'Nepal Spell Bee' प्रारम्भ | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

'Nepal Spell Bee' प्रारम्भ





'Nepal Spell Bee' अर्थात नेपालमा पहिलो पटक अंग्रेजी शब्दका स्पेलिङ सहि ठम्याउनसक्ने पारखी बिद्यार्थीहरुबिचको प्रतिस्पर्धा कान्तिपुर टेलिभिजनमा हरेक बिहिवार राती ९ बजे देखि १० बजेसम्म प्रसारण हुँदैछ । आयोजक मलिन मेडियाले देशभरका सबै होनहार बिद्यार्थीहरुले यस प्रतियोगितामा भाग लिन सकुन् भन्ने उद्देश्यले देशको पुर्वदेखि पश्चिमसम्म सबै ठुला शहर पुगेर करीब ७०० स्कुल कलेजका लगभग ५ लाख प्रतिभाशाली बिद्यार्थीहरुको अडिसन लिएको थियो ।

कक्षा ९ देखि +२ सम्म अध्ययन गरिरहेका ति बिद्यार्थीहरुबाट २४३ जना दोस्रो चरणको लागि छनाैट गरीएको कुरा मलिन मिडियाले हाम्रो पात्रोलार्इ जानकारी दिएको छ ।

अाजैदेखि प्रसारण हुने यस प्रतियोगितालार्इ वरिष्ठ मेडियाकर्मी, निर्देशक तथा चर्चित टेलिभिजन प्रस्तोता भुषण दाहालले अगाडी बढाउनेछन् ।
 

नेपालमै पहिलो पटक हुनलागेको यस स्पेल बि प्रतियोगिताले अपार सफलता पाओस् , हाम्रो पात्रोको शुभकामना । सम्पूर्ण देश नेपालको पहिलो Spell Bee बिजेताको पर्खाइमा छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.