२९औँ राष्ट्रिय औधोगिक वस्तु तथा प्रविधि प्रदर्शनीको आज समापन | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

२९औँ राष्ट्रिय औधोगिक वस्तु तथा प्रविधि प्रदर्शनीको आज समापन





चैत्र ९ देखि काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको २९औँ राष्ट्रिय औधोगिक वस्तु तथा प्रविधि प्रदर्शनीको आज समापन भएको छ । लघु, घरेलु तथा साना उद्यमीबाट उत्पादित वस्तुको बजार विस्तार तथा प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा नेपालले औधोगिक विकासमा गरेका प्रगतिका साथै स्वदेशमा स्थापित उद्योगमा जडित प्रविधि, नेपालमा उत्पादित वस्तु तथा सेवा र विकसित प्रविधिको बारेमा जानकारी दिनुका साथै २०४२ सालदेखि राम्रा काम गर्ने उद्यमीलाई पुरस्कृत समेत गर्दै आएको छ ।

यसपटक पनि सहभागी भएका २८५ मध्य ६६ उद्यमीहरुलाई सम्मानित गरिएको थियो ।


आर्थिक विकासको मेरुदण्ड मानिएको लघु, घरेलु तथा साना उद्योग क्षेत्रले मुलुकको विकासमा महत्वपूर्ण येगदान पुर्याउछ, समापन कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गर्नुभएको उध्योग बाणिज्य तथा आपूर्ति मन्त्रि मातृका यादवले अबको सरकारले लघु, घरेलु तथा साना उद्योगलार्इ सक्दो समर्थन गर्ने र यो बोल्ने मात्र हैन गरेर देखाउने बिश्वास दिलाउनु भएको छ ।


प्रदर्शनीको विशेष आकषर्ण भने मौलिक नेपाली हस्तकला र काष्ठकलाजन्य उत्पादन, परम्परागत तथा आधुनिक उपयुक्त प्रविधि प्रदर्शनी आदि रहेका छन् । ५ दिनसम्म चलेको यस प्रदर्शनीबाट लगभग पौने ८ करोडको खरीद बिक्रि भएको हामीलाई जानकारी प्राप्त भएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.