Nepal Spell Bee को प्रेस रिलिज | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

Nepal Spell Bee को प्रेस रिलिज




यस स्पेल बी का प्रस्तोता तथा बरिष्ठ संचारकर्मी भुषण दाहालले “नेपालमा पहिलो पटक भैरहेको यस प्रतियोगीताकालागि भर्खरै मात्र केहि जिल्लामा भएको अडिसनका दौरान देखिएको उत्साहले हामी हौसिएका छौं र यो कार्यक्रम केटाकेटी अभिभावक र शिक्षण संस्थाकालागि नेपालमा चिनिने एउटा राम्रो माध्यम बन्ने छ”



Nepal Spell Bee (नेपाल स्पेल बी) कन्टेस्ट अर्थात होनहार र प्रतिभाशाली बिद्यार्थीहरुको अप्ठ्यारा अंग्रेजी शब्दहरुको संरचना , उच्चारण र स्पेल्लिंगको प्रतिस्प्रधा गराएर देशभरकै सर्वोत्कृष्ट बिद्यार्थीको छनौट गर्ने एउटा माध्यम ।

अहिले हाम्रो यो समाचार पढेर अचम्म पर्नुभएका सबै र यस्तै अन्योलमा हुनुभएका थुप्रै मानिसहरुको सोंचाइ प्रष्ट पार्दै आज यहि प्रतियोगीताका आयोजक 'मलिन मेडिया तथा इभेन्ट'ले बानेश्वर स्थित अल्फाबिटा कम्प्लेसमा प्रेस रिलिज आयोजना गर्यो । थुप्रै संचारकर्मी तथा प्रायोजकहरुको उपस्थितिमा मलिन मेडियाका व्यवस्थापकिय निर्देशक महेश पोखरेलले नेपालमै पहिलो पटक हुन लागेको यो शिक्षा प्रदान खेलकालागि आफुहरुले देशका विभिन्न ५८ वटा जिल्लाका लगभग ७०० भन्दा बढी बिद्यालयका ९,१० र +२ लेभलका इच्छुक बिद्यार्थीहरुको अडिसन लिने जानकारी दिए ।


आजसम्म उपत्याका बाहिरका सबै ठाउँहरु पुगिसकेका आयोजकले उपत्यका भित्र भने १२ फेब्रुअरी देखि अडिसन सुरु हुने बताए । स्पेल बी जस्तो प्रतियोगीताले लगनशील बिद्यार्थी हरुलाई थप प्रोत्साहन दिने आयोजकको भनाइ थियो ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यस स्पेल बी का प्रस्तोता तथा बरिष्ठ संचारकर्मी भुषण दाहालले “नेपालमा पहिलो पटक भैरहेको यस प्रतियोगीताकालागि भर्खरै मात्र केहि जिल्लामा भएको अडिसनका दौरान देखिएको उत्साहले हामी हौसिएका छौं र यो कार्यक्रम केटाकेटी अभिभावक र शिक्षण संस्थाकालागि नेपालमा चिनिने एउटा राम्रो माध्यम बन्ने छ”, बताउनुभयो । कार्यक्रमको सञ्चालन लोकप्रिय भिजे तथा कलाकार सञ्जय गुप्ताले गर्नुभएको थियो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.