मिस नेपाल खतीवडा बनीन् ओएसीस एजुकेशनको ब्राण्ड एम्बेष्डर | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मिस नेपाल खतीवडा बनीन् ओएसीस एजुकेशनको ब्राण्ड एम्बेष्डर





अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको ओएसीस एजुकेशनले मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतीवडालाई ब्राण्ड एम्बेष्डर बनाएको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी मिस नेपाल खतीवडालाई ब्राण्ड एम्बेष्डर बनाएको हो । आफु पनि ईन्जिनियरीङ्गको विद्यार्थी रहेको र ओएसीस एजुकेशन पनि शिक्षासँग सम्वन्धित संस्था भएकोमा आफु यसको ब्राण्ड एम्बेष्डर बन्न पाएकोमा मिस नेपाल खतीवडाले खुशी ब्यक्त गरीन् । 

पत्रकार सम्मेलनमा बोल्दै ओएसीस एजुकेशनका सिईओ कुशल केसीले सन् २०१२ देखि निरुनतर रुपमा ओएसीस एजुकेशनले अष्ट्रेलिया अध्ययनका लागि आउने विद्यार्थीहरु, नेपाली समुदाय र अन्तराष्ट्रिय विद्यार्थीह्रुलाई समेत उचित शैक्षिक परामर्शका साथैं माईग्रेसन, भिसा, ईन्सुरेन्स लगायतका बिषयहरुमा सेवा प्रदान गर्दै आईरहेका जानकारी गराउनु भएको थियो । त्यसरी नै संचारकर्मीहरुले सोधका प्रश्नहरुको जवाफ दिदै सिईओ केसीले विद्यार्थीहरु अष्ट्रेलीया पढ्न जाँदा उनिहरुले दुःख नपाउन र उचित परामर्श पाउन भन्नका लागि नै ओएसीस एजुकेशन सधै लागिरहेको धारणा राख्नु भएको थियो । 

पत्रकार सम्मेलनमा बोल्दै नेपाल शैक्षिक परामर्श संघ ईक्यानका अध्यक्ष बिष्णुहरी पाण्डेले पछिल्लो समय अष्ट्रेलीया पढ्न जाने विद्यार्थीहरुको संख्या बढीरहेको र ओएसीस जस्ता अष्ट्रेलियामै रहेका नेपाली परामर्श दातृ संस्थाहरु परामर्श दाताको रुपमा अघि आउनुले नेपाली विद्यार्थीह्रुलाई अष्ट्रेलिया अध्ययन गर्न सजिलो हुने धारणा राख्न् भएको थियो । त्यसरी नै कार्यक्तममा मिस नेपाल वल्र्ड श्रृंखला खतीवडा, हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपती, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, बरिष्ठ फोटो पत्रकार राजधाई सुवाल लगायतका बक्ताहरुले कार्यक्तम सफलताको शुधकामना ब्यक्त गरेका थिए ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.