Who Will Be A 2nd Nepal Idol | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

नेपाल अाइडल सिजन २ फाइनलः अाज साँझ ६ बजे हाम्रो पात्रोबाट LIVE





कास्कि पोखराका बुद्ध लामाले पहिलो नेपाल अाइडलको उपाधी चुमेसंगै यो लोकप्रिय गायन रियालीटि शोमा इतिहास रच्न खोज्ने सङ्गीत साधक धेरै नेपालीहरुको सपना भएको हुनुपर्छ । यो स्तरको शोलाई नेपालमा पहिलोपल्ट भित्र्याउँदै इतिहास कोर्न सफल AP1 टेलिभिजनले दोश्रो सिजनको नेपाल अाईडलको अाज समापन गर्दैछ ।

पुल्चोक स्थित इन्जिनियरीङ क्याम्पसको खेल मैदानमा सिजन २ को फाइनलको अन्तिम् तयारी भइसकेको छ । प्रत्यक्ष प्रशारण AP1 HD, AP1 को यूट्यूब च्यानसंगै हाम्रो पात्रो एप्लिकेशनको गृहपृष्ठमा उपलब्ध हुनेछ ।

अाज साँझ हुने कार्यक्रमको समापनसंगै घोषणा हुनेछ दोश्रो नेपाल अाईडलको बिजेताको । फाइनलमा अन्तिम् चार प्रतियोगी अस्मिता अधिकारी, बिक्रम बराल, सुमित पाठक र बिक्रम अोड पुग्न सफल भएका छन् । यो चिसोमा नेपाली सङ्गीतको न्यानो भर्न तयार रहनुस् र प्रत्यक्ष सहभागी भएर साक्षि बन्नुहोस् यो वृहत्त साङ्गीतिक उपलब्धिको । अाज साँझ ६ बजे पुल्चोक स्थित इन्जिनियरीङ क्याम्पसको खेल मैदानमा वृहत्त साङ्गीतिक प्रस्तुतिबिच कसले मार्ला बाजी ? को बन्ने छ त दोश्रो नेपाल अाईडल ? शुभकामना सबै प्रतियोगीहरुलाई ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.