मातृभाषा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मातृभाषा





नेपाल एउटा फुलवारी नै हो र यहाँ विभिन्न भाषा वोल्ने फूलवारीका फूलहरु छन् । चाहे ल्हासो भनुन या फ्याफुल्ला या नमस्ते भनुन या जयमसीह भनुन् । चाहे सलाम वाले कुम भनुन या जदौ या तारेमाम भनुन् यहाँ हजार विभिन्न भाषाको एउटै मतलब छ र त्यो हो प्रेम, राष्ट्रियता अनि सदभाव । आउनुहोस जुनसुकै भाषा बोल्ने सकल नेपाली जनमा आजको यो अन्तराष्ट्रिय मातृभाषा दिवसको हार्दिक शुभकामना दिऔ । आज अन्तराष्ट्रिय मातृभाषा दिवस हो , सन् २००० देखि संयूक्त राष्ट्रसँघले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई वहुभाषिक र वहुसास्कृतीक जनसख्याँ अनि तिन्को भाषाको कदर स्वरुप हरेक वर्षको फेब्रुअरी २१ लाई अन्तराष्ट्रिय मातृभाषा दिवसको विगुल बजाउन आग्रह गरेको थियो ।


मानव सभ्यता अनि अभिब्यक्तिकालागी भाषा एउटा महत्वपूर्ण आधार हो, भाषाका माध्यमवाट हामीले हाम्रा धेरै चल र अचल सास्कृतीक सम्पतीहरुको रक्षा र सँग्रह गर्दै आएका छौ , त्यसैले त आज पनि भाषा अनि लिपिमा लिपिबद्ध दस्तावेजहरु श्रीमद्ध भागवत गीता, कुरान, बाईबल, त्रिपिटक आदी थुप्रै ग्रन्थ अनि बेदहरु जोगाएका छौ । नत्र भाषा नहुने हो भने यी हजारौ वर्ष अगाडिका ग्रन्थहरु आज पनि हाम्रा सिरानी अनि सन्दुक तथा मनभित्र कहाँ हुन्थे र ?


आफ्नै मातृ भाषामा विधालय अनि विश्वविधालयका पाठ्यक्रमहरु उपलब्ध भएमा अध्यन कति सहज हुन्थ्यो होला, यो प्रकारको सहज सिकाई अनि पाठ्यक्रममा पनि जोड दिन जरुरी छ । राष्ट्रिय भाषा नेपाली त हाम्रो मुटुमै छँदै छ तर मातृभाषाको स्वादमा विषयबस्तुको सहज बुझाई पनि एक मानव अधिकारनै हो, हैन र ? कमसेकम शुरुवाती सिकाईहरु मातृभाषामा भएमा उक्त बालकले बुझेका विषयबस्तुहरु उसकालागी सहज र सरल हुन जान्छ ।


भारतवाट पाकिस्तान छुटिएपछी अहिलेको तात्कालिन बंगलादेशलाई पूर्वि पाकिस्तान भनिन्थ्यो, आजको दिन सन् १९५२ मा बंगाली भाषाको औपचारीक प्रयोगकालागी बगंला यूवाहरुले गरेको प्रदर्शन अनि त्यसमा मारिएका भाषाप्रेमी शहिदहरुको वलिदान स्वरुप मनाईन्छ । स्मरण रहोस् भारत र बगंलादेश चाँही यस्ता देश हुन जस्को राष्ट्रगान चाँही एकै ब्यक्ति पंडित रविन्द्रनाथ टेगौर हुन् । संसारमा यो भाषगत अनि राष्ट्रिय पहिचानका मुलस्तम्भ राष्ट्रिय गाननै एकै कवीले लखेको उदहारण अहिलेसम्म अन्यत्र छैन् । पहिचानको दौडमा वेजोडले कुदिरहेको नेपाल अनि नेपालीका परिवर्तित आकांक्षाहरुले सम्पूर्ण नेपालीहरुका भाषा अनि पहिचानलाई आत्मसाथ गर्दै अगाडि वढ्न सकुन्, भाषा अनि बोली दुबैको सम्मान होस् ।

हाम्रो पात्रोकालागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.