प्रेमको आकार पानको पातजस्तो किन हुन्छ ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

प्रेमको आकार पानको पातजस्तो किन हुन्छ ?




   Suyog Dhakal - Feb 14 2018

उता रोमन दार्शनिक गालेनले भनें मुटु माया हैन कारणको अगं हो भनेर मायालाई कलेजो संग पनि जोडिदिएका हुन् । अहिले पनि नेपाली अनि भारतीय चलचित्र अनि संवादमा माया दर्शाउन मेरो कलेजोको टुक्रा भनिने संवादहरु हामीलेसुनेका छौं ।



भ्यालेन्टाइन डे हरेक बर्षको फेब्रुअरी १४ तारिखका दिन बिश्वभरि प्रेमको अभिव्यक्ति अनि उत्सर्गका साथ मनाइन्छ । पसलहरु राता अनि रंगीन उपहार, कार्ड अनि पुष्पहरुले सजिएका छन् । यस्ता उपहार अनि पुष्पहरु धेरैजसो पानको पातको आकारमा सजाइएका हुन्छन् । भ्यालेन्टाइन डे मात्र हैन अन्य जुनसुकै अवसर या दिवसमा पनि प्रेमको उजागर पानको पात आकारले गरिन्छ । यसलाई हामी लभ शेप पनि भन्दिन्छौं तर किन यस आकारको बिशेष प्रयोग प्रेमका लागि हुन्छ ? हामीमध्य धेरै लाई थाहा नहुन सक्छ । कतै बालुवा भएको ठाँउमा पुग्यो या हिँउमा पुग्यो भने हामी आफ्ना मनमिल्ने दौंतरीको नाम संगै आफ्नो नाम यसै पानको पातझैं आकार बनाएर गाँस्ने गर्दछौं । स्कूलमा पढ्दा लुकाएर कापीमा अनि काठमा डेस्क बेन्चमा खोपेर पनि लेखेका हुन्छौं । भित्तामा लेख्दै अनि मेटाँउदै हामीले कैयन पटक यस पानको पातलाई प्रेमको सम्बोधनार्थ प्रयोग गरेका हुन्छौं । 

यस पानको पात आकार शायद बिश्वमा सबैभन्दा धेरै व्यबसाहीक रुपमा प्रयोग गरिएको आकार मध्य एक हो । के तपाँईलाई थाहा छ ? बिश्वको सबैभन्दा पुरानो भ्यालेन्टाइन गीत कारागारमा लेखिएको थियो । कारागारको अन्धकारमा प्रमीकाको यादमा यस गीत कोरिएको हो । ओर्लियन्सका ड्यूक, चाल्र्सले आफ्नी श्रीमतीका लागि यस गीत कोरेका हुन् । एगीनकोर्टको यूद्धमा समातिएका बिपक्षी सैनिक चाल्र्सले टावर अफ लण्डनको कारागरमा यस गीत कोरेका थिए । तथापि भ्यालेन्टाइन डे भने यस घटनाको सैयौं बर्ष अघि मनाउन शुरु गरएको हो । 

अब कुरा गरौं पान आकारको ? यस आकारलाई चाहनाका देवताको आकार मानिन्छ । आकर्षण, प्रेम, आशक्ति अनि कामवासनाका देवताको आकार पान आकार हो । शुक्र र मंगल ग्रहका पुत्रका रुपमा मायाका देवताको आकार पान आकार रहेको ग्रीक दर्शनमा उल्लेख गरिएको छ । पान आकारलाई ग्रीकमा ईरोस भगवानको आकारका रुपमा मानिन्छ, यिनको ग्रीक नाम आमोर हो । यि देवताका बिभिन्न आकार हामीले पनि देखेका छौं, एकजना साना बालक जस्ता देखिने आकारको हातमा पानको पात आकारको टुप्पो भएको वाँण हुन्छ । भनिन्छ उन्को यस वाँणले लागेपछि मानिसहरुमा प्रेम उत्पन्न हुन्छ र प्रेमील सिलसिलाको शुरुवात हुन्छ भनेर । अब मुटु को कुरा गरौं न ? मुटुलाई माया संचय गर्ने प्रमुख अगंका रुपमा मानिन्छ । मुटुले वेदना, साहस, माया अनि समर्पणको भकारीका रुपमा काम गर्दछ, माया अनि मुटुलाई त झन नङ्ग र मासु झैं समबन्ध हुन्छ । र्ईजिप्टमा मृत मान्छेको शवलाई मम्मीफाई गर्नुपरेमा शरीरमा छाडिने एउटामात्र अगं मुटु हो, नत्र मम्मीफाई गर्दा अन्य अगंहरु झिकिन्छ र केवल हाडछालाको बाहिरी तहलाई मात्र मम्मीफाई गरिन्छ । मुटुलाई हजारौं बर्षसम्म त्यही शवमा रहन दिएर मम्मीफाई गर्ने चलनले पनि मुटुको महत्व जिवनपर्यन्त पनि इजिप्सीयन सभ्यता र सस्कारमा रहेको प्रष्ट हुन्छ । महान दार्शनिक एरिस्टोटलले पनि मुटुलाई बिवेकको अगं भनेका छन् । 


उता रोमन दार्शनिक गालेनले भनें मुटु माया हैन कारणको अगं हो भनेर मायालाई कलेजो संग पनि जोडिदिएका हुन् । अहिले पनि नेपाली अनि भारतीय चलचित्र अनि संवादमा माया दर्शाउन मेरो कलेजोको टुक्रा भनिने संवादहरु हामीलेसुनेका छौं । कलेजोलाई मायाको बाहक मानिन्छ तर मुटुको आकार र महत्व मायामा धेरै छ । यसैकारणले पनि हुनसक्छ, मुटुको आकारलाई पानका आकारका रुपमा मायामा अनुवाद गरिएको । पानको पातको आकारमा प्रस्तुत हरेक कुराहरुले दिने मान्छेले आफ्नो मुटुनै झिकेर दिएको पनि दृष्टान्त दिने गर्दछ । सन् ११९९ मा मृत्यू भएका इग्ल्याण्डका राजा रिचार्डले आफ्नो शरीर र मुटुलाई फरक फरक ठाँउमा गाढ्न आदेश दिएका थिए ।मुटु भन्दा केही बाहिर जाने हो भनें यस पानको पात आकारलाई श्रृजनाको आकारमा रुपमा पनि लिइन्छ किनभनें हरेक बिऊहरु अंकुरण हुने समयमा यस आकारवाट गुज्रिन्छन् र यो जिवनको आकार हो पनि भनिन्छ । यस आकारलाई गर्भको आकार पनि मानिन्छ । मुटुको यस आकार ओठको आकारवाट आएको पनि भनिन्छ । किनभने बन्द या आधा खुलेको ओठ छेउबाट हेर्दा पानको आकारमा देखिन्छ । फेरि प्रेमको अभिव्यक्ति पनि ओठवाटै शुरुवात हुने त हो । यस बर्ष ओठका शव्द अनि ख्याल र स्याहार हरेक हिसाबले मायालाई मलजल गर्नुहोला है ?

पान आकरका बिषयमा माया दर्शाउने बिभिन्न गीतहरु हामीले सुनेका छौं, माया अनि मुटुको यहि समबन्धलाई पानको पात आकारमा हजारौं बर्षबाट प्रयोग गरिएको छ । मुटुमा रहेको माया आज प्रकट गरौं, माया प्रति बफादार बनौं अनि हेरौं जिवन निश्चल अनि मुटु निष्कलंक हुनेछ ।
मनको कुरा भन्नका लागि पछि नपरौं है , आखिर माया त माया हो ।
जय होस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.