एन आइ सी एशिया बैंक लिमिटेडको मलेसियाबाट 'इनवार्ड रेमिटेन्स' सुरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

एन आइ सी एशिया बैंक लिमिटेडको मलेसियाबाट 'इनवार्ड रेमिटेन्स' सुरु





चैत्र ४, काठमाण्डाै । एन आइ सी एशिया बैंक लिमिटेडले 'Max Money Sdn. Bhd' सँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट २०७४ फाल्गुण २७ मा स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो । 

उक्त सम्झौता अनुसार 'Max Money Sdn. Bhd' को मलेसियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एन आइ सी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४,६०० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने जानकारी एन अाइ सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सूचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा प्रेसित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

एन आइ सी एशिया बैंक लिमिटेड र M & M Remit, Mauritius बिच रेमिटेन्स सम्झौता सम्पन्न

जारी विज्ञप्तिमा अगाडि लेखिएको छः एन आइ सी एशिया बैंक लिमिटेड र M & M Remit, Mauritius बिच कतार, यूएई, साउदी अरब र मौरिससबाट M & M Remit मार्फत नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ । बैंकले यस सम्बन्धमा M & M Remit संग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट २०७४ फाल्गुण २७ मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो । 

उक्त सम्झौता अनुसार M & M Remit मार्फत विभिन्न देशहरुबाट पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४,६०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.