नेपाल आइडलमा हराएको नेपालीपना | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

नेपाल आइडलमा हराएको नेपालीपना




   Suyog Dhakal - Aug 29 2017

चाहे अमेरिकन आइडोल होस् या बेलायती पप आइडोल होस् या नेपाल आइडोल नै किन नहोस् ? सिमोन फुलरको नाम कन्सेप्ट अर्थात अवधारणा निर्माताका रुपमा सदैव आउने गर्दछ । आज नेपाल लगायत बिश्वका धेरै देशहरुमा सिमोनको अवधारणाको आइडल शोहरु चलिरहेका छन् । नेपालमा पनि यसैबर्ष नेपाल आइडल प्रथम पटक अन्य देशहरुमा जस्तै एउटा नितान्त बिदेशी कम्पनीको हाँगाका रुपमा आएको कुरा हामीले बुझ्न भनें जरुरी छ ।

यो पनि हेर्नुहोस् : मानिसलाई खुशी किन र केका लागी ?

यसअघि पनि नेपालमा यस्तै प्रकारको गायन रियालीटी शो  "नेपाली तारा" का थुप्रै संस्मरणहरु भइसकेको छ । नेपाली ताराका केही संस्मरणहरु मार्फत नेपालले राम्रा राम्रा कलाकारहरु पनि पाएको छ । फेसबुक लगायतका अन्य धेरै सामाजिक सञ्जालमा आइडलका उम्मेदवारहरु, बाहीरिएका उम्मेदवारहरु लगायत बिभिन्न आरोप प्रत्यारोप छाइरहेको छ । लगत्तै आएका कुराहरुमा निर्णायक अनि अतिथीहरुले पनि यसो गरे अनि उसो गरे ले प्राथमिकता  पाइरहेको छ, हैन त ?

बिश्वभरिको चलन हो, रियालीटी शोमा दर्शकहरुले भोटीगं गरेर आफ्ना चित्त परेका उम्मेदवारहरुलाई छान्ने , नेपाल आइडल पनि बिशुद्ध यस्तै एउटा प्रतिभाको खोजी गरिने धरातलका रुपमा सामान्य हेरिन जरुरी छ ।

जात या थरका आधारमा नेपाल आइडोलका प्रतिस्पर्धीहरुलाई हेरिनु भनें वास्तवमै नेपालीपनाको कमीका रुपमा हामीले हेरेका छौं । संगीतको प्रतिस्पर्धामा कहाँवाट कसले जात अनि बिभेदका कुराहरु छिराएका हुन्, दैव जानोस् तर त्यसता कुराका पछि लाग्नु अनि जातीय आक्षेप लगाउनु भनें नराम्रो हो ।

कुरा नै गर्ने हो भनें, इन्डियन आइडोलमा प्रशान्त तामागंलाई जिताउन महत्पवूर्ण भूमिका खेलेका नेपालीहरु आज आफ्नै देशमा भएको त्यसतै रियालीटी शोमा आआफ्नै दाजुभाई बीच भनाभैरी गरिरहेको कत्तिको सुहाएको छ ? मनन गर्न जरुरी छ ।


कुनै पनि प्रतिस्पर्धामा आआफ्ना मन खाएका उम्मेदवार, खेलाडी अनि कलाकार त सबैको हुन्छ नि हैन र ? तर आफ्नो रोजाई अनुरुप प्रतिस्पर्धा त कहाँ हुन्छ र ?  

कुरा जे होस्, नेपाल आइडलमा जात या सम्प्रदायका आधारमा उम्मेदवारहरुको कलालाई तौलनु र अस्वस्थ समर्थन गरिनु नराम्रो नै मान्नुपर्दछ । नेपाली आइडलमा नेपालीपना त हराउनु भएन नि ? एउटा रोचक प्रसँग कोट्याउन चाहन्छौं यस आइडल रियालीटी शोको । चाहे अमेरिकन आइडोल होस् या भारतीय होस् या अन्य कुनै देशको ? आइडल बिजेता भन्दा पनि त्यसका अन्य प्रतिस्पर्धीहरुले चर्चा बटुलेका र शिखर चुमेका छन् ।

भारतमा नै आइडोल शोबाट निस्केकी नेहा कक्कर त्यस्तै श्रेया घोसाल , अरिजित सिंह जस्ता चर्चित गायकहरु पनि यसतै रियालीटी शो मार्फत आएका हुन् । त्यसतै अमेरिकन आइडलमा पनि केली क्रयाक्शन, रुबेन स्टुडार्ड, सञ्जय मालाकर आदीहरु प्रतिस्पर्धाबाट निस्कीएपनि बजारमा हजारौं डलर दैनिक कमाइरहेका छन् । कला र सीपको कदर गरौं अनि नेपाल आइडलमा नेपालीपना जागाऔं, हाम्रो पात्रोको सादर अनुरोध ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.