मानिसलाई खुशी किन र केका लागी ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मानिसलाई खुशी किन र केका लागी ?




   विश्व आचार्य - Aug 22 2017

एक श्रिमान आफू खुशी हुनसके मात्र उसले आफ्नी श्रिमतीलाई खुशी राख्न सक्छ । एक लेखक खुशी हुदै केही आलेखहरु लेख्छ भने उसले पाठकहरूलाई खुशी नदिईरहन सक्तैन । जुन व्यक्तिको रूची जे मा हुन्छ ऊ त्यसैमा खुशी रहन्छ।



एक यस्तो मानविय संवेग हो, जसमा व्यक्तिले आफूलाई निकै गौरवशाली, प्रतिभाशाली र एक महान व्यक्तित्व ठान्दछ । जुन कुराले तपाईलाई आत्मसन्तुष्टि दिन्छ त्यही हो खुशी । खुशीलाई विभिन्न व्यक्तिले भिन्न भिन्न तरिका र विचारबाट यस्को अर्थ केलाउछन ।

यो पनि हेर्नुहोस् : सेतो तीज

एक प्रसिद्ध विद्वान खुशीका विषयमा यसो भन्छन,"तिमी हास्छौ त संसार हास्नेछ तर तिमी रुन्छौ भने एक्लै रुनेछौ ।" उनका अनुसार खुशी भन्ने कुरा हामी आफैमा हुन्छ । "आफू भलो त जगत भलो" भनेझै हामी आफू खुशी हुन्छौ भने अरुलाई पनी खुशी बनाउन सक्छौ । एक शिक्षक कक्षामा प्रवेश गर्दा ओठमा मुस्कान लिएर प्रवेश गर्छ भने उसले पक्कै पनि आफ्ना विद्यार्थीहरुलाई चाहेको शिक्षा प्रदान गर्न सक्छ र यसमा विद्यार्थीहरु पनि निकै खुशी हुन्छन । एक श्रिमान आफू खुशी हुनसके मात्र उसले आफ्नी श्रिमतीलाई खुशी राख्न सक्छ । एक लेखक खुशी हुदै केही आलेखहरु लेख्छ भने उसले पाठकहरूलाई खुशी नदिईरहन सक्तैन । जुन व्यक्तिको रूची जे मा हुन्छ ऊ त्यसैमा खुशी रहन्छ। उदाहरणका लागी एक डाक्टर विरामीको सफल उपचार पश्चात निकै खुशी हुन्छ भने एक विद्यार्थी उत्कृष्ट नतिजा प्राप्त गरेपछी खुशी हुन्छ । यसमा डाक्टर र विद्यार्थीको खुशी रहने क्षेत्र र अवस्था भिन्दाभिन्दै छन ।

हरेक मानिसको अन्तिम उदेश्य खुशी प्राप्त गर्नु हो । खुशी प्राप्त गर्ने धेरै आधारहरु हुन्छन । जसमध्ये सफलता एक प्रमुख आधार हो । सामान्यतया मानिस त्यतीबेला खुशी हुन्छ जब उसले आफूले चाहेको कुरा पूरा हुन्छ । यस किसिमको बानी यस संसारका ९९.९९ % मानिसहरुमा पाईन्छ । तरपनी मानिस त्यतीबेला खुशी हुन्छ जब उसले आशा नै नगरेको कुरामा उ सफल हुन्छ । यसको ठिक विपरीत सफलताको एक कडीका रूपमा खुशी । त्यस व्यक्ति सफल हुन्छ जो सँधै खुशी रहन्छ । आफ्नो कामप्रती जो सन्तुष्ट रहन्छ त्यही व्यक्ति नै खुशी हुन्छ । उदाहरणका लागी एक सवारी चालक आफ्नो कामप्रती सन्तुष्ट छैन भने उसले आफ्नो काम सही ढंगले गर्न सक्तैन । एक सरकारी कर्मचारी आफ्नो मासिक
तलवप्रती सन्तुष्ट छैन भने उसको कार्यसम्पादन शैलीमा ह्रास आउछ र घुस लिएको अभियोगमा अख्तियारको फन्दामा पर्छ ।

मानिस एक विवेकशील र चेतनशील प्राणी हो । कुनैपनी कुरामा इच्छा प्रकट गर्नु एक सामान्य मानिसको गुण हो । त्यही इच्छाले मानिसलाई आशाहरु जगाउन प्रेरित गर्दछ । जब कुनैपनी मानिस आफू काम गर्नु भन्दा धेरै मिठो फलको मात्र आशा गर्छ भने ऊ कहिल्यै खुशी हुन सक्तैन । किनकी यस प्रवृत्ती अंगालेका मानिसहरु कहिल्यै पनी सोचेअनुसार फल प्राप्त गर्न सक्तैनन् र त्यस्ता व्यक्तिहरु सधै दुखी बन्न पुग्छन। गौतम बुद्धका अनुसार "दुखको मूल कारण नै इच्छा हो ।" तसर्थ हामीले सोच्नुपर्ने कुरा के हो भने हरेक कुरामा हामी इच्छा राख्न सक्छौ तर फलको आशा थोरै राख्ने । यसो हुदा थोरै सफलताले पनी हामीलाई धेरै खुशी दिन मद्दत पुर्याउछ । थोरै फलको आशा राखी आफ्नो कामलाई निरन्तर रुपमा अघि
बढाउनुहोस अनि हेर्नुहोस तपाईको आफनो मिहेनतको फल आफैलाई मिठो लाग्दै जानेछ र संधै खुशी बन्नुहुनेछ । खुशी बन्ने प्रमुख उपाय नै यही हो । सानो सानो कुरामा खुशी बन्न सक्नु नै हाम्रो महानता हो ।

थोपा थोपा मिलेर समुद्र बन्छभनेझै, सानो सानो क्षणिक खुशीहरूको संगमले तपाईलाई दिर्घकालिन खुशी प्रदान गर्छ । खुशी केही पनी होइन तर खुशी सबथोक हो । खुशी के हो रु र खुशी किन चाहिन्छ भन्ने कुराको सही अर्थ एक दुखी व्यक्तिलाई बढी थाहा हुन्छ । किनकी दुखी व्यक्तिले खुशीको आवश्यकता केही हदसम्म बढी बुझेको हुन्छ । हामी सबैलाई थाहै छ कि तिर्खाएको व्यक्तिलाई प्यासको जती महत्व हुन्छ त्यती पानी पिइसकेको मान्छेलाई हुदैन । खुशी पनी त्यस्तै चिज हो हुनेलाई केही न केही नहुनेलाई सबथोक । नर्वे (खुशी राष्ट्रहरुमध्ये नं. १ मा पर्ने देश) का मानिसलाई भन्दा सेन्ट्रल अफ्रिकन रिपव्लिक (खुशी राष्ट्रहरुमध्ये सबैभन्दा अन्तिममा पर्ने देश) का जनतालाई खुशी के हो र यो किन चाहिन्छ भनेर
प्रश्न गरियो भने पक्कै पनि सेन्ट्रल अफ्रिकन रिपव्लिकका मानिसहरुले नै बढी अर्थपूर्ण जवाफ दिन्छन ।
मानिस खुशी रहने अर्को कारण भनेको समयको पर्याप्तता पनि हो । आजको २१औं शताब्दिको वैज्ञानिक युगमा जुन व्यक्तिसंग पर्याप्त समय हुदैन त्यस व्यक्ति कहिल्यै खुशी रहन सक्तैन । कामको शिलशिलामा विहानैदेखी वेलुकासम निरन्तर काम गर्ने व्यक्तिहरुमा आलस्यता, अल्छिपन, मानसिक तनाव, उच्चरकम रक्तचाप जस्ता समस्याहरु देखापर्ने गरेको अमेरिका, क्यानडा र नेदरल्याडका मनोविश्लेषकहरु वताउँछन । उनिहरुका विचारमा आजको युगमा त्यस्ता मानिसहरु बढि खुशी हुन्छन जसले पैसा खर्च गरेर आफ्ना लागी धेरै खाली समय निकाल्छन । यसबाट उनिहरुलाई जिवनमा उच्स्तरको सन्तुष्टि मिल्छ ।

आजको समयमा खुशीलाई चिन्न नसक्दा विश्वका कयौं मानिसहरु दुःखी जिवन बाचिरहेका छन । धन, सम्पति गाडी, जग्गाजमिन, परिवार आदी सबै थोकको बाबजुद पनि एक व्यक्ति खुशी बन्न सक्तैन । हो खुशीलाई चिन्न सक्नु नै एक व्यक्तिको अन्तर्निहित क्षमता मानिन्छ तर खुशी कसरी ल्याउन सकिन्छ भन्ने कुराको क्षमता जसमा हुन्छ त्यहि नै महान हुन्छ । संसारमा दुई किसिमका मानिस हुन्छन, एक किसिमका मानिस खुशीलाई खोज्दै आफ्नो सम्पूर्ण जिवन त्यसैका लागी समर्पण गर्ने र अर्कोथरी खुशीको माध्यमबाट आफू नजिकका सम्पूर्ण व्यक्तिलाई खुशी रहन सिकाउने । प्रतिस्पर्धाको संसारमा आजका मानिसहरु अरुको उपलब्धी, सफलतामा केही हदसम्म दुःखी बन्ने गरेको पाइन्छ । यो व्यक्तिको एकदमै नराम्रो पक्ष हो । कुनै पनि व्यक्तिले आफूले गुमाएको भन्दा पनि पाएको उपलब्धीहरूमा ध्यान दिने हो भने उ सधैं खुशी रहिरहन्छ । खुशी भन्ने चिज यस्तो चिज हो जुन तपाई जती धेरै बाड्नुहुन्छ त्यती नै धेरै तपाईमा रहेको खुशीको मात्रा बढ्दै जान्छ । खुशीको लागी भौतारीन बन्द गर्नुहोस बरू तपाईमा रहेको थोरै खुशी अरुलाई अलिकती बाड्नुहोस, तपाईको जिवनमा अनेक खुशीले आगमन गर्नेछन । तर फेरी रिसाउनुहोस, अघिका ती सबै खुशीहरु विलाएर जानेछन ।

खुशी लिन धेरै संघर्ष गर्नुपर्छ तर एक सेकेण्डको रिसले सम्पूर्ण खुशीलाई पैतालामा पुर्याइदिन्छ । तसर्थ जिवनमा धेरै भन्दा धेरै खुशी रहनुहोस । तपाईको जिवन सुखी र खुशी रहोस ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.