माघे संक्रान्ति किन मनाइन्छ ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

माघे संक्रान्ति किन मनाइन्छ ?




एकदिन भगवान शिवले नन्दिलाई पृथ्वीलोकमा जाउ, हरेक दिन नुहाउ अनि महिनाको एक पटक मात्र भोजन गर भनेर आज्ञा दिनुहुन्छ । तर नन्दीले भने उल्टो बुझ्दछन र दिनमा एकपटक भोजन गर र महिनामा एकफेर नुहाउ भनि बुझ्दछन् । शिव रिसाएर नन्दीलाई पृथ्वीलोकमा गएर किसानहरुलाई कृषी गर्न र हलो जोत्न मद्धत गर्न आज्ञा दिन्छन् । यसरी नन्दिले पृथ्वी लोकमा गोरुका रुपमा आगमन गरेको पनि यसै दिन हो भन्ने प्राचीन विश्वास छ ।



सनातन संस्कारका लगभग सबै चाडपर्वहरु चन्द्रमाको मान अनुसार लुनार क्लालेण्डरमा आधारित छ तर माघे संक्रान्ति यस्तो चाड हो जसमा चन्द्रमाँको मान भन्दा पनि सूर्यको अवस्थिती हेरेर तय गरिन्छ । सूर्य २३ दशमलव ५ डिग्रीको कोणमा ढल्केको छ, यसरी घुम्दा हरेक दिनझै केही न केही मात्रामा सूर्यका किरणहरु क्रमशः घट्दै दक्षिणतर्फको उच्चतम बिन्दुमा पुग्दछ । एवं रितले पूनः दक्षिणको उच्चतम बिन्दूबाट उत्तरतर्फ सूर्यले यात्रा तय गर्दछ र प्रतिदिन किरणहरु हुर्कंदै जान्छन् । यसरी दक्षिणतर्फको उच्चतम बिन्दूमा पुगेपछि उत्तरतर्फको यात्रा शुरु हुनलाई उत्तरायण भनिन्छ । उत्तरायण शुरु हुने दिनलाई विन्टर सोलिसिट्स भनिन्छ, सामान्यतया २१ डिसेम्बरलाई विन्टर सोलिसिट्स भनिएपनि वैदिक हिन्दु संस्कारमा भने मकर संक्रान्तिबाट मात्र उत्तरायण शुरु हुने बताइन्छ । पृथ्वीको एकसेल प्रिसेसनका कारणले हरेक ७० बर्षमा एक दिन उत्तरायणको समय अघि सर्दछ, तसर्थ हिउँदको जर्जियन सोलिसिट्स २१ डिसेम्बर भएपनि लुनार क्यालेण्डरमा मकर संक्रान्तिलाइ नै उत्तरायणको शुरुवात मानिन्छ । भारतमा भने हरेक वर्षको जनवरि १४ लाई यस संक्रान्ति मनाउने चलन छ । नेपाली संक्रान्तिका हिसाबले हाम्रो र भारतको मकर संक्रान्तिमा १ दिनको थपघट हुने संभावना हुन्छ ।

तसर्थ मकर संक्रान्तलाई केवल संस्कारमात्र नभई गणित अनि ज्यामीतिको पनि उत्सर्ग मानिन्छ । आजभन्दा हजार बर्ष पहिले माघे संक्रान्ति शायद डिसेम्बर महिनाको अन्तमा मनाइने चलन थियो होला भन्ने खगोलिय अध्यनहरुले देखाउँदछ । अबको ५० बर्षपछि भने माघे संक्रान्तिहरु १५ नत्र १६ जनवरिमा पर्ने बताइन्छ ।

माघे संक्रान्तिको दिनबाट सूर्य मकर राशिमा प्रवेश गर्दछ र यस दिन भने दिन र रात बराबर हुने बताइन्छ । अब मकर संक्रान्ति पछि भने दिन लामो हुन्छ भने रात छोटो हुन थाल्दछ । मकर संक्रान्तिलाई हिउँदको बिदाईका रुपमा लिइने चलन छ, अब सूर्यका किरणहरु हुर्कंदै जाने अनि दिन लामा हुँदै जाने गर्दछन् । एकदिन भगवान शिवले नन्दिलाई पृथ्वीलोकमा जाउ, हरेक दिन नुहाउ अनि महिनाको एक पटक मात्र भोजन गर भनेर आज्ञा दिनुहुन्छ । तर नन्दीले भने उल्टो बुझ्दछन र दिनमा एकपटक भोजन गर र महिनामा एकफेर नुहाउ भनि बुझ्दछन् । शिव रिसाएर नन्दीलाई पृथ्वीलोकमा गएर किसानहरुलाई कृषि गर्न र हलो जोत्न मद्धत गर्न आज्ञा दिन्छन् । यसरी नन्दिले पृथ्वी लोकमा गोरुका रुपमा आगमन गरेको पनि यसै दिन हो भन्ने प्राचीन विश्वास छ । किंवदन्ति जेसुकै भएपनि आजसम्म पनि हलो जोत्ने गोरुलाई भगवानको उपहार अनि वाहन स्वरुपमा बिभिन्न तिथी अनि चाडमा वैदिक सनातन संस्कारमा पूजा अर्चना गरिन्छ । मकर संक्रान्तिकै दिन पवित्र गंगा गएर समुन्द्रमा मिलेको विश्वास गरिन्छ, यसै कारणले पनि गंगा किनारमा यस दिन भक्तालुहरुको विशेष भीड रहन्छ । आजको दिन नदिनालामा स्नान गर्नाले पापमोचन हुने र पुण्य मिल्ने बिश्वास गरिन्छ ।

आजबाट सुर्य उत्तरायणमा प्रवेश गर्ने बताइन्छ, महाभारतमा भिष्म पनि उत्तरायण लागेपछि मात्र शरीर त्यागेर इच्छा मृत्यू लिएको मानिन्छ । उत्तरायणलाई अत्यन्त पवित्र पक्षका रुपमा लिइन्छ, मुख्यतया उत्तरायणमा मृत्यू भएकाहरूले मोक्ष प्राप्त हुने विश्वास धेरैले लिएका हुन्छन् । महाभारतका भिष्म लगायत बिष्णु स्वंयमले पनि उत्तरायण कुरेरै प्राण त्याग गरेको पनि बताइन्छ । तील अनि गुण, सख्खरहरु, कन्दमूलहरू न्यानो अनि तातो खुराक हुन र जाडोमा पर्ने मकर संक्रान्तिमा यी खानेकुरा खाएमा स्वास्थ राम्रो हुने गर्दछ ।

नेपालमा भने मकर संक्रान्तिका दिनमा तिल, भूजा अर्थात मुरही, चिउरालगायतका कुराहरुको लड्डु खाने चलन मात्र नभई तरुल, सख्खरखण्ड लगायतका जमिनमुनी फल्ने जराजन्य कन्दमूललार्इ उसिनेर अथवा तरकारी पकाएर खाने चलन पनि छ । घरमा ज्वाँई पाहुना बोलाउने, करकुटूम्भ छरछिमेक निम्तो दिने, मिठो मसिनो खाने चलन यस दिनको विशेष रौनक हो । तिहार सकेसंगै चाडपर्वहरुको लर्को समापन भएको छ, मकर संक्रान्ति धेरै समयपछिको चाडको आगमन हो ।

यस चाडको सबैलाई शुभकामना ।

---
हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.