नेपालको वैदेशिक रोजगारः अलजजिरा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

नेपालको वैदेशिक रोजगारः अलजजिरा




नेपाली वैदेशिक कामदारको कल्याण अनि उनीहरुको परिवारको सहयोगार्थ सरकारले वैदेशिक कामदार कल्याण कोष पनि व्यवस्था गरेको छ । जसमा प्रत्येक वैदेशिक रोजगारमा जानेहरुले जान अगावै लगभग रु १५०० नेरु जम्मा गर्दछन् । तथापि तिनीहरुले त्यस रकमबाट कुनै फाइदा या सुविधा पाएका छन् या छैनन् ? यस कुराको प्रभाव धमिलो छ ।



उनी विदेशमा रहँदा उनी २५०० डलरको जरिवानाका साथ जागिरबाट पनि निकालिएका थिए । नेपाली नागरिक विरेन्द्र तामागंले विदेश जानु पूर्व आफू कतारको कुनै खाद्य उद्योगमा काम गर्न जाँदैछु भन्ने सोचेका थिए । उनी नेपालमा नै मेडिकल टेस्टमा फेल भए तर एकजना मध्यस्तकर्ताले बिचमा कुरा मिलाउन सक्ने भन्दै उपाय निकालेपछि उनी विदेश हुइँकिए । उनका अनुसार उक्त कुरा मिलाइदिने मान्छेले नेपाली सरकारी कर्मचारीहरुलाई घुस खुवाए जसले गर्दा मेडिकल फेल भएपनि उनी विदेश उड्न पुगे । तर जब उनी कतार पुगे कुरा बिल्कुलै फरक थियो । उनले अर्को मेडिकल टेस्ट त्यहाँ गर्नुपर्ने भयो । त्यहाँको मेडिकलमा उनी पास भएनन् । उक्त टेस्टमा फेल भएपछि कतारले उनलाई फिर्ता पठायो, अब नेपालमा उनीसंग कुनै जागिर त थिएन नै अझ कतार जान लागेको क्रृण पनि थपिन पुग्यो । 


गएको वर्षमात्र २००० बढि नेपाली आप्रवाशी कामदारहरुको मुद्दा दर्ता भएको नेपाल सरकारको तथ्याकं छ । ७५५ जना नेपाली वैदेशिक कामदार विदेशमा मरेको तथ्याकं पनि गत वर्षको रहेको सरकारी आँकडाले देखाउँछ । औसतमा १६०० जना नेपालीले वैदेशिक रोजगारीका देश छाड्ने गरेको तथ्याकं छ । धेरैजसो नेपालीहरु खाडी मुलुक अनि मलेसियामा काम गर्न जाने गर्दछन् । नेपालमा सरदर ४० प्रतिशत बेरोजगारी रहेको तथ्य छ । नेपाली वैदेशिक कामदारको कल्याण अनि उनीहरुको परिवारको सहयोगार्थ सरकारले वैदेशिक कामदार कल्याण कोष पनि व्यवस्था गरेको छ । जसमा प्रत्येक वैदेशिक रोजगारमा जानेहरुले जान अगावै लगभग रु १५०० नेरु जम्मा गर्दछन् । तथापि तिनीहरुले त्यस रकमबाट कुनै फाइदा या सुविधा पाएका छन् या छैनन् ? यस कुराको प्रभाव धमिलो छ । 


एकजना म्यानपावर व्यवसायीलाई उद्धत गर्दै अलजजिराले अहिलेसम्म यस कल्याण कोषमा ५० मिलीयन अमेरिकी डलरसम्म जम्मा भएको तर सरकारको उदासिनताका कारण त्यसको कुनै सदुपयोग नभएको जनाएका छन् । सरकारले वैदेशिक रोजगारीको क्षेत्रमा धेरै व्यवस्थापन गर्न बाँकी रहेको छ, सरकारको कमजोरीका कारणले नेपालका वैदेशिक रोजगारमा जाने कामदारहरु सुरक्षित नरहेका अलजजिरा बताउँदछ । अलजजिराले करिब ३ हप्ता अघि प्रसारण गरेर आफ्नो फेसबुक पेजमा अपलोड गरेको यो भिडियो लिकंमा करिब २ हजार प्रतिक्रियाहरु लगायत ६६७ शेयर अनि ६ लाख ७७ हजार आसपास भ्यू रहेको छ ।

विरेन्द्र केवल एउटा प्रतिनिधि पात्र मात्र हुन्, विरेन्द्र जस्ता कैयन नेपाली कामदारहरु विदेशमा दुःख पाएर अनि जेलमा पनि बसेका छन् । नेपालको कुल ग्राहस्थ उत्पादन नै सबैभन्दा धेरै विप्रेषणले धानेको छ, यसरी वैदेशिक रोजगार उन्मुख अर्थतन्त्रमा वैदेशिक रोजगार कै सुरक्षा गर्न नसक्नु अनि व्यवस्थित गर्न नसक्नु जस्तो लज्जास्पद कुरा अरु के नै हुन सक्छ र ? दैनिक जसो लगभग ४ वटा शवहरु काठको बाकसमा आउने तथ्याकं देखिन्छ, आखिर यस अवस्थाको अन्त कहिले हो ?

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.