एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को अध्यक्षमा अर्जुनराज खनिया मनोनित | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. को अध्यक्षमा अर्जुनराज खनिया मनोनित






प्रेस विज्ञप्ति
चैत्र २८, २०७४

एन आई सी एशिया बैंक लिमिटेडले बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने नयाँ सञ्चाकलहरु मनोनित गरेको छ । नयाँ सञ्चालक समितिमा श्री अर्जुन राज खनियालाई  सञ्चालक समितिको अध्यक्षमा मनोनित गरिएको छ । अध्यक्ष श्री खनियाले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ । श्री खनियाले एन आई सी एशिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा कार्यरत हुनुका साथै उहाँले बैंकको योजना तथा रणनीति तर्जुमा एवं कार्यान्वयनमा अत्यन्त कुशल भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

भेरी अञ्चलको जाजरकोट खलंगामा केन्द्रिय कार्यालय स्थापना गरि मिति २०७४ मंसिर १२ गते देखि सञ्चालनमा आएको लघुवित्त वित्तिय संस्थामा बैंकको तर्फबाट मनोनित अन्य सञ्चालकहरुमा श्री दिनेश भारी, श्री विशाल सिग्देल, श्री तेज राज तिमिल्सिना र श्री पदम ठकुल्ला रहनु भएको छ । साथै, एन आई सी एशिया बैंकलाई सर्वसाधारणबाट दर्शाउनुभएकोे प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब रू १३१ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 


सुधिर नाथ पाण्डे
सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी)



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.