अतुलनिय बिशेषताहरु सहित NIC Asia Bank ले ल्यायो “प्रिमियम समुन्नति बचत खाता” | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

अतुलनिय बिशेषताहरु सहित NIC Asia Bank ले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”





७ चैत्र, २०७४, काठमाण्डाै । “बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवाप्रदानगर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस एनआई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको कुरा NIC Asia Bank Ltd. का सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा प्रेसित प्रेस वक्त्व्यमा उल्लेख गरीएको छ ।

प्रेस वक्तव्यको पुरा पाठः
मुलुक भरिका कुनै पनि बैंकको कुनै पनि ATM बाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ । त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड/क्रेडिट कार्ड/मोबाइल बैंकिङ्ग सेवा/डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०% छुट प्रदान गरिनेछ । साथै मासिक औसत रु १० लाख भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर (Home Banking Service) सेवा प्रदान गरिनेछ । त्यस्तै सो खाता खोलि मोबाइल बैंकिङ सेवा लिए पछि NTC वा NCELL को रु १०० बराबरको रिचार्ज कार्ड / TOP UP समेत निशुल्क प्रदान गरिने छ । रु १००० न्यूनतम मौज्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८% का दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई रु ५ लाख सम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिनेछ । साथै, यस खातामा निशुल्क  Good For Payment चेक जारी गर्न सकिने सुविधा छ र Balance Certificate जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

नेपालमा हाल सम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनिय सुविधाहरु समेटी ल्याइएकोे यस प्रिमियम समुन्नति बचत खाता सिमीत अबधी सम्म मात्र संञ्चालनमा रहने भएकोले मौकाको फाइदा उठाइ यथासिघ्र प्रिमियम समुन्नति बचत खाता खोली यस सुबर्ण अवसरबाट प्रचुर लाभ उठाउन एन आई सी एशिया बैंक आम जनसमुदायलाई हार्दिक अपिल गर्दछ ।

साथै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८४ शाखा सहित निजी क्षेत्रको सवैभन्दा बढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८७ एटिएम सहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जाल मार्फत् बैकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ ।

साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाख भन्दा बढि पुगी यस बैंक हाल ग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ । त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.