एन आई सी एशिया बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा वृक्षारोपण कार्यक्रम | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

एन आई सी एशिया बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा वृक्षारोपण कार्यक्रम





एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत आज काठमाण्डौं, कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणभित्र बिभिन्न प्रजातीहरुका बोटविरुवाहरु वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पुर्याएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियाज्यूको प्रमुख आतिथ्यतामा उक्त वृक्षारोपण कार्यक्रम सञ्चालन भएको थियो ।

एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्नो शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, विश्वविद्यालय, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्म करिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुर्याएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १६८ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू १४४ अर्ब पुगि निजि क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू ११९ अर्ब सहित निजि क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको कुरा एन आई सि एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेले बताउनुभयो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.