“प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको लागि महाअभियान शुभारम्भ” | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

“प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको लागि महाअभियान शुभारम्भ”




भोरले महाअभियानको पहिलो चरणमा प्रदेश नम्बर २ को ८ वटै जिल्लामा सरकारी, गैरसरकारी, विज्ञ तथा विभिन्न सरोकारवालाहरु निकायसँग अन्तरक्रिया गर्ने जनाएको छ । दोस्रो चरणमा प्रत्येक जिल्लाका रहेको भौतिक, आर्थिक, समाजिक तथा सास्कृतिको विषयमा वृहत्त अध्ययन अनुसन्धान गर्न सोही जिल्लाका विज्ञहरुको सहयोगमा रिर्पोट तयार गर्ने जनाएको छ ।



देश संघीयतामा प्रवेश गरि सकेको सन्दर्भमा प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको लागि महाअभियानको शुभारम्भ भएको छ । भोर, अभियानी तथा अनुसन्धान मुलक परोपकारी संस्थाले आफनो विषेश रणनैतीक पहलको रुपमा प्रदेश नम्बर २ को आथिर्क, सामाजिक र सांस्कृतिक समृद्धिको लागि महाअभियानलाई अगाडी सारेको छ । कार्तिक ६, २०७४, सोमवारको दिन जनकपुरधामको पगलाबाबा धर्मशालाबाट एउट विषेश कार्यक्रममा उक्त महाअभियानको शुभारम्भ गरिएको थियो । वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा समाजको सकारात्मक परिवर्तनको संवाहक ६५ योद्धाहरुको सहभागीतामा संचालन भएको महाअभियानको शुभारम्भ समारोहमा प्रदेश नम्बर २ को आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको लागि बृहत सवांद कार्यक्रम पनि संचालन भएको छ ।

उक्त महाअभियानको शुभारम्भ समारोहमा समाजको सकारात्मक परिवर्तनको संवाहकहरु राम आषिश यादव, सुरेश शर्मा, शिव नाथ झा, सरोज राय, सरोज मिश्र, विजय कुमार झा, राजकिशोर रजक, प्रदिप दत्त, राम बाबु ठाकुर, सिया सदा, चन्देश्वर सदा लगायतका व्यक्तित्वहरुको सहभागीता थियो । त्यस्तै, जनकपुरधाममा कार्यरत पत्रकारहरु श्याम सुन्दर शशि, हदिश खुद्धार, कैलाश दास, बटुक नाथ झा, प्रमोद कुमार साह, घनश्याम मिश्र तथा विभिन्न क्षेत्रहरुमा कार्यरत संजय कुमार महतो, उमेश कुमार निराला, राज झा, राजिव मंडल, शिव नारायण झा, दिनेश्वर साह, गणेश राय, गुन्जन कुमार राय, नागेन्द्र साह, राकेश यादव, रामेश्वर महरा, सुन्दर कुमार सदा, जय राम यादव यदुवंशी, शशि कुमार सिंह, अशोक साह लयागतका व्यक्तित्वहरुको सक्रिय सहभागीताको साथ उक्त महाअभियानको शुभारम्भ र संवाद तथा पहल कार्यक्रम संचालन भएको थियो । भोरका कार्यकारी समितीका सदस्य मिथिलेश साहले उक्त कार्यक्रम सहजीकरण गरको थियो ।

भोरले महाअभियानको पहिलो चरणमा प्रदेश नम्बर २ को ८ वटै जिल्लामा सरकारी, गैरसरकारी, विज्ञ तथा विभिन्न सरोकारवालाहरु निकायसँग अन्तरक्रिया गर्ने जनाएको छ । दोस्रो चरणमा प्रत्येक जिल्लाका रहेको भौतिक, आर्थिक, समाजिक तथा सास्कृतिको विषयमा वृहत्त अध्ययन अनुसन्धान गर्न सोही जिल्लाका विज्ञहरुको सहयोगमा रिर्पोट तयार गर्ने जनाएको छ ।

भोरका अध्यक्ष राजकुमार महतोले विज्ञहरुबाट तयार गरिएको रिर्पोटलाई एकिकृत गरि प्रदेश नम्बर २ को समग्र आर्थिक, सामाजिक तथा सास्कृतिक अवस्थाको सम्बन्धी वृहत्त प्रतिवेदन तयार गरिने बताए । विज्ञहरु संलग्नतामा तयार गरेको प्रतिवेदन निर्वाचनपछि गठन हुने प्रदेश सरकार तथा संघिय सरकारलाई बुझाउने बताए । त्यस्तै, उक्त प्रतिवेदन कार्यान्वयनमा भोरले प्राविधिक सहयोग गर्ने र सहयोगको लागि विभिन्न विदेशी दातृ संघसंस्थाहरु लाई प्रदेश नम्बर २ को अवस्था, आवश्यकताको बारे सहयोगी नियोगहरुलाई सुसुचित गराउन कार्य गर्ने महतोले बताए ।‘ यो महाअभियानले सरोकारवाला निकायलाई प्राविधिक सहयोग र आवश्यकता पर्दा सकारात्मक दवाव समेत दिनु प्रदेशको विकासमा सार्थक सावित हुने छ, उनले भने,‘ प्राविधिक सहयोग र सकारात्मक दवाव दिनलाई यो महाअभियान थालेका छौ ।

प्रदेश नम्बर २ मा अन्य प्रदेशभन्दा फरक साँस्कृति र अलग मौलिकता रहेकोले यसको विकासको व्यापक सम्भावना रहेको दावी गरे । भोरले गरेको संवाद र पहल कार्यक्रमा वरिष्ठ साहित्यकार डा।राजेन्द्र बिमलले प्रदेश नम्बर २ आर्थिक, समाजिक र साँस्कृतिमा धनी रहेको बताए ।

प्रदेश नम्बर २ मा पर्ने भुगोल ईतिहासमै अबल्ल रहेको उल्लेख गर्दै उनले भने,‘ राजा जनक, सहलेस, दीनाभद्री लगायतका वीर योद्धाहरुको जन्म र कर्मभुमि यहि प्रदेशमा भएको छ ।’ विश्व प्रसिद्ध दर्शनहरु मिथिला भुमिमै लेखिएको भन्दै उनले नेपालबाट मिथिला साँस्कृतिलाई हटाएर नेपाली साँस्कृतिको पहिचान शुन्य हुने दावी गरे ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.