लैंगिक समानताको लागि एन्टेना फाउण्डेशनको ‘पाँच मिनेट‘ अभियान | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

लैंगिक समानताको लागि एन्टेना फाउण्डेशनको ‘पाँच मिनेट‘ अभियान




नेपालका कलाकार, खेलाडी, मिडियाकर्मी आदिको सहभागिता



एन्टेना फाउण्डेशन नेपालद्धारा ललितपुरमा आयोजित एक समारोहको बीच सोमबार लैंगिक समानतामा आधारित “पाँच मिनेट” नामक भिडियो सिरिजका २ भिडियो थुप्रै आगन्तुक माझ प्रस्तुत गर्दै उक्त फाउण्डेशन को यो अभियान को शुभारम्भ गरियो। समाजमा विद्यमान लैंगिक विभेदको अन्त्य गर्ने उदेश्य सहितको पाँच मिनेटको यस चेतनामुलक भिडियोका भागहरु प्रत्येक हप्ता संस्थाको युट्यब च्यानल मार्फत प्रसारण गरिन्छ ।

“घरका महिला सदस्यहरुले गर्ने भनी अपेक्षा गरिएका कार्यहरु रियालिटी गेम शोको रुपमा यस छोटो भिडियोमा पुरुष पात्रहरुद्धारा गराई लैिंगक विभेद सम्बन्धी परम्परागत मान्यतालाई तोड्ने तथा लैंगिक समानतालाई बढावा दिने उदेश्यले ‘पाँच मिनेट’ भिडियो निर्माण गरिन्छ,” एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक सतिश जंग शाहीले कार्यक्रममा भन्नुभयो ।


एन्टेना फाउण्डेशन नेपालको यस पहिलो पाँच मिनेट भिडियो अंकमा नेपालका प्रख्यात पाँच जना गायकहरुले सहभागिता जनाउनुभएको छ । हेमन्त शर्मा, कमल खत्री, प्रमोद खरेल, धर्मेन्द्र सेवान र विजय लामाको सहभागिता रहेको यस पाँच मिनेट भिडियामा नेपालको आम संचार तथा गायन क्षेत्रका बरिष्ठ व्यक्तित्व राजेन्द्र प्रसाद (रविन) शर्माले प्रस्तोताको भुमिका निर्भाह गर्नुभएको छ । गीत संगीत, सिनेमा, खेलकुद, मिडिया आदि क्षेत्रका चिर परिचित व्यक्तित्वहरु आगामी पाँच मिनेट अंकहरुमा सहभागी हुनुहुनेछ । जम्मा ३९ भागको यस पाँच मिनेट भिडियो कार्यक्रम ऐन्टिना फाउण्डेशन नेपालको फेसबुक पेज (www.facebook/AntenaFN मा र युट्युब च्यानल (www.youtube.com/AntennaFoundation मा पनि हेर्न सकिन्छ । एन्टेना फाउण्डेशन नेपाल र Free Press Unlimited को सहकार्यमा यो कार्यक्रम उत्पादन गरिनेछ ।


एन्टेना फाउण्डेशन नेपाल देशको पब्लिक ब्रोडकास्टिंगमा समर्पित एक गैर नाफामुलका सस्ंथा हो । यस सस्ंथाले मुख्यतः आफ्ना कार्यक्रमहरुबाट व्यवहार परिवर्तन गर्ने तथा समाजमा चेतना फैलाउने कार्यका साथै मिडियासम्बन्धी वकालत र पैरवी गर्ने तथा क्षमता अभिबृद्धि गर्ने कार्यहरु गर्दछ । देशको प्रथम रेडियो लाइभ कुराकानी कार्यक्रम “नेपाल चौतारी”, सबैभन्दा लामो रेडियो नाटक “नयाँ बाटो नयाँ पाइला”, प्रथम घुम्ती रेडियो कार्यक्रम “रेडियो डोको”, हालै प्रसारणरतः “मै सरी सुनाखरी” तथा “हिलकोर” धारावाहिक रेडियो नाटक कार्यक्रम आदि यस संस्थाद्धारा उत्पादित केही रेडियो कार्यक्रमहरु हुन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.