विकास उद्यमीको 'नेपाल इन डाटा'ले सार्वजनिक गर्यो भूगोल प्रोफाइल (Geo Profile) | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

विकास उद्यमीको 'नेपाल इन डाटा'ले सार्वजनिक गर्यो भूगोल प्रोफाइल (Geo Profile)




भूगोल प्रोफाईल (Geo Profile) को परिकल्पना नेपाल इन डाटाले गरेको हो र यो प्रोफाईल अस्ट्रेलियन सरकार र द एशिया फाउन्डेशनको सहकार्यमा संचालित स्थानीय सरकार सबलिकरण कार्यक्रमको सहयोगमा सम्भव भएको हो ।



२० वैशाख,  २०७५ । विकास उद्यमीको 'नेपाल इन डाटा'ले भूगोल प्रोफाइल (Geo Profile) सार्वजनिक गरेको छ । यससंगै अब सातै प्रदेशका ७५३ स्थानीय निकायका सबै तथ्यांक एकैठाँउमा पाउन सकिने छ ।

विकास उद्यमीद्वारा सञ्चालित नेपाल इन डाटाले सबै ७ प्रदेश र ७५३ स्थानीय निकायहरूसँग सम्बन्धित मुख्य डाटा तथा तथ्यांकहरू समेटिएको भूगोल प्रोफाईल (Geo Profile) को प्रारम्भिक संस्करण सार्वजनिक गरेको छ। उक्त भूगोल प्रोफाईल (Geo Profile) www.nepalindata.com/data मा उपलब्ध रहेको छ र प्रयोगकर्ताहरूले आफूलाई चाहिएको प्रदेश र स्थानीय निकायहरूको जनसंख्या, अर्थतन्त्र, कृषि, उद्योग,स्वास्थ्य, शिक्षा लगायतका अन्य विभिन्न क्षेत्रका प्रमुख सूचकहरूको तथ्यांक उक्त प्रोफाईलमा हेर्न सक्छन् । प्रयोगकर्ताहरूले आफूले छानेका प्रदेश/स्थानीय निकायका विभिन्न सूचकहरूबीच तुलना गरी विकासको हालको परिदृश्य मुल्यांकन पनि गर्न सक्छन् । उक्त भूगोल प्रोफाइलमा समावेश भएका तथ्यांकहरूलाई ग्राफ र तालिकाको सहयोगमा विश्लेशण गर्न पनि सकिन्छ साथै आफू अनुकुल प्रयोग गर्नको लागि csv र jpeg फरम्याटमा पनि डाउनलोड गर्न सकिन्छ।

भूगोल प्रोफाइल निम्न लिंकहरूमा गएर हेर्न सकिन्छः
राष्ट्रिय तहको डाटाको लागि http://www.nepalindata.com/data/nepal
प्रदेश तहको डाटाको लागि http://www.nepalindata.com/data/province
स्थानीय तहको डाटाको लागि http://www.nepalindata.com/data/localbodies

भूगोल प्रोफाईल (Geo Profile)को माध्यमबाट तथ्यांकहरूको सहज पहुच निर्माण गरी केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरूले गर्ने योजना निर्माण र कार्योन्यन का साथै निर्णय प्रकृयालाई सहयोग पुर्याउनुनै नेपाल इन डाटाको लक्ष रहेको छ । तथ्यांक हेरेर आम नागरीकहरूले स्थानीय स्तरमा भएका विकास निर्माणको निगरानी गर्न सकुन् भन्ने विश्वास यसले लिएको छ। यसका साथै मिडिया, नागरीक समाज, सामाजिक संघ संस्था, दातृ निकाय र निजी क्षेत्र समेतको योजना निर्माण र कार्योन्यन प्रकियालाई तथ्यांकहरूका मार्फत सहयोग पुर्याउनु पनि नेपाल इन डाटाको उदेश्य रहेको छ ।
भूगोल प्रोफाईल (Geo Profile) मा समावेश भएका तथ्यांकहरू सबै आधिकारिक सरकारी स्रोतहरूबाट संकलन गरीएका हुन् । सूचकहरूको तथ्यांक नेपाल इन डाटाले केन्द्रीय तथ्यांक विभाग, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, लगायतका अन्य सरकारी संस्था तथा निकायहरूद्वारा प्रकाशित तथ्यांकहरूको प्रयोग गरी तयार पारेको हो । आगामी महिनाहरूमा थप सुविधाहरूको समावेश गरी भूगोल प्रोफाईल (Geo Profile)लाई विस्तार गर्ने योजना नेपाल इन डाटाको रहेको छ ।

भूगोल प्रोफाईल (Geo Profile) को परिकल्पना नेपाल इन डाटाले गरेको हो र यो प्रोफाईल अस्ट्रेलियन सरकार र द एशिया फाउन्डेशनको सहकार्यमा संचालित स्थानीय सरकार सबलिकरण कार्यक्रमको सहयोगमा सम्भव भएको हो ।

भूगोल प्रोफाइल तथा १२ खण्डमा भएका २८०० भन्दा धेरै डाटासेटहरू र दैनिक इन्फोग्राफिक्स सँगै डाटा र तथ्यांकसम्बन्धि समाचार र सामाग्रीहरू पाउनको लागि www.nepalindata.com/data खोल्नुहोस् । विकास उद्यमीले गरीरहेको कामहरूबारेमा थप जान्नको लागिः www.bikasudhyami.com



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.