सगुन र हिन्दुस्तान टाइम्सबीच ५० लाख डलरको लगानी सम्झौता | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सगुन र हिन्दुस्तान टाइम्सबीच ५० लाख डलरको लगानी सम्झौता





भारतीय बजारमा सगुनको पहुँच बढ्ने विश्वास

सोसिएल कमर्श प्लेटफर्म सगुनले भारतबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्सको भगिनी संस्था एच्‌टी ओभरसिज प्रालि (एच्‌टी सिंगापुर) सँग ५० लाख डलरको लगानी सम्झौता गरेको घोषणा गरेको छ। एच्‌टी ओभरसिज प्रालि भारतको पुरानो तथा ठूलोमध्येको एक सञ्चार कम्पनी एच्‌टी मिडिया लिमिटेड ९एच्‌टी मिडिया० को पूर्ण स्वामित्वमा रहेको कम्पनी हो।

एच्‌टी सिंगापुरसँगको सम्झौताले सगुनलाई करीब ४६ करोड भारतीय इन्टरनेट प्रयोगकर्तामाझ हिन्दुस्तान टाइम्सका विभिन्न सञ्चार माध्यम मार्फत सहज पहुँच हुनेछ। सगुनको प्रारम्भिक चरणको लक्षित दक्षिण एसियाली बजारको एक हिस्साको रुपमा रहेको भारतीय बजारमा पहुँच कायम राख्न यो सम्झौताले सहयोग पुग्ने विश्वास सगुनको छ। एच्‌टी मिडियाको स्वामित्वमा रहेका प्रकाशनहरुमा अंग्रेजी माध्यमबाट प्रकाशित हुने हिन्दुस्तान टाइम्स तथा मिन्ट तथा हिन्दीमा प्रकाशित हुने हिन्दुस्तान छन् भने अन्य डिजिटल माध्यमहरु तथा एफ्एम् स्टेसन पनि रहेका छन् ।

सगुनले आफ्नो नविन प्रयोग अन्तर्गत सोसल स्मार्ट कार्डको विकासलाई निरन्तरता दिँदै सन् २०१८ को अन्त्यसम्म बजारमा सुरु गर्ने लक्ष्य लिएको छ । यस कार्डको सहयोगले बजारमा सामान किन्दा पैसा कमाउन मद्दत गर्दछ, कुपन देखाएर छुट पाउन सकिन्छ तथा आफ्ना प्रियजनहरुलाई उपहार पनि दिन सकिन्छ । सगुनले यसै बर्ष आइओएस् एप जारी गर्नको लागि समेत काम गरिरहेको छ। ३ सय अर्ब डलरको सोसल कमर्स बजारमा सोसल स्मार्ट कार्ड र आइओएस् एपले आमूल परिवर्तन ल्याउन सक्ने सगुनको विश्वास छ।

सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भन्नुभयो, “हामी एच्‌टी सिंगापुरजस्तो प्रभावशाली साझेदारसँग सम्झौता गर्न पाउँदा एकदमै खुसी छौं । हिन्दुस्तान टाइम्सको प्रभावले हामीलाई संसारको दोस्रो धेरै इन्टरनेट प्रयोगकर्ताहरु रहेको भारतका अझ बढी प्रयोगकर्ताहरुसम्म पुग्नको लागि मद्दत गर्नेछ ।”

सगुनले यस वर्षकै जनवरीमा सफलरुपमा एन्ड्रोइड मोबाइल एपको सुरुवात गरेपछिको चरणमा यस सम्झौता भएको छ। दुई महिनामा नै सगुनको एन्ड्रोइड एप ५ लाख ८० हजारभन्दा बढीपटक डाउनलोड भैसकेको छ। एन्ड्रोइड प्रयोगकर्ता तथा वेबको प्लेटफर्मका प्रयोगकर्ता समेत गरेर सगुनका कुल १६ लाख प्रयोगकर्ताहरु भइसकेका छन् । अहिले उपलब्ध सामाजिक सञ्जालमा भन्दा भन्दा राम्रो अनुभव खोजिरहेका अन्य सामाजिक सञ्जालका २ अर्ब ८० करोड प्रयोगकर्ताहरु मध्येबाट सगुन प्रयोगकर्ताहरुको हिस्सा बढिरहेको छ।

 “हाम्रो लगानी सगुनले बनाएको उत्कृष्ट सेवा तथा संसारभरका प्रयोगकर्ताहरुलाई प्रदान गरिरहेको राम्रो सामाजिक सञ्जाल प्रयोगको अनुभवको प्रमाण हो । आम मानिसले सामाजिक सञ्जाल मार्फत् कनेक्ट, शेयर, तथा अर्न गर्ने शैली परिवर्तन गर्न सक्ने क्षमता सगुनमा छ भनी हामी विश्वास गर्छौं र यस यात्राको एक साझेदार हुन पाएकोमा हामी उत्साहित छौं । ”, हिन्दुस्तान टाइम्सका लगानी टीमका प्रमुख अतिभ चड्डाले भन्नुभयो ।

सगुनले अमेरिकी सामाजिक सञ्जालको जगतमा रहेको एउटा कमजोरीलाई समाधान गरेको छ, त्यो भनेको उनीहरु इकमर्शको लागि बनाइएका होइनन् । बिक्रीकर्ता तथा खरिदकर्ताबीच किनबेच गर्न प्रतिबन्ध लगाइएको छ र प्रयोगकर्ताहरुले आम्दानीको प्रत्यक्ष स्रोत बन्दा पनि कुनै आर्थिक लाभ पाउँदैनन् । यसले गर्दा उपहारको रुपमा दिइने कार्ड, कुपनमा दिइने सुविधा तथा छुटहरुलाई सामाजिक सञ्जालमा उपलब्ध गराउने अवसर गुमिरहेको छ

सगुनले रेगुलेशन एं अन्तर्गत ग श्रेणीका सामान्य शेयरहरु २३ अमेरिकी डलरको दरमा कम्तीमा एक हजार लगानी गर्नुपर्ने गरी निश्कासन गरेको थियो । शेयर निष्कासनपछि सगुनले सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्ने यसको सपनासँग सहमत ३ हजार भन्दा बढी लगानीकर्ताबाट करीब ३४ लाख डलर लगानी उठाएको छ। कम्पनीले सन् २०१६ को सुरुवाती चरणमा १४ लाख डलर लगानी निजी स्तरमा उठाएको थियो ।

रेगुलेशन एं मार्फत् हुन् शेयर निष्कासनले शेयर कारोबार गर्ने प्रमाणपत्र नपाएका आम नागरिकलाई कम्पनीको शेयर किन्ने अवसर प्रदान गर्छ । कम्पनीले हालसम्म पनि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताबाट लगानी उठाइरहेको छ। शेयर निष्कासन सम्बन्धी जानकारी सगुनको वेबसाइट www.sagoon.com/invest मा हेर्न सकिन्छ ।

सगुनको बारेमा
सगुन सुरुवाती चरणमा रहेको सोसल कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिक सञ्जाल चलाउने प्रयोगकर्ताहरुलाई पैसा कमाउने अवसर प्रदान गर्ने हो । ‘सगुन’ भन्ने शब्दको मूल संस्कृतको ‘सकुना’ शब्द हो जसको अर्थ शुभ अवसर तथा राम्रो भाग्य भन्ने हो । सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु गरिएको सेवा हो र सन् २०१४ मा सोसल कमर्स प्लेटफर्मको रुपमा प्रयोगकर्ताहरुलाई कनेक्ट, शेयर, तथा अर्न गर्न मद्दत गर्ने उद्देश्यका साथ पुनर्विकसित गरिएको थियो । सगुनसँग सम्पर्क गर्नको लागि www.sagoon.com मा मा जानुहोस् वा फेसबुकमा कम्पनीको पेजमा लाइक गर्नुहोस् । कम्पनीमा रेगुलेशन ब्ं मार्फत् लगानी गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

--------

Sagoon Enters into $5 Million Investment Agreement with HT Overseas Pte. Ltd (HT Singapore)

Agreement also to provide in-market visibility for Sagoon through leading media properties like Hindustan Times; Investment follows Company’s successful Mini-IPO, launched in 2017 and raising $4.8 million from 3000 investors

WASHINGTON D.C. – March 12, 2018 – Sagoon, the social commerce platform enabling its users to Connect, Share, and Earn, today announced it has entered into agreement for a $5 million investment from HT Overseas Pte Ltd (“HT Singapore”), a wholly-owned subsidiary of HT Media Limited (“HT Media”), one of India’s oldest and largest media companies.

The deal with HT Singapore will enable Sagoon to reach nearly 460 million Indian internet users, a large chunk of Sagoon’s initial south Asian target market, through different media properties owned by HT Media. HT Media’s publications include English newspapers Hindustan Times and Mint, and Hindi daily Hindustan, as well as several other digital properties and FM radio stations.

Sagoon will continue the development of its innovative Social Smart Card, planned for release by the end of 2018, and allowing Sagoon users to earn money while shopping, redeeming coupons, and gifting their loved ones. Further, Sagoon is rigorously working towards developing and launching an iOS app. The company considers the social smart card and the iOS app to be game-changers, particularly within the $300 billion social ecommerce market.

“We are thrilled to enter into this agreement with such an influential partner like HT Singapore. The reach of Hindustan Times will enable us to further connect with a large market of Indian internet users, which is second largest in the world,” said Govinda Giri, founder and CEO, Sagoon.

The deal follows the successful launch of the Sagoon mobile app for Android in January. With more than 580,000 app downloads in just two months, Sagoon now boasts 1.6 million users across its mobile and web-based social commerce platform. The Company continues to build market share, onboarding those within the 2.8 billion social network users across the globe who are looking for a better social experience than is provided by current platforms.

“Our investment in Sagoon is a testament to the wonderful product that they have built and to the preferred social experience they are providing to users around the globe. We truly believe Sagoon has the potential to change the way people connect, share, and earn via social media and we have great excitement to be part of the journey,” said Ateev Chadda, Head of Equity Team, Hindustan Times.

Sagoon solves a glaring problem in today’s U.S. social media landscape – U.S. social networks are not set up for ecommerce. Direct commerce between users and sellers and amongst users is prohibited, and users earn no financial rewards for being a direct source of revenue. There is also a missed opportunity to make gift cards, coupon offers, and discounts purely social.

The Company launched a Regulation A+ offering 2017, offering Class C common stock at $23 per share with a minimum investment of $1,000. Since, it has raised approximately $3.4M from more than 3,000 investors globally that share Sagoon’s vision of a social commerce platform that helps users to Connect, Share, and Earn. The company raised its other $1.4M privately in early 2016.

Regulation A+ offerings provide an opportunity for the non-accredited general public to invest and own stock in the company. The company is still accepting investments from public and institutional investors and can be accessed through its website www.sagoon.com/invest, where the Offering Circular is posted.

About Sagoon
Sagoon is an early-stage social commerce platform that offers users a chance to make money while socializing. The word “Sagoon” is derived from the Sanskrit word “Shakuna”, meaning “an auspicious moment” or “good luck”. First launched as a search engine in 2009, Sagoon evolved into a social commerce platform in 2014 with the mission of helping people to better Connect, Share, and Earn. To connect with Sagoon, visit www.sagoon.com or “Like” the Company on Facebook. To invest in the company through its Regulation A+ offering, please click here.



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.