मम्मी तपाईको मुख हेरेँ है ✔ ह्याप्पी मदर्स डे !✕ | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मम्मी तपाईको मुख हेरेँ है ✔ ह्याप्पी मदर्स डे !✕




   सुधन सुवेदी - Apr 26 2017

यो शीर्षकमा लेख्ने सोचिराख्दा दुई कुरा तछाडमछाड गर्दै दिमागमा आइरहे । दुइवटैको बेलिबिस्तार लाउने अनुमतिमा यहाँ राखेँ ।

मम्मी त विदेशीले भन्न सिकाए हामीलाई आपतविपतमा कहाँ मम्मी आउँछ आमा नै आउँछ भनेर सानो कक्षाका गुरुले भन्नुहुन्थ्यो । सायद तेसो भन्ने गुरुबाले आमा कै सम्बोधन गर्नुहुन्थ्यो होला । आफूलाई गाह्रो  साह्रोमा त मम्मी नै मुखबाट निस्कन्छ । आमा, मुमा, मामु नि आउँदैन । सानैदेखि जे बानी पर्यो तेही त आउने होला ।

दोस्रो कुरो यो मातातीर्थ औंसी हो मदर्स डे हैन । अंग्रेजी बोल्ने शासकका साम्राज्यवादले हामीलाई यति साह्रो गाँजेको छ कि हामी आफ्नै चाडमा विदेशी भाव जोड्ने भएछौं । नभा मातालाई सम्झने दिन, उनको महिमामा लीन हुने दिन मदर्स डे नहुनु पर्ने । नभा त घोडेजात्रा हर्स डे अनि नागपञ्तमी स्नेक डे हुनुपर्ने हैन र?

यी त फिलर्स जस्ता कुरा भए । अलि पिरोलेको कुरा । अलि सोचनीय कुरो ।
लोकल चाडले सन्सार पिट्ने बेलामा अरुका जस्ता सुनिने चाड किन बनाउनु । आफ्नै मौलिक कुरो प्रचार हुँदा देश नै चिनिने हो । रिसर्चले संस्कृति र चाडपर्वहरु विदेशीले धेर हेर्न रुचाउने कुरा हुने भनेर देखाको नि छ ।

कुनै बेला संसार भनेको मेल्टिङ्ग पट जस्तो थियो । जे जति राखिए सबै पग्लिए, अस्तित्व गुमाए । जुन चिज अलि बढी थियो तेस कै रङ्ग देखियो । सोझो अर्थमा ठूलो चिज हावी भयो साना ढाकिए ।अहिलेको संसार बौल अफ सलाद जस्तो । सलादमा सबै चिज देखिन्छन् र स्वाद पनि बैग्लै तर सँगै । हो यो सलादको कचौरामा हाम्रा चाड विशिष्ट छन् भन्ने झल्कियोस्, देखियोस् ।


सबैलाई आफ्नो आमा अलि विशेष नै लाग्छन् । स्वार्थ नजोडिएको सम्बन्ध नै आमासँगको हो । आफ्नो सन्तानलाई संसार कै राम्रो देख्ने नि आमाहरु नै हुन् नि । आमाको पवित्रता आत्मसात गर्ने, केही क्षण नै सही बिताउने, उनलाई मन परेको खुवाउने समग्रमा खुसी बनाउने अवसर आजको दिन । मम्मी आज भौतिक रुपमा मुख हेर्न नपाको नि सात वर्ष बढी भइसकेछ । हजुरको नाति केटोले शान्ति आमा भग्वानकोमा चाँडै गइस्यो भन्छ । के याद छ त आमाको भन्दा बोकेको भन्छ । त्यो एक वर्ष नि नपुगेको विचराले के पो याद राख्न सक्यो होला तैपनि बेला बेलामा सम्झिन्छ ।

बढाउने, साथ दिने भन्दा छिर्के हान्ने बढी भेटिने आजको समयमा जिवनरुपी जाँतो पिसाइ सहज छैन । त्यस्तामा नि आफ्नो छोरो सबैलाई जित्ने तागत राख्छ भन्ने विश्वास राख्ने तपाईलाई मेरा शब्द श्रद्धा । कैयन् सकिदैन र अब भयो भन्ने परिस्थितिमा अघि बढाउने पेट्रोल नै यी तपाइँका विश्वास नै त हो मम्मी ।
हजुरलाई र सम्पूर्ण आमाहरुलाई नमन ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.