मानवका लागि कुकुरको महत्व- कुकुर तिहार बिशेष | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मानवका लागि कुकुरको महत्व- कुकुर तिहार बिशेष




   Suyog Dhakal - Oct 18 2017

मानव सभ्यताका शुरुवातकालिन दिनवाटै कुकुरहरु लाई मानिसहरु ले घरपालुवा जनावरका रुपमा राखेको पाइन्छ । कारण थुप्रै हुन सक्छ ।

सनातन संस्कारमा यमपंञ्चकको दोश्रो दिन कुकुर तिहारका रुपमा सबै जनाले आज कुकुर पूजा गर्नु हुनेछ, आउनु होस हाम्रो पात्रोमा आज सनातन सस्कारको व्यबहारीक पक्षका बारेमा कुरा गर्न जाँदैछौ ।घर बनाएर समाजमा बस्न अगावै बिभिन्न कविला र समुहमा घुमन्ते अवस्थाका मान्छेले नै कुकरलाई जनावरका रुपमा पाल्न थालेको इतिहास छ । शायद कुकुर ले सुरक्षा लगायत अन्य हिंसक जनावरको
आगमनका बारेमा जानकारी दिने कारणले हुन सक्दछ भने कुकुरले अन्य कुराहरु अनि चोरीबाटपनि मानवलाई बचाँउदै आएको हजारौं बर्ष भईसकेको छ ।

अर्को तर्फ कुकुरहरुको असाधारण सुन्घ्न सक्ने क्षमताका कारणले शिकार गर्न पनि सहज पार्ने कारणले हुनसक्दछ, कुकुरहरु मानव रोजाईमा परेका । मारिएका जनावर अझ भनौं तिर या बिषले घाउ बनाएका जनावरहरु दौडदै भागेर केही समयमा अर्के ठाँउमा गएर ढल्ने हुनसक्दछ । यस्तो क्रममा शिकारी आँफै दौडदै जनावर लखेट्न नसक्ने हुँदा कुकुरहरु गएर ठाँउ पत्ता लगाउने, जानकारी दिने गर्दथे ।

अहिले पनि बन्दुकले हानिएका चराहरु जमिनमा खसेपछि कुकुरले गएर शिकारीसम्म ल्याउने चलन छ । सन् २००४ मा त कुकुर सहितका शिकारी समुह र कुकुर बिनाका शिकारी समुहलाई अलग्ग रुपमा समान
हतियार सहित शिकारमा पठाँउदा कुकुर सहितको समुह कैयौं गुणा शिकारमा प्रभावकारी पाइएको थियो । स्मरण रहोस् प्राचिन यूगमा शिकार नगरेमा जिवन असंभव प्राय थियो, यसअर्थमा हजारौं बर्षदेखि कुकरले मानवको प्राण र पेटको रक्षा गरिरहेको छ । जनावर मारेर मालिकलाई जिम्मा लगाएर आफू हाडखोडमै चित्त बुझाउने समस्त कुकुर प्रजातीहरुलाई सनातन सस्कारमा एउटा बिशेष दिन दिइएको छ , कुकर तिहार ।

दोश्रो बिश्वयूद्ध पछि कुकुरहरुको सख्याँमा बृद्धि भएको इतिहास छ, अहिले लगभग ४० करोड कुकुरहरु
रहेको तथ्याकं छ । मान्छेको मानव बाहेक सबैभन्दा धेरै आत्मियता कायम हुने जनावर नै कुकर हो । आफ्ना मालिकको रक्षा मात्र नभई भावनात्मक सहयात्रीका रुपमा पनि कुकर को धेरै महत्व छ । सदासर्वदा नुहाइदिएर, राम्रो लुगा लगाइदिएर, अस्पताल लगेर, महंगो डगफुड खुवाएर अनि आँफैसंग
सुताएर पालिएका कुकर देखि बाटाघाटामा पुच्छर हल्लाउँदै हिँडेका कुकुर सम्म हामी ले देखेका छौं । कुकुरलाई मार्ने योजना र अभियान चाँही हामीलाई अमान्य नै छ । हो कुकुर लाई रोग लागेमा मान्छेका
लागि चुनौती हो तथापि रोगको उपचार मृत्यू त पक्का हैन नि । अपराध अनि अनुसन्धानका लागि कुकरको भूमिका त हामी सबैले जानेकै छौं । बिभिन्न देशहरुमा कुकरहरु को दौड लगायतका अन्य खेलकुदहरुको प्रतियोगीता हुने गर्दछ जुन कुकर मालिकका लागि अत्यन्त प्रतिष्ठाका रुपमा हेरिन्छ ।

बिभिन्न अध्यनका अनुसार एक्लोपना भएका मान्छेहरुले कुकर या बिरालो जस्ता जनावर पालेमा उनिहरुको मानसिक स्वास्थ लगायत रक्तचाप दर पनि स्वस्थ हुने गरेको पाइएको छ । सामान्य रुपमै पनि घरमा जनावर भएपछि हामी धेरै आत्मियता अनि सदाशयताका साथ उनिहरुको साथ र सुरक्षामा लाग्ने गर्दा डिप्रेशन लगायतका अन्य रोग र अवस्थाबाट जोगिने देखाँउदछ ।

बालबालिकाको संवेगात्मक बिकासका लागि पनि यस्ता जनावरहरु को महत्व धेरै पाइन्छ । नेपाली
समाजमा अहिले पनि थालको अन्तिम गाँस हत्केलामा बोकेर कुनामा कुकुर लाई दिने पुस्ता जीवीत छन् । लेकका भेंडीगोठ देखि तराईका खरिहान सम्म कुकुर हरुले रक्षा गरेका र गर्दै आएका छन् । पुच्छर हल्लाउँदै भाउ भाउ गर्ने समस्त संसारका कुकुरहरुमा हाम्रो माया ।

कुकुर तिहारले संसार लाई नै कुकुर र मानव बिचको अनन्त समबन्ध व्याख्या गर्न सकोस् ।

शुभकामना
सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.