विश्वकै पहिलो दिगो विकास लक्ष्य (एसडिजी) नमुना गाँउ नेपालमा बनाइने | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

विश्वकै पहिलो दिगो विकास लक्ष्य (एसडिजी) नमुना गाँउ नेपालमा बनाइने




विश्वभरका राष्ट्रिय सरकारहरु तथा लाखौं नागरिकहरुलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्यसुचीमा व्यापक छलफल र परामर्श गरी यो दिगो विकास लक्ष्यहरु तय गरिएका हुन् ।



प्रदेश नम्बर २, सर्लाही जिल्लाका स्थानीय सरकार चन्द्रनगर गाँउपालिकाले सार्वजनीक गर्यो । पन्ध्र वर्षे योजनाको अवधारणा विश्वका १९३ राष्ट्रहरुले संयूक्त रुपमा अंगालेका पन्ध्र वर्षे (२०१६ – २०३०) विश्वव्यापी योजना दिगो विकास लक्ष्यको नमुना गाँउ नेपालमा बनाइने भएको छ । उक्त दिगो विकास लक्ष्य नमुना गाँउ योजना नेपालको प्रदेश नम्बर २, सर्लाही जिल्लाको चन्द्रनगर गाँउपालिकाको वडा नम्बर २ मा बनाइने अवधारणा पत्र आज काठमाडौंको एक समारोहमा सार्वजनीक गरिएको छ । चन्द्रनगर गाँउपालिकाको प्रमुख महेन्द्र महतोको अध्यक्षता, सर्लाही जिल्लाको चुनाव क्षेत्र एक बाट निर्वाचित प्रतिनिधी सभा सदस्य माननिय प्रमोद साहको प्रमुख आतिथ्य, राष्ट्रिय योजना आयोगको कार्यक्रम निर्देशक डा. नारायण राज पौडेल र संयूक्त राष्ट्र विकास कार्यक्रमको दिगो विकास लक्ष्य कार्यक्रमको प्रमुख धर्म स्वर्नकारको विषेश आतिथ्यमा काठमाडौंमा आयोजित समारोहमा उक्त चन्द्रनगर दिगो विकास लक्ष्य (एसडिजी) नमुना गाँउ योजनाको अवधारण पत्र सार्वजनीक गरियो । सार्वजनीकिकरण समारोहमा अर्का प्रतिनिधी सभा सदस्य अमृता अग्रहरी, चन्द्रनगर गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम नारायण महतो लगायत चन्द्रनगर गाँउपालिकाका सम्पुर्ण वडा अध्यक्षहरु, सदस्यहरु तथा कर्मचारीहरु, सहयोगी निकाय र संचारकर्मी सहित १०० भन्दा बढी सरोकारवालाहरुको सहभागीता थियो ।

सन् २०३० सम्ममा नेपाल लगायत विश्वबाट सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिकोलागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना बोकेको पन्ध्र वर्षे साहसिक दिगो विकास लक्ष्यलाई एकिकृत रुपमा समाज, परिवार र व्यक्तिगत जीवनमा प्रत्यक्ष अनुभुती हुने गरी एकीकृत विकासको अवधारणलाई अंगाल्दै मानवता सहितको र समानता भएको सबल र दिगो नमुना गाँउ बनाउने अभियानको रुपमा चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गाँउ योजना अगाडी बढाइएको चन्द्रनगर गांउपालिकाको प्रमुख कार्यकारी अधिकृत टेक प्रसाद भट्टराईले जानकारी गराउनुभयो ।

दिगो विकासका १७ वटा लक्ष्य तथा १६९ सहायक लक्ष्यहरु र २०० भन्दा बढी सुचकहरु दिगो विकासका लागि एजेण्डा २०३० को एउटा भाग हो, जुन संयूक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरु सम्मिलित सेप्टेम्बर २०१५ को ऐतिहासिक राष्ट्रसंघीय साधारण सभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागु गरेको छ । विश्वभरका राष्ट्रिय सरकारहरु तथा लाखौं नागरिकहरुलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्यसुचीमा व्यापक छलफल र परामर्श गरी यो दिगो विकास लक्ष्यहरु तय गरिएका हुन् ।

दिगो विकास लक्ष्यका पाँच स्तम्भहरुः
पृथ्वीः पृथ्वीमा रहेका प्राकृतिक साधनश्रोत र वातावरण भावी पुस्ताका लागि संरक्षण गर्ने ।
मानवः सबै प्रकारका गरिबी र भोकमरीको अन्त्य गर्ने र मर्यादा एवम् समानता कायम गर्ने ।
समृद्धिः प्रकृतिसंग सामन्जस्यता कायम गर्दै समृद्ध र सम्मुन्नत जीवनको सुनिश्चितता गर्ने ।
शान्तिः शान्तिपुर्ण, न्यायसंगत र समावेशी समाजको निर्माण गर्ने ।
साझेदारीः सशक्त विश्वव्यापी साझेदारीद्धारा दिगो विकासका एजेन्डाहरुको कार्यान्वयन गर्ने ।

विश्वकै पहिलो चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गाँउ योजनाको सबल र प्रभावकारी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र अभिलेखनको लागि चार किसिमको शासन संरचना तय गरीएको छ । राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालयहरु, दातृ निकायहरु, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, प्राज्ञिक लगायतका क्षेत्रहरु समेटने गरी १५ सदस्य सल्लाहकार समुह काठमाडौंमा हुनेछ । त्यसै गरी, स्वास्थ्य, शिक्षा, कृषि, निमार्ण, अर्थ, रोजगारी, व्यापार, संस्कृति, संचार, भिएफएस, अनुसन्धान, अभिलेखन, लैडि.क, समता र सामाजिक समावेशीकरण, महिला सशक्तिकरण, गरिबी निवारण, वजारीकरण, वन तथा जलवायु परिवर्तन, वातावरण, उर्जा, सुचना प्रविधी, पोषण, सरसफाई, ज्ञान व्यवस्थापन आदि गरी विभिन्न विषयगत विज्ञहरु सम्मिलित ३१ सदस्य प्राविधिक कार्य समुह पनि गठन गरिनेछ । यस चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गाँउ योजनाको कुशल र प्रभावकारी संचालनको लागि गाँउपलिका प्रमुख संरक्षण, प्रमुख कार्यकरी अधिकृत सल्लाहकार तथा वडा अध्यक्षको अध्यक्षता रहेको १५ सदस्य नमुना गाँउ योजना संचालन समिती गठन गरिने छ । साथै, दिगो विकास र चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गांउको बारेमा व्यापक जागरण ल्याउन तथा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय सरोकारवालाहरुको ध्यान आकर्षण गराउदै यस अभियानमा थप उर्जा प्रदान गर्न निखिल उप्रेती, केकी अधिकारी, डली सरकार र सन्तोष साह गरी चार जना नेपालका ख्याती प्राप्त कलाकारहरु र व्यक्तिहरु सद्भावना दुतको रुपमा यस अभियानमा जोडिनेछ ।

चाँडै नै माथि उल्लेखित शासन संरचनाहरुलाई पुर्णता दिई यस चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गाँउ योजनाको कार्यहरु अगाडी बढाइने छ । यसैक्रममा १७ वटा लक्ष्य तथा १६९ वटा सहायक लक्ष्य र २०० भन्दा बढी सुचकहरु मध्ये स्थानीय स्तरमा लागु गर्न सकिने लक्ष्य र सुचकहरुको छनौट गर्दे चन्द्रनगर गाँउपलिकाको अवस्था विषलेशण र आधारभुत सर्वेक्षण गरिने अगामी कार्यहरु रहेको व्यहोरा चन्द्रनगर गाँउपालिकाको तर्फबाट यस योजनाको अवधारणा तयारकर्ता राज कुमार महतोले जानकारी गराए । त्यस्तै, अगामी पांच वर्षको लागि विस्तृत लागत सहितको रणनैतिक योजना तयार गरि यस चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गांउ योजनाको कार्यान्वयन द्रुत गतिमा अगाडी बढाइने जानकारी महतोले गराए ।

यसरी तयार गरिएको लागत सहितको पांच वर्षे रणनैतिक योजना कार्यान्वयनमा स्थानीय, प्रादेशिक र संघीय गरी तिनै तहको सरकार, समुदाय, दातृ निकाय तथा निजी क्षेत्र समेतले यस चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गांउ योजनामा लगानी गर्ने आशा तथा विश्वास रहेको प्रमुख कार्यकारी अधिकृत भटटराईले गराए ।

यो चन्द्रनगर दिगो विकास लक्ष्य नमुना गाँउ योजना नेपालमा मात्रै नभई विश्वमा नै पहिलो भएकोले गर्दा विश्व सामु नेपाललाई चिनाउने, एकिकृत विकासको मोडेल प्रस्तुत गर्ने र नेपालमा भर्खर लागु भएको संघियता सहित स्थानीय सरकारको सफल संचालनको मार्ग दर्शनको रुपमा साबित हुने विश्वास राज कुमार महतोले जनाए ।

प्रदेश नम्बर २ को सर्लाही जिल्लमा अवस्थित चन्द्रनगर गाउपालिका
गाँउपालिकाको विवरण
स्थापनाः २०७३
जम्मा वडा संख्याः ७
क्षेत्रफलः ४७.५ वर्ग किमि
जम्मा घरधुरी ४९३५
जम्मा जनसंख्याः ३५००५ (महिलाः १८३९४, पुरुषः १६६२१)
समावेश भएको साविक गाविसहरुः चन्द्रनगर, मोहनपुर, बबरगंज, किसनपुर

वडा नम्बर २ को संक्षिप्त परिचय
घरधुरी संख्याः ९६८
जम्मा जनसंख्याः ७३०४ (महिलाः४२१८ , पुरुष ३०८६ः )
दलित जनसंख्याः १७५०



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.