बिग्रिएका धर्मगुरुहरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

बिग्रिएका धर्मगुरुहरु




   Suyog Dhakal - Sep 04 2017

धर्मको कुरा गर्दा सन् १८४३ मा लिएर जान चाहयौं, काल मार्क्सले हेगेलको एलिमेन्ट अफ फिलोसपी अफ द राईट नामक पुस्तकका धारणाहरुलाई काट्दै लेखेका एउटा वाक्य वाट," धर्म भनेंको उत्पीडीत वर्गको सिंग हो, मुटुविहीन संसारको मुटु र आत्माहीन समाजको आत्मा"। यो रुपमा व्याख्या गर्दै धर्मलाई अफिमसंग काल मार्क्सले तुलना गरेका छन् ।

यो पनि हेर्नुहोस् : किन यति धेरै मान्छेहरु दुखी र डिप्रेस्ड छन्

यस प्रकारले काल मार्क्सका भनाईमा त कता कता धर्मलाई राज्यले एउटा हतियारका रुपमा प्रयोग गर्दै गरीब जनताको पीडा पखाल्न र छोप्ने नियतीक रुपमा पनि लिन सकिन्छ । काल मार्क्सको मात्र किन कुरा गर्नु, उता हेगेलले पनि त धर्मलाई राज्य र समग्र संसारको मेरुदण्डका रुपमा व्याख्या गरेका छन् । हुन त काल मार्क्स र हेगेल दुबै चितामा पुगिसके तथापि धर्मको यो बिभेद अनि बिवाद संसारभरि कायम नै छ ।

कोही धर्मका आधारमा शाषन गर्न चाहन्छन् भनें कोही धर्मका आडमा व्यापार, कताकतै त योगअभ्यास, आत्मिक चीन्तन अनि साहित्यलाई पनि धर्मका रुपमा हेरिन थालिसकेको पाइन्छ । केही बर्ष यता भारतमा धर्मको कुराहरु यसतै विवादमा आइरहेका छन्, केही धर्मगुरुहरुको दुराचारका सत्य विवरणसंगै ।

धर्मका नाममा गाई काट्नेहरु माथिको बिभेद, आरोप, कारवाही, अपराध संगै हिन्दु धर्मका हाँगाहरुका ठेकेदार गुरुहरु आशाराम बापु, रामरहीम आदिको सनसनीपूर्ण दुराचारका खबरहरुले धर्मलाई झन बिवादमा ल्याएको छ ।

हिन्दुमात्र नभई लगभग सम्पूर्ण अन्य धर्महरु पुस्तौंसम्म एउटा धर्मगुरु अनि उनका हाँगा अनुयायी र पछ्याउने बिचारकहरुको आडमा चलेको छ । अग्रेंजीमा कल्ट कल्चर भनिने यस्ता बाबाहरुको कमि नेपालमा पनि कहाँ छ र ? मान्छेहरुको बिचार अनि आस्था लगायत दानदक्षिणाका पनि केन्द्रबिन्दु हुने यस्ता कल्टहरु नै पथभ्रष्ट भएका उदहारणहरु प्रश्स्त छ , कोही समाजसामु उजागर हुन्छन् भनें कोही धर्मका आडमा अझै पनि ताण्डव मचाइरहेका छन् ।

शक्ति र सभ्यताको केन्द्र अमेरिकामा नै पनि टेक्सासमा डेभिडियनहरुको हाँगा मानिने डेभिड कोरेशले
७७ जना अनुयायीको हत्या गरेको सत्य रहेको छ । त्यस्तै अमेरिकामानै पिपल्स टेम्पलका जीम जोन्सले ७०० जना अनुयायीलाई बीष पिउन लगाएर हत्या गरेको ईतिहांस छ । बिभिन्न अमेरिकी राजनितीज्ञ देखि केही राष्ट्रपतीसम्म धर्मगुरुका समर्थन अनि साथमा भएका घटना प्रस्ट छ भनें यो क्रममा भारत अनि नेपालमा पनि कुनै कमी छैन, हैन र ?

राजनिती र धर्मगुरुको पेशामा कुनै बिशेष ज्ञान वा योग्यता नचाहिन सक्छ । त्यसमाथी मान्छेहरुको बिश्वास जित्न अनि मन पगाल्न आशा र सपनाको व्यापार पनि गर्न जान्ने अपराधीहरु एकाएक धर्मका
ठेकदार हुन पुग्दछन् । यसो भन्दैमा हामी सम्पूर्ण धर्मगुरुहरु लाई आक्षेप भनें लगाएको आशय बनाँउन चाहन्नौं तथापि एकजनाको गलत कार्यले सम्पूर्ण पेशा या छवीलाई नै धमिल्याउन सक्ने ताकत भनें अवश्य छ ।

धर्म र आगो उस्तै कुरा हुन्, आगो पनि दुई प्रकारको हुन्छ, उज्यालो पार्ने आगो र घर जलाउने आगो
। धर्मको आगो पनि उज्यालोका लागि प्रयोग गरिनु पर्दछ न कि घर जलाउन । धर्मका वारेमा खुल्ला र स्वस्थवर्धक बिचार नआउन्जेलसम्म लाखौं मान्छेहरुको भाग्यमा खेल्ने अपराधी कल्ट अर्थात बाबा या माताहरु आइनै रहन्छन् ।

नेपाल अनि हामी नेपालीहरु पनि यस बिषयमा जागरुक हुन जरुरी छ । कुनै बाबा या माताले टाउकोमा हात राखेर केही मन्त्र पढेकै भरमा दुख्खपीडा भाग्छ भन्नु केवल भ्रम मात्र हो । हरेक मन्दिरमा भगवान नहुन पनि सक्छ, हरेक भिंडमा सत्यता नहुन पनि सक्छ । धर्मलाई जीवनको आधार बनाउने अधिकार सबैलाई छ तर धर्मको नाममा जीवनको सारमाथि प्रशन कसैले उठाँउछ भनें बोल्न सक्नु र जोगिनु हामी सबैको कर्तव्य र जागरुकता हो ।

हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.