Prem Abhibyakti Dine Sticker | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर लिएर आयो हाम्रो नेपाली किबोर्ड





हाम्रो नेपाली किबोर्डले पुरा गर्यो ५० लाख डाउनलोड

आदरणीय प्रयोगकर्ता, शुभेच्छुक र विश्वभरि छरिएर रहेका नेपालीजन तथा नेपालीभाषीहरुमा प्रेममय फेब्रुअरीको यो प्रेमिल महिनाले माया, सद्भाव तथा अपनत्वका हरेक सम्बन्धहरुमा सुवास छर्न सकोस् हाम्रो नेपाली किबोर्डको तर्फबाट शुभकामना । 

हाम्रो नेपाली किबोर्डको नयाँ स्वरुप, स्टिकर, इमोजी सहितको अघिल्लो संस्करणलाई अत्याधिक माया दर्शाउनुभएकोमा हाम्रो नेपाली किबोर्ड तथा हाम्रो पात्रो परीवार आभार व्यक्त गर्दछ । पछिल्लो अपडेटमा यहाँहरुको मायाको असर यस्तो रह्यो की अब हाम्रो नेपाली किबोर्ड नेपालमा सर्वाधिक ५० लाख डाउनलोड भएको अर्को नेपाली एप बन्न समेत सफल भएको छ । यस अघि सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रोले ५० लाख डाउनलोड भएको नेपालको पहिलो एपको आंकडा चुम्न सफल भएको थियो । यहाँहरुले हाम्रा हरेक एप तथा एपका फिचरलाई प्रयोग गरीदिएर अभिव्यक्त गरेको माया तथा दिंदै आउनुभएको सुझाव तथा प्रतिक्रियाहरु यसरी नै निरन्तर पठाईरहनुहोला ।

नयाँ वर्ष २०१९ को अवसरमा हामीले पहिलो पटक, नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेका थियौं । प्रेमका लागि प्रख्यात महिना फेब्रुअरीलाई कसरी बिर्षन सकिन्थ्यो । प्रेम दिवस ९भ्यालेन्टाइन०को यो विशेष महिनामा यहाँहरुका प्रेमील गफहरुमा, सन्देशहरुमा तथा आफ्ना आफन्त, विशेष कोही, प्रियजनहरुलाई तपाईंको माया, प्रेम अभिव्यक्त गर्न कुनै कसर बाँकी नरहोस भनी विभिन्न मायालु सन्देशसहितका नयाँ स्टिकरहरु थपेका छौं ।

तपाईंले शब्दबाट अभिव्यक्त गर्न नसकेका कुराहरु हाम्रो स्टिकरमा समावेश विभिन्न प्यारा नेपाली पात्र तथा सिम्बोलअंकित स्टिकरहरुले सजिलै अभिव्यक्त गरीदिनेछन् । थपिएका नया स्टिकरमा कान्छा, कान्छि, बौचा व मैचा, नक्कली, मुनु र मिमि तथा प्रेमका अन्य चल्तिका शब्द समेटिएका छन् । प्रेम दिवसको शुभकामना १

यसका साथै हाम्रो पात्रोमा समेत प्रेमदिवस विशेष इकार्डहरु उपलब्ध छन् ।

हाम्रो नेपाली किबोर्ड यहाँबाट राख्नुहोस् ।

नेपाली भाषा तथा अक्षरसँगको तपाईं र हाम्रो प्रेम जारी रहोस् । हामी थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दैजानेछौं । हाम्रो नयाँ अपडेटबारे कुनै जिज्ञासा, सुझाव अथवा प्रतिक्रियाहरु छन् भने कृपया कगउउयचत२जबmचयउबतचय।अयm मा ईमेल गर्नुहोला । धन्यवाद १



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.