सन् २०१६ का प्रमुख घट्नाक्रम | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सन् २०१६ का प्रमुख घट्नाक्रम




   मन्दिप गाैतम - Dec 31 2016

यस वर्ष राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा भएका मुख्य घटनाक्रमलाई एकफेर सम्झिनै पर्छः  सिरिया, अफगानिस्तान अनि ईराकबाट यूरोप छिर्ने शरणार्थीहरुको दर्दनाक ब्यथा र कहालीलाग्दो सामुन्द्रिक यात्राको श्रृंखला यसवर्षपनि कायमै रह्यो । अर्कोतर्फ जे के रोलिङ नामक प्रसिद्ध लेखिकाको कृती ह्यारी पोटरमाथी सफल चलचित्र श्रृंखलाहरु बनाएका निर्देशक एलेन रिकम्यानको निधनले रङ्गमञ्च संसार स्तब्ध बन्यो । यस्ता धेरै सकारात्मक र नकारात्मक समाचारले मानव जीवनमा  यो वर्ष उतार चडाव ल्याई रह्यो ।
 
अहिले हामीले एकअर्का लार्इ नव वर्षा २०१७ को शुभकामना आदान प्रदान गरिरहेको बेला हाम्रो पात्रो यहाँहरुको लागि स्मरण गर्दछ २०१६ का केहि अप्रत्यासित घटना हरु ।

डोनाल्ड ट्रम्प बिजयी


अमेरिकी राष्ट्रपतिको चुनाब यो वर्षभरिको लागि नै प्रमुख समाचार बन्यो । हिलारी क्लिन्टन को रूपमा अमेरिकाको पहिलो महिला रास्ट्रपति पाउने विश्वास संसार भरिका थुप्रै जनसमुदायमा थियो । नोभेम्बर ८ को दिन मत संकलन गरियो र जव गणना सुरु भयो  केहि समयमै सबै क्लिन्टनका समर्थक हरु आँसु मा डुबे र अमेरिकाले आफ्नो पहिलो महिला राष्ट्रपतिको लागि अझै कुर्नुपर्ने कुरा प्रष्टियो । डोनाल्ड ट्रंप अमेरिकाको ४५औ राष्ट्रपति चुनिए र यो खबर २०१६ कै  प्रमुख समाचार बन्यो ।

बेलायत इयु बाट बाहिरियो


सन् १९७३ देखि युरोपियन युनियन ( इयु ) मा आबद्द भएको बेलायत यसै वर्ष इयु बाट बाहिरिने लगभग पक्का भयो । इयु को नियम कानुन बेलायतको लागि हितकारी नभएको भन्दै ५२ प्रतिशत बेलायती मानिसहरूले इयु बाट बेलायत बाहिरिनु पर्छ भन्ने पक्ष मा मत खसाले पछी इयु बाट बेलायत को एक्जिट अर्थात ब्रेक्जिट तय भएको हो । बेलायतका मानिसहरुले आफ्नो सोचाइ भन्दा फरक मत हालेकाले त्यसबेलाका प्रधानमन्त्री डेभिड क्यामरून ले राजिनामा समेत दिए । अहिलेको प्रधानमन्त्री थेरेसा मे ले इयु सँग नया सम्झौता गरेर मात्र बेलायत औपचारिक रूपमा बाहिरिने हुनाले सो प्रक्रिया चाडै सुरु हुने र २०१९ सम्म ब्रेक्जिट पक्का हुने दाबि गरेकी छिन् ।

सरकार परिवर्तन


यो वर्ष नेपालमा फेरी एकपटक सरकार परिवर्तन भयो । पूर्वप्रधानमन्त्री के पी ओली माथी अविस्वास को प्रस्ताव दर्ता भएपछी अगस्ट ३ को दिन ओली ले राजिनामा दिए र नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल नयाँ प्रधानमन्त्री भए । पहिला जस्तै यो वर्ष पनि सरकार स्थिर हुन सकेन ।

अमेरिकाको नाइट क्लब हत्याकाण्ड 


जुलाई १२ को राति २ बजे अमेरिकाको फ्लोरिडा, ओर्लान्दोमा भएको पल्स समलिंगी रात्रि क्लब मा एकजना बन्दुकधारीले अन्धाधुन्द गोलि प्रहार गरेपछि ४९ जना को ज्यान गयो  आफुलाई इस्लामी सिपाही भनि चिनाउने ओमार मतीन ले ३ घण्टा क्लब भित्र मान्छे हरुलाई बाँधी बनाएका थिए । ५३ जना लागि चोटपटक लागेको उक्त घटनामा प्रहरीलाई काबु लिन निक्कै समस्या परेको थियो । मानसिक रोगि जस्तै प्रस्तुत भएका मतीनको प्रहरिले बाथरुमको दिवाल फोडी भित्रि छिरेर गोलि हानि हत्या गर्यो र त्रास मा भएका बन्धकहरुलाई उद्दार गर्यो । यो घटनाको दिन अमेरिकाको इतिहास मा ९ /११ पछिको कालो दिन को रूपमा लियियो ।

भारी वर्षा , बाढी र पहिरो


यो वर्ष भारि बर्षा को कारण देशको विभिन्न ठाउँ बाट बाढी र पहिरोको समाचार आइरह्यो । कहिले प्युठान त कहिले नवलपरासीबाट जनधनको क्षति भएको समाचारले सबैलाई दुखित बनायो महाभुकम्प को चोट बाट अझै उक्सिन नसकेको हाम्रो समाजलार्इ यी बिपत्तिहरुले थप चोट दिए ।

बंगलादेशमा ७/१६


यस्तै एउटा घटना बंगलादेशको ढाका मा पनि जुलाई १ को राति घट्यो जब ५ आतंक वादिहरु होले अर्तिसन बेकरीमा पसेर सर्वसाधारणलार्इ गोलि प्रहार गर्न थाले । ढाकाको प्रहरीले स्थितिलार्इ नियन्त्रणमा लिन सक्दो प्रयास गर्दागर्दै पनि २० जना सर्वसाधारणले ज्यान गुमाए । उक्त घटनामा ती पाच आतंकवादी समेत कुल २८ जनाको मृत्यु भयो जसमध्य २ ढाका प्रहरीका जवानहरु पनि थिए । त्यो घटनालाई बंगलादेश मा ७/१६ भनि संज्ञा दिइएको छ ।

५०० र १००० को भारु नोट प्रतिबन्ध


बर्षको एउटा अप्रत्यासित खबर नोभेम्बर ८ को राति ८ बजे भारतबाट आयो । कालो धन र भ्रस्टाचार निर्मुल पार्न भारतीय सरकारले बर्षौ अगाडी देखी चली आएको ५०० र १००० को नोटमा प्रतिबन्ध लगायो । एकातिर यो कुराको बिरोध थुप्रै राजनितिक दलका मानिसहरु ले गरे भने अर्कोतिर थुप्रै ले प्रधानमन्त्री नरेन्द्र मोदी को यो कदम को सम्मान समेत गरे । आम मानिस हरुलाई केहि समय को लागि केहि समय असहज पारेको भारतीय सरकार को यो कदम छिमेकि राष्ट्र भारत को लागि २०१६ को प्रमुख खबर बन्न पुग्यो । 

२०१६ मा थुप्रै महान हस्तीहरु संसार बाट बिदा भए


सुशील कोइराला
 (१९३९-२०१६)


पूर्वप्रधानमन्त्री सुशील कोइराला को यसै वर्ष फरवरी ९ मा निमोनिया ले गर्दा निधन भयो । ७६ बर्षका कोइराला केहि समय आगाडी देखि  फोक्सो र जिब्रोको क्यान्सर समेतले ग्रसित  थिए । नेपालकै सबै भन्दा आर्थिक रूपमा कमजोर प्रधानमन्त्री कोइराला एउटा अव्वल राजनितिक लिडर थिए । इतिहास को पाना मा उनको नाम अमर रहनेछ ।

फिडेल क्यास्ट्रो (१९२६-२०१६)


लाखौँका हिरो अनि हजारौँका भिलेन अनि संसारभरिका कम्यूनिष्टहरुको आस्थाका धरोहर फिडल क्यास्ट्रोको ९० वर्षको उमेरमा यहि वर्ष नोभेम्बर २५ मा भयो । संसारका धेरै मान्छेहरुले फिडेल क्यास्ट्रोलाई एउटा साहसी सौदागरकारुपमा लिनेछन् किनकी उनले कैयन पटक आफ्नो ज्यानको बाजी थापेर आफ्नो सत्ता स्थापित गराएका थिए । क्युब का राष्ट्रपति क्यास्ट्रो संसारकै शक्तिकेन्द्र संयूक्त राज्य अमेरिकाको त्यतिका पटकसम्मको आक्रमण वाट सकुशल रहन सजिलै सक्षम भएका थिए ।

जर्ज माईकल (१९६३-२०१६ )


 यसै वर्ष गायक जर्ज माईकलले संसार छाडेर गएका छन् ।  लास्ट क्रिसमस गीत गाएका अनि त्यही गीत वाट अत्यन्त चर्चामा रहेका यी गायक क्रिसमसकै दिन राती संसार बाट विदा भए, संयोग ले सन् २०१६ को यो क्रिसमस उन्कालागी अन्तिम क्रिसमस बन्न पुग्यो । सन् १९८८ मा माईकलले विश्व यात्रा शुरु गरेका थिए । संगीतमा आधारित यो विश्व यात्रालाई विश्वास अर्थात फेथको नाम दिईयो, उनको जिवनमा दुईवटा डकुमेन्ट्रीहरु बनेका छन्, ए डिफरेन्ट स्टोरी नामक डकुमेन्ट्री धेरै चर्चीत छ ।

मुहम्मद अलि


२०औ शताब्दीका स्टार बकसिंग खेलाडी मोहम्मद अलि को पनि यसै वर्ष जुन ३ को दिन ७४ बर्ष को उमेर मा निधन भयो । उनि जती बकसिंग रिंग भित्र को काम ले गर्दा चर्चित थिए त्यतिनै रिंग भन्दा बाहिर को काम ले गर्दा पनि ।

२०१६ मा खेलकुद
खेलकुद जगत मा भने यो वर्ष नेपाल को लागि उत्कृष्ट साबित भयो । गौरिका सिंह ले यसै वर्ष आयोजना भएको खेलकुद को महाकुम्भ रियो ओलम्पिक मा सहभागी भएका ११००० भन्दा बढी प्रतिस्पर्धीहरु मध्य सबै भन्दा कान्छी भएर इतिहास रचिन् । नेपाल ले कुनै पदक जीत्न नसके पनि सहभागी भएका २०७ देशमा आफ्नो पहिचान भने अवश्य छाड्न सफल भयो ।


क्रिकेट को लागि पनि यो वर्ष सुनौलो बर्ष रह्यो । पहिलो पटक नेपाली क्रिकेट टोलि ले क्रिकेट इतिहास कै पुरानो मैदान लर्ड्स मा पहिलो खेल खेल्यो र पहिलो खेलमै ऐतिहासिक जीत दर्ता गर्यो । नेपालको बेलायत सँगको २०० वर्षा पुरानो मित्रता को उपलक्ष मा आयोजना भएको उक्त खेल मा जीत्न सफल हुदा सम्पूर्ण स्वदेशी क्रिकेट प्रेमी र खेलाडीहरुमा भरपूर उर्जा थपियो ।अर्कोतिर नेपाली यु -१९ क्रिकेट टोलि ले यु -१९ बिश्वकपमा सम्मानजनक क्वाटर फाइनल सम्मको यात्रा सफल बनायो । नेपाल निक्कै नै रोमान्चक खेलमा बंगलादेशसँग हार्न पुग्यो र सेमी फाइनलमा प्रवेश हुन सकेन ।

फुटबल मा पनि नेपाल ले यो वर्ष थुप्रै साना ठुला उपाधिहरु जित्यो । एएफसी सोलिटरी कप को बिजेता हुदै नेपाल ले सम्पूर्ण देशबासिहरुलाई उत्साहित बनायो ।

२०१६ मा चलचित्र


२०१६ मा नेपाली चलचित्र जगत पनि एउटा खुड्किला माथि उक्लियो , एकातिर चलचित्र "छक्का पन्जा" ले सबै पुरानो रेकर्ड तोड्दै नयाँ ब्यापारिक सफलता पायो , तर नेपाली चलचित्र यो वर्ष ब्यापारिक हिसाब ले मात्र सफल भएन। यहि वर्ष रिलिज भएका कालो पोथी र सेतो सुर्यले नेपाली कला र संस्कृतिलार्इ बिश्व सामु अव्वल तुल्यायो यसै वर्ष सेतो सुर्य ले सिंगापुर अन्तराष्ट्रिय  फिल्म फेस्टिभलमा बेस्ट एसियन फिचर फिल्म को उपाधि जित्यो ।

लोड्शेड्डिङ मुक्त नेपाल


बिजुली को समस्या नेपाली समाज को लागि निक्कै पुरानो र प्रमुख हो । १६ देखि २० घण्टा सम्म लोड्शेड्डिङ भोगेका नेपालीहरुले त सायद यो पनि भुली सके कि नेपालमा बिजुली को कहिले चाहीँ समस्या थिएन । तर यो वर्ष कसैले अनुमान नै नगरेको अवस्थामा उपत्यका बाट लोड्शेड्डिङ मुक्त अभियान सुरु भयो । निक्कै नै चाडै नेपाल बाटै निर्मुल हुन लागेको लोड्शेड्डिङ यो वर्ष सम्पूर्ण नेपाली हरुको लागि सबै भन्दा ठुलो खुशी को समाचार बन्न पुग्यो ।

हाम्रो पात्रो सलाम गर्दछ ति सम्पूर्ण सम्बन्धित व्यक्तिहरुलाई जसले समाज को यो प्रमुख समस्या निर्मुल पार्न आफ्नो पसिना बगाई रहेका छन् ।
--------------------
*तस्वीर इन्टरनेट बाट 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.