हामी जित्न सक्छौ, सबैको आशिर्वाद चाहिएको छः पारस खडका | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

हामी जित्न सक्छौ, सबैको आशिर्वाद चाहिएको छः पारस खडका




क्याप्टेन पारस खड्काले रेडियोकर्मी सबिना कार्कीसँग नेपाली टिमलाई सबैको शुभकामना र हौसलाको खाँचो रहेको बताएका छन्, उनिसँगको कुराकानी सुन्नुहोस, हाम्रो पात्रोको पोडकास्टमा ।


Exclusive Interview with Parash Khadaka Interview about ongoing cricket match against MCC at Lords, England

लर्डस ग्राउन्डको मालिक र संसारकै सबैभन्दा सक्रिय क्रिकेट क्लबमध्यको एउटा क्लब मेरिलिबोन क्रिकेट क्लब, एमसीसी र नेपाल बिच भोली अर्थात मगंलबार १९ जुलाई २०१६मा एतिहासिक क्रिकेट म्याच हुँदैछ । नेपाल र बेलायत बिचको आसन्न र दौतरी समबन्धको उपमाको रुपमा लिइएको यो म्याचमा नेपालका तर्फबाट क्यापटेन पारस खड्का, ज्ञानेन्द्र मल्ल लगायत एमसीसीका तर्फबाट क्याप्टेन केइथ डचले क्यापटेनशीप सम्हाल्नेछन् ।

कुराकानी सुन्नकालागि यहाँ थिच्नुहोस् ।

एमसीसीले गत बर्ष नेपालमा एउटा सदभावना भ्रमणगरि काठमाडौ र पोखरा लगायतका शहरमा ६ वटा म्याचगर्दै भुकम्प प्रभवित नेपाली यूवाहरुसँग खेल प्रशिक्षण र अन्र्तक्रिया कार्यक्रम पनिगरेको थियो । सन् २००३ देखि नेपालमा भ्रमण शुरुगरेको एमसीसीको गतबर्षको नेपाल भ्रमण तेसा्रे भ्रमण थियो । स्थानिय समयअनुसार दिनको ११ बजे शुरुहुने म्याचमा वयस्ककालागी पाउन्ड स्टेरलिगं १० र बालबालिकाका लागी पाउन्ड स्टेरलिगं ५ शुल्क तोकिएको छ । उक्त म्याचका स्कोरहरु हरेकक्षण लर्डसको फेसबुक प्रोफाइलमा अपडेट गरिनेछ । (https://www.facebook.com/lordscricket/)

क्याप्टेन पारस खड्काले रेडियोकर्मी सबिना कार्कीसँग नेपाली टिमलाई सबैको शुभकामना, हौसला र आशिर्वादको खाँचो रहेको बताएका छन्, उनिसँगको कुराकानी सुन्नुहोस, हाम्रो पात्रोको पोडकास्टमा






Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.