मेरो साथीका लागी सर्वश्रेष्ठ संदेश | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मेरो साथीका लागी सर्वश्रेष्ठ संदेश




   Suyog Dhakal - Aug 09 2016

म तिमीलाई माया गर्छु तर म तिम्रो प्रेमी हैन अंगालो मार्छु तिमीलाई तर म तिम्रो जीवन साथी पनि हैन म तिम्रो जीवनप्रति वास्ता राख्छु तर म तिम्रो परिवार पनि हैन तिम्रो पीडाहरु बाँड्न तैयार छु



- सुयोग ढकाल

मेरो साथी, म तिमीलाई धेरै माया गर्छु 
हामीले धेरै साथी बनाउछौं 

कोही प्रिय हुन्छन्
कोही विशेष हुन्छन्
कोहीसंग हामी प्रेम पनि गर्न पुग्छौँ 
कोही बिदेश जान्छन् 
कसैले शहर परिवर्तन गर्छन्
कोही छोहेर जान्छन्
कोही सम्पर्कमा हुन्छन्
कोही सम्पर्क वाहिर हुन्छन आफ्ना इगोको कारणले 
तिनीहरु जहाँ भएपनि, व्यस्तै भएपनि 

हामी उनिहरुलाई सझंना गरिरहन्छौं

उनिहरुले हाम्रो जिवनमा निभाएको भुमीकाका लागी
पुराना साथीहरुलाई बिर्सेको भान हुन नदिऔं र कहिले बिर्सिदैनौं भनेर भनिदिऔं
साथीहरु बिना यी दिनहरु काला, अध्याँरा र उराठ छन् 
कोही पेप्सिका बोतलमा पाइप लाएर खान्थे 
कोही चकलेटका लागी झगडा गर्थे 
कोही कक्षा कोठाको प्रथम बेञ्चमा बस्थे 
सानो जोकमा धेरै हाँस्ने पनि थिए 
कोही फोन गरेर हैरान पार्ने नि थिए 
कोही क्लास टेस्टमा कहिल्यै आउँदैन थिए 

कोही थोरै अङ्क आयो भनेर रुन्थे 

कोही कुरा काटथे कोही कुरा लाउँथे 
तर जे थिए जस्ता थिए साथी हुन 
सबैलाई माया, माया माया 




म तिमीलाई माया गर्छु 
तर म तिम्रो प्रेमी हैन 
अंगालो मार्छु तिमीलाई 
तर म तिम्रो जीवन साथी पनि हैन 
म तिम्रो जीवनप्रति वास्ता राख्छु 

तर म तिम्रो परिवार पनि हैन 
तिम्रो पीडाहरु बाँड्न तैयार छु 

तर तिमीसँग रगतको नाता छैन मेरो 
हामी साथी हौं

असल साथीले बुवाले जस्तै हकार्न सक्छ 
आमाले् जस्तै माया गर्छ 
दिदि बहिनीले जस्तै रिस उठाउँछ 
भाइले जस्तै गिज्याउँछ

र अन्तमा तिम्रो प्रेमी या प्रेमीकाले भन्दा धेरै माया गर्छ 
यो संदेश आफ्ना बिशेष मित्रहरुलाई पठाउनुहोस् 
जीवन वास्तवमै केही हैन यदि माया र मित्रता नहुने हो भनेँ 

सबैलाई माया दियौं
र मायाको बदलामा केही अपेक्षा नगरौं
किनभने माया गर्नु कुनै कारोवार या सट्टापट्टा हैन 
जत्तिकै ब्यस्त भए पनि साथीसंग केही समय बिताउनुहोस 
किनभने एकदिन तपाइसंग समय हुनसक्छ 
तर वरिपरी साथी नहुन सक्छन



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.