेटवर्क र इन्टरनेट को पहुँच सहज रुपमा पुग्न सकेको छैन। मोवाईल| फोन एउटा यस्तो चिज वा साधन हो , जुन साधनको सहि प्रयोग र सदुपयोग गर्न सकियो भने सकरात्मक परिवर्तन लाई हरवखत साथ दिन्छ। टाढा रहेका आफन्तजन , साथिभाई हरुसंग मिठा मिठा सम्झना का कुराकानि गर्न , वचनले गर्नुपर्ने कामहरु र घण्टामा हुने काम मिनेटमै गर्न गराउन र जानकारी पाउन अनि दिन मोवाइल फोनको प्रयोग गर्ने गरेको पाइन्छ। मोवाईल फोनमा फोन कलका लागि सिम कार्डको प्रयोग गरिन्छ जसले गर्दा नै कुराकानि गर्न मिल्ने गर्दछ। नेपालमा नेपाल टेलिकम , एनसेल , हेलो नेपाल , स्मार्ट कल लगाएतका सिमकार्ड हरुको प्रयोग गरिन्छ , तर नेपालका सवै जिल्लाका सवै ठाँउमा नेटवर्क उपल्व्ध छैन । तर पनि त्यहा मोवाईल फोन को प्रयोग भिडियो अडियो सुन्न र हेर्न , अलार्म , भिडियो र अडियो रेकर्ड गर्नकै लागि होस या फेसनकै लागि होस प्रत्येक विद्यार्थि र अभिभावक संग साथमा मोवाईल फोन हुने गर्दछ । 

अलि विकसित जिल्ला र सहर अनि सदरमुकाम को त कुरै नगरौ होला , त्यहा त प्रायको हातमा दुई दुई वटा मोवाईल फोन हुन्छन, एउटा फोन गर्ने मोवाईल अर्को नेट इन्टरनेट चलाउने मोवाईल । दुई दुई वटा मोवाईल फोन हुने मा प्राय गरि विद्यार्थि साथि हरु पनि हुन्छन । फेसन भैसकेको छ मोवाईल फोन त्यहा नक्कल भईसकेको छ मोवाईल फोन किन हुन्छ आखिर ? किन गर्छौ आखिर ?? सहि सदुपयोग भयो भने मालामाल जिन्दगि वनाईदिने यो मोवाईल फोन को गलत प्रयोग भयो भने जिन्दगि वर्वादि र वेइज्जतिमा लैजाने गर्दछ । मोवाईल फोन को गलत प्रयोग स दुरुपयोग प्राय गरि विद्यार्थि साथिहरुले नै गर्ने गरेको कुरा हामि सवैलाई अपरिचित र अनौठो कुरा हुन सकिदैन र होईन । मोवाईल फोन को गलत प्रयोग प्राय गरि सहरी ईलाका , सदरमुकाम , विकसित ठाँउ , वा नेट इन्टरनेट को पहुँच र उपलव्धता भएको ठाँउमा रहेका विद्यार्थि साथि हरुले गरेको कुरा हामिले सुन्ने गर्दछौँ । मोवाईल फोन को कारणले र मोवाईल फोन ले गर्दा नै कति विद्यार्थि साथि हरु मायाँ प्रेम को जालमा फस्ने गर्दछन अनि पढाइ र वावु आमाको सपना र चाहाना लाई भुलिदिने गर्दछन । फेसन , स्टाइल र कम्पोटिसन को रुपमा रहेका नेट इन्टरनेट सामाजिक सञ्जालमा सवै खालि समय व्यर्थ र उपल्वधिविहिन रुपमा बिताउने विद्यार्थि साथि हरु लाई के थाहा आफ्नो भविष्य को असरको वारेमा ! बाबु आमाले गरेको दुख र संघर्ष के थाहा तिनि हरुलाई ! वास्तवमा मोवाईल फोन कै कारण कमजोर हुने हरु पनि हाम्रो जानकारी मा धेरै नै आउने गरेको पाइन्छ । मोवाईल फोन नभइ के विद्यार्थि जिवन असम्भव र अकल्पनिय हुने थियो होला र ?? सोचौ विद्यार्थी साथि हरु सोचौ एकपटक आफ्नो सुन्दर भविष्यको कल्पना गरौ मोवाईल फोन को गलत प्रयोग ले तपाइ हरुको त्यो उज्वल र सुन्दर भविश्य माथि दाग लाग्न र हानि हुन नदिओस । विद्यार्थी साथिहरु ! एकपटक अवश्य सचेत होऔ मोवाईल फोन देखि, यसको सहि सदुपयोग गर्न सकेमा विद्यार्थी साथिहरुले घर वाटै आफ्ना कक्षाका साथि हरु तथा कक्षा शिक्षक संग नजानेका र नवुझेका विषयवस्तु हरुको छलफल, सल्लाहा , सुझाव र परीमर्श गर्न सक्छन । भने नेट ईन्टरनेट बाट नयाँ नयाँ र खोजमुलक विश्वका नविनतम जानकारी प्राप्त गर्न र ज्ञान लिन सक्छन । विश्वमा दिनदिनै नयाँ नयाँ र अनौठा आश्चचर्यजनक अनि रोचक र चाखलाग्दा बिषय तथा घटनाहरु घटिरहेका र चलिरहेका हुन्छन ति सवैको ज्ञान र जानकारी मोवाईल फोन बाट नै पाउन सकिन्छ । आफुभन्दा टाढा रहेका आफन्तजन हरु, साथिभाई हरु , स्टमित्र, छरछिमेक र मान्यजन हरुलाइ संगै भएको महसुस गराउन सक्ने एक यन्त्र हो मोवाईल फोन । फेसवुक , ट्विटर , जिमेल, गुगल, युटुव , आदि सामाजिक सञ्जाल हरुबाट विश्वका नयाँ नयाँ गतिविधि र घटना अनि आफ्ना आफन्तजन , स्टमित्र , साथिभाई , मान्यजन र गुरुवर्ग आदि सवैका कार्यकलाप र गतिविधिको बारेमा जानकारी पनि मोवाईल फोन बाट नै पाउ सकिन्छ । हाम्रो समाज के भनौ देशैभरी नै यो सामाजिक सञ्जाल 'फेसवुक' पनि फेसन , स्टाइल र आधारभुत आवश्यकता नै ठान्ने र सोहिअनुसार प्रयोग गर्ने गरेको कुरा हामी प्राय सवैसामु थाहा भएकै होला । 

टाढा टाढा का मान्छेलाई फसवुकमा साथि वनाउने र कुरा गर्ने अनावश्यक चर्चा चलाउनाले र युवायुववति विच प्रेम सम्वन्ध रहनाले पनि मोवाईल फोन को गलत प्रयोग भएको हुन्छ। सानै र पढ्ने उमेरमै मायाँ प्रेम को जालमा फस्नु र पढाई प्रति ध्यान नजानुको मुख्य कारण र चालक पनि मोवाईल फोन नै हो । विद्यार्थी साथिहरुले दिउँसो भेट भएको समयमा कुनै एकले अर्कोलाइ मन पराउँछन , नाम मोवाईल फोन को नम्वर साटासाट गर्छन अनि साँझ पढ्ने समयमा फोनमा अनावश्यक गफ गरेर पढाई बर्वाद हुने गर्छ । विशेषः त मोवाईल फोन लाई र सामाजिक सञ्जाल फेसवुक लाई साथिहरुले फेसन ,स्टाईल र आवश्यकताका रुपमा लिनाले र गलत समयमा र धेरै हरुको बारेमा ज्ञान प्राप्त गर्न र सहि समयमा सहि प्रयेग र उपयोग गर्न सक्ने विद्यार्थी साथिहरुका लागी मोवाईल फोन उपयुक्त हुन्छ । मोवाइल फोन मा हिसावकिताव गर्नको लागि क्याल्कुलेटर समेय रहेको हुन्छ , जसले गर्दा विद्यार्थी साथि हरुलाइ सहज हुन्छ । आखिर यति उपयोगि साधन वा यन्त्र को दुरुपयोग किन गर्छौ त हामी ? मोवाइल फोन को सहि सदुपयोग गर्न किन सक्दैनौँ त हामी ? खास मा मोवाइल फोन को दुरुपयोग र गलत प्रयोग गर्नेमा हामि विद्यार्थी हरु नै किन अगाडि देखिन्छौँ त ? यहाँ निर यउटा गम्भिर प्रश्न खडा हुन्छ । जवाफ जरुरी छ , विद्यार्थी साथिहरु बाट कि किन यसो हुन्छ , किन यसो भईरहेको छ , हामि किन यसो गर्छौँ र हामि नै किन मोवाइल फोन को दुरुपयोग र गलत प्रयोग को मालिक किन वन्छौँ त ? किन मोवाइल फोन को दुरुपयोग र गलत प्रयोग को दोष हामि विद्यार्थी लाई नै लगाइन्छ त ? ब्यर्थमा दोष लगाउने भए त किसान लाइ लगाउदाहुन , मजदुर लाई लगाउदाहुन , श्रमिक लाई लगाउदाहुन , शिक्षक लाई लगाउदाहुन सवैलाई लगाउदाहुन त ? फेरि विद्यार्थी लाई मात्र दोष लगाउने तर अऱुलाई नलगाउने भन्ने होइन । उनिहरुले गल्ति नै गर्दैनन भने कसरि दोष लगाउने ? यसरि उनिहरुले गल्ति नै गर्दैनन भन्ने हुदैन । कम ले मात्रै गर्छन जसले गर्छन उनिहरुलाई दोष चाँही लगाईन्छ । विद्यार्थी जहिले आफ्नो र देशको भविष्य निर्माता र कर्णदार अनि निर्माण गर्दै गरेका सिकर्मि र डकर्मि हुन किनकि उनिहरुले अहिले संघर्ष र दुःख गरेर भविश्यमा खुसी र सुःखी रहनु पर्छ र हरेक सन्तानका बावु आमाले पनि चाहाना
पनि राखेका हुन्छन कि मेरो सन्तानको भविष्य सुःखी होस भनेर। तर सन्तान वा विद्यार्थी हरुले वुझिरहेका हुदैनन । यसो त सवैले वनबुझ्ने होईन , कुनैकुनै विद्यार्थी हरुले आफ्नो भविष्यको राम्रो ख्याल गर्छन र सोहि अनुसार वर्तमानमा संघर्स गर्छन कि उनिहरुले मोवाइल फोन को दुरुपयोग गर्दैनन र गलत प्रयोग पनि गर्दैनन विशेषता प्राप्त हुने हदसम्म सहि र सफल प्रयोग गर्छन र विशेषता लाभ लिन्छन । मोवाइल फोन भित्र हुने सवै चिज हरु को प्रयोग र उपयोग गर्न जाने पछि कुनै नराम्रो र प्रयोग गर्न नमिल्ने हुदैनन तर प्रयोग गर्न नजाने सवै अनुपयोगि हुन्छन अन्तत मोवाइल फोन नै अनुपयोगी हुन्छ । कसैको गित सुन्ने वानि हुन्छ तिनिहरुल पढेर विच विचमा गित सुनेर आन्नद लिन सक्छन । एफ एम रेडियो बाट नयाँ नयाँ रोचक र ज्ञानमुलक सामाग्री सुनेर आनन्द लिन सकिन्छ । कसैलाई बेलुका त्यति पढ्न मन नलाग्ने हुन सक्छ त्यसैले बिहान उठेर पढने भन्ने गर्छन तर बेलुका त सुत्छन बिहान निन्द्रा बाट बिउँझिदैनन जसको लागि मोवाइल फोन मा अलार्म को सहयता लिन सकिन्छ । मोवाइल फोन मा टर्चलाईट पनि हुन्छ जसले गर्दा विद्यार्थी हरु लाई कहिलेकाँही बत्ती नभएको बेला र लोड सेटिङ्ग भएको बेला अत्यन्तै उपयोगि हुन्छ । नयाँ नयाँ र ज्ञानमुलक भिडियो र चलचित्र हेरेर पनि विद्यार्थी हरुले मोवाइल फोन को विशेषता प्राप्त गर्न सक्छन । कक्षामा पढेका कुरा नजानेमा वा नवुझेमा तरुन्तै साथि वा शिक्षक लाई फोन वा म्यासेज गरेर सोध्न सकिन्छ । यि हुन विद्यार्थी हरु लाई एउटा सामान्य मोवाइल फोन का गुण वा फाईदाहरु । एनरोड मोवाइल फोन बाट त विद्यार्थी हरुले झनै धेरै र रोचक अनि ज्ञानमुलक सामाग्रीहरु तथा फाइदा लिन सक्छन । 

एनरोड मोवाइल फोन मा त विभिन्न एप्लिकेसन हरु हुन्छन ति कुनै कुनै त विद्यार्थी हरु लाई पाठ्यपुस्तक को सहयोगि पुस्तक को रुपमा हुन्छन । नेट इन्टरनेट वाट नयाँ नयाँ र खोजमुलक ज्ञानबर्दक सामाग्री बाट विद्यार्थी हरुले मनज्ञ लाभ लिन सक्छन । नेपालको हालको परिवेश अनुसार कक्षा १०/११ देखि माथि का प्राय सवै विद्यार्थी को हात हातमा मोवाइल फोन रहेको पाईन्छ । बिगत दुईचार बर्ष यता बिद्यार्थी हरुका लागी मोवाईल फोन र नेट ईन्टरनेट यस्तो नसा र लत भईसकेको छ कि मानौ कुनै लागऔसत नै हो । मोवाइल फोन सदुपयोग र प्रयोग नसा र लतको रुपमा लिन सके कति राम्रो हुने थियो होला तर आजकल का बिद्यार्थी हरु गलत प्योग गरि नसा को रुपमा लीन्छन । मोवाइल फोन बिना छटपट र आतुर हुन्छन एक्लो महसुस गर्छन । आखिर किन यस्तो गर्छन त? भित्री कारण र रहस्यहरु यस्ता छन। मायाँ प्रेम मा फस्नु सबैभन्दा ठुलो कारण बन्न पुगेको छ । कुनै दुई केटाकेटी को बिच मोवाइल नम्वर मागि फोनमा कुरा गर्दागर्दै प्रेमको अनुभुति गर्छन । जसले गर्दा पढाई र भविष्य भुलीदिन्छन । यदि उनिहरुसंग मोवाइल फोन हुँदैनथ्यो भने त यो सवै असम्भव हु्थ्यो । कुनै केटाकेटी ले कसैलाइ मनपराउँछन र मोवाइल नम्वर पत्ता लगाएर फोन मा व्स्त हुन्छन उसको मन जित्न को लागि जसले गर्दा उनिहरुको पैसा समय भविष्य र पढाई बिग्रियको पत्तो नै पाउँदैनन । चलचित्र प्रेमिहरु एकोहोरो चलचित्र हेरिरहने गर्छन समयको ख्याल गर्दैनन र पढाई र भविष्य वर्बाद हुन सक्छ । एकोहोरो चलचित्र हेरिरहने नसा ले नै मोवाइल फोन छोड्नै सक्दैनन।कसैलाई सोक र स्टाइल हुन्छ मोवाइल ।मोवाइल प्रति सोक र स्टाइल हुँदाहुँदै मोवाइल प्रेमी भइसकेका हुन्छन र खाली मोवाइल मै ध्यान दिन्छन र नसा को रुप मा लिन्छन । इन्टरनेट नेटवर्क को पहुँच भएका ठाँहरुमा बिद्यार्थी हरुलाई सामाजिक सञ्जाल फेसवुक , ट्विटर आदि नै पनि नसा भैसकेका हुन्छन । खाली मोवाइल मा फेसवुक ट्विटर चलाउने र अनावश्यक गफ गर्ने वानिले पनि पढाई मा डिस्टप हुने गर्छ ।


सहि प्रयोग गर्न सके त नेट इन्टरनेट वाट पनि असाध्यै धेरै खोजमुलक र ज्ञानमुलक जानकारि आउने गर्छन । त्यसैले बिद्यार्थीहरुले मोवाइल को गलत हैन सहि प्रयोग र उपयोग गरि नयाँ र ज्ञानमुलक जानकारी पाउन जरुरी छ । बिद्यार्थी हरुले मोवाइल फोन लाई नसाको रुपा नलिई ज्ञान वढाउने साधनको रुपमा लिन जरुरी छ । पढाई को समयमा बिद्यार्थी हरुले अनावश्यक र गलत कार्य मायाप्रेम लाइ मोवाइल संग जोड्नु हुदैन । र यो सोच्न जरुकि छ कि हामी हाम्रो कुःशल भविष्य निर्माणमा छौ र मोवाइल को गलत हैन सहि सदुपयोग गरे सफल हुन्छौ । अभिभावकले पनि बिद्यार्थी ले मोवाइल को गलत सदुपयोग गर्ने जस्तो भए मोवाइल नदिने र गलत प्रयोग गरेमा जफत गर्ने गर्नुपर्छ । मोवाइल किन्नुभन्दा पहिल अभिभीवकलेे बिद्यार्थी हरु को मानसिकता वुझ्नु जरुरी छ ।

लक्ष्मी पौडेल 'अनुरागी' चामुण्डा विन्द्रासैनि नगरपालिका १ भोर्लेनी दैलेख ।
हाल : सिद्दपाइला क्याम्पस सुर्खेेत बि बि एस प्रथम बर्षमा अध्ययनरत ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.