टिभी का बारेमा ८ गज्जबका तथ्यहरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

टिभी का बारेमा ८ गज्जबका तथ्यहरु





टिभी घरघरमा छ, अब त कम्प्यूटर या मोबाइलकको स्क्रीन पनि टिभी भइसेको छ, यूट्यूब टिभीहरुको संसार जस्तो भएको छ । तथापि हामीले टिभीका बारेमा धेरै कुरा थाहा पाउन जरुरी छ ।  ठूलो डब्बामा कालोसेतो रंगमा आएकी टिभी अब त पातली, मुलायम अनि अझ कुसुमी बैसमा भए झैं पनि लाग्दछ । अप्रिल महिनाको ३० तारिख सन् १९३९ अर्थात आजभन्दा लगभग ७७ बर्षअघि बिश्व व्यापार मेलामा सर्वसाधरण ले बाकस भित्रवाट तस्वीर र आवाज सुनेका हुन्, पछि त्यही बाकस अर्थात टिभी अहिलेसम्मकै अत्यन्त रुचाइएको आविष्कार बन्न पुग्यो । आजसम्म आइपुग्दा लगभग हरेक मान्छेसंग एक न एक स्क्रीन छ जसवाट टिभी हेर्न सकिन्छ ।

आउनुहोस् टिभीका बारेमा बिश्वले नजानेका केही तथ्यहरु आज उक्काउन चाह्यौं ।

१. सन् १८८४ मै जर्मनले टिभी आविष्कार गरेर पेटेन्ट आविष्कार अधिकार लिएको छ । सन् १९२८ बाट सर्वसाधरणलाई बिक्रि र प्रयोगका लागि टिभीलाई ल्याइएको हो । यस तथ्य अनुरुप टिभीको जन्म भएको १३७ बर्ष भइसकेको छ ।

२. बिभिन्न अध्ययनका अनुसार कुनै पनि वयस्क ब्यक्ति ६५ बर्षको उमेरसम्म पुग्दा कम्तीमा पनि २० लाख वटा टिभी बिज्ञापनहरु हेरिसकेको हुनेछ ।

३. सन् १९३८ ताका अमेरिकी डलरको हिसाबमा १२ ईन्चको सामान्य टिभीलाई डलर ४४५ डलर अर्थात अहिलेको ७२०० डलर भन्दा धेरै तिर्नपर्ने हुन्थ्यो । यो रकम अहिलेको नेपाली रकमका हिसाबले रु ८० हजार हाराहारीमा पर्न आँउदछ ।

४. सन् १९५० मा प्रथम पटक जेनिथ कम्पनीले टिभी रिमोट ल्याएको हो । स्मरण रहोस् त्यस रिमोटलाई तारको सहारामा टिभीसंग जोडिएको थियो । पछि ५ बर्षपछि तारबिहिन रिमोट बजारमा आएको हो । बिभिन्न वेबसाइटबाट रिमोट आएपछि सन् १९५० ताकाको कम्पनीको पत्रिकाको बिज्ञापनको पाना ल्याएका छौं ।


५. सन् १९०७ देखि यस आविष्कारलाई अग्रेजी भाषामा टेलिभिजन भनिएको हो र केवल सन् १९८४ बाट मात्रै यसको छोटो रुप टिभी प्रयोगमा आएको हो ।

६. दोश्रो बिश्वयूद्ध ताका बिबिसी टिभी सेवा ७ बर्षसम्म बन्द भएको थियो । बेलायत ले जर्मन बिरुद यूद्ध घोषणा गरेपछि मिक्की माउस कार्टुन प्रशारण भइरहेको टिभी बन्द भएको थियो जसन ७ बर्षपछि सन् १९४६ मा मात्र खुलेको हो । यसरी ७ बर्षपछि खुल्दा सोही कार्टुनको बाँकी अशं प्रशारण गरेर बिबिसी पूर्नप्रशारण गरिएको हो ।

७. सोनी कम्पनीले सन् १९८२ मै खल्तीमा राख्न मिल्ने टिभी निर्माण गरेको थियो । र्दुभाग्यवश यो आविष्कार अस्पष्ट र धेरै सानो स्क्रीन भएका कारणले बजारमा चल्न सकेन् ।

८. औसत मान्छेले आफ्नो जिवनकालको लगभग १० बर्ष समय टिभी हेरे बिताउने गर्दछ भन्ने बिभिन्न अध्ययनहरुले देखाएको छ ।

सुयोग ढकाल
--------------
*तस्वीर श्रोत : बिभिन्न वेबसाइटहरु



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.