मिस वर्ल्डका लागि श्रृंखला खतिवडालाई कसरी भोट गर्ने? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मिस वर्ल्डका लागि श्रृंखला खतिवडालाई कसरी भोट गर्ने?




अनि के तपाईँले श्रृंखलालाई भोट गर्नुभयो त ? तपाईँको अमूल्य भोटले अर्को साता ३ करोड नेपालीका लागि खुशीयाली छर्न सक्छ; भोट चैं अाधिकारीक स्रोतबाट मात्र गरौं है !



मिस वर्ल्डमा नेपाली उपस्थितिको अहिलेसम्मको इतिहासमा अत्याधिक चर्चा र वाहवाही प्राप्त गर्न सफल कम्यूनिष्ट राजनीतिक पारिवारीक माहोलमा हुर्कीएकी मकवानपुरकी २२ वर्षिया अार्किटेक्ट श्रृंखला खतिवडाको । विश्व अर्थतन्त्रको शक्तिशाली ठूलो कम्यूनिष्ट देश चीनमा हुँदैगरेको ६८ अाैं संस्करणको यि विश्व सुन्दरी प्रतियोगीतामा यस पटक श्रृंखलाले सबको ध्यान अाफूतिर अाकर्षित गर्न सफल भएकीछिन् ।

मिस वर्ल्डको अाधिकारीक वेबसाइट बाहेक यो पनि अाधिकारीक त्यो पनि अाधिकारीक भनी विभिन्न डिजिटल प्ल्याटफर्म, सामाजिक सञ्जाल एप मोभस्टारमा भोटिङ भईरहेका छन् । तर अाधिकारीक बाहेकका सबै भोटले श्रृंखलाको यो यात्रालाई सकारात्मक सहयोग गर्छ त ? हरेक प्लाटफर्ममा भोटिङका अाधारमा अहिले श्रृंखला नम्बर १ स्थानमा छिन भन्ने अासयको समाचार छताछुल्ल छ ।

यता मिस वर्ल्डको अाधिकारीक भोटिङ साइटमा ४१.८२% प्राप्त गर्दै श्रृंखलाले वास्तवमैं भोटिङको अग्रपङ्कतिमा छिन । उनलाई अग्रता बनाइराख्न तपाईले https://www.missworld.com/#/ मा गएर १३ अाैं लहरको चौथो नम्बरमा हामी श्रृंखलालाई उनले प्राप्त गरेको भोट सहितको तस्बिर र भोट गर्नका लागि बटन पनि राखिएको छ । भोट गर्नका लागि तपाईँले लग इन गर्नुपर्नेहुन्छ । लगइन गर्न धेरै सजिलो छ त्यसको लागि https://www.missworld.com/#/login खोल्नुहोस् र त्यहाँ खुल्ने लगइन पेजमा फेसबुक, इन्स्टाग्राम अथवा G+ राखिएको छ ती तिनवटा विकल्पमध्ये कुनै एकलाई क्लिक गरेर तपाईँले सहजै लगइन गर्न सक्नुहुनेछ ।

लगईन हुने बित्तिकै वेबसाइट तुरुन्त गर्ने पेजमा पुग्छ पाना थोरै तल स्क्रोल गर्नुहोस् श्रृंखलालाई देख्नसक्नुहुनेछ । श्रृंखलाको फोटोमा नामको तल प्राप्त भोट उल्लेखित ठाउँमा थिच्नुहोस् छेवैमा VOTE भन्ने बटन देख्नुहुनेछ । त्यस VOTE बटन थिच्नुहोस् श्रृंखलाले तपाईँको भोट प्राप्त गरेको सन्देश पेजको तल अाउनेछ ।

अनि के तपाईँले श्रृंखलालाई भोट गर्नुभयो त ? तपाईँको अमूल्य भोटले अर्को साता ३ करोड नेपालीका लागि खुशीयाली छर्न सक्छ; भोट चैं अाधिकारीक स्रोतबाट मात्र गरौं है ! साथै श्रृंखला खतिवडालाई तपाईँको शुभकामना सन्देश के छ ? हौसला सहितको शुभकामना सन्देशका लागि म्यासेज बक्समा गएर कमेण्ट गर्नुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.