नेपालको यु-१९ क्रिकेट टोलीले आज घरेलु टोलि श्रीलंकासँग युथ एसिया कप २०१६ को पहिलो रोमाञ्चक खेलमा १ रनले नमीठो हार बेहोरेको छ । दिपेन्द्र सिंह ऐरी ले उत्कृष्ट बयाटिंग गर्दै सर्वाधिक ९० रन बनाएपछि सुरुवातमा कम्जोर भएको नेपाल को बयाटिंग सम्हालिएको थियो । अभिनाष कर्ण (४०) र दिपेन्द्र बीच उत्कृष्ट साझेदारी भएपछी नेपाल यु-१९ ले आयोजक टोली श्रीलंकालार्इ जीत्न सक्ने स्थिथि मा पुगेको थियो , तर त्यसो भएन।
यो टुर्नामेन्टमा पहिलो हार बेहोरेपछि नेपाललार्इ एसिया कपमा अप्ठ्यारो बढ्दै जानेछ ,। सन्दीप लामिछाने को कप्तानीमा रहेको नेपाली टोलीले भोलि भारत र पर्सि मलेशिया को यु- १९ टिमसँग कडा प्रतिस्प्रधा गर्नु पर्नेछ ।
यसघि घरेलु टोलीले पहिलो बयाटिंग गरेर नेपाल सामु २३८ रनको लक्ष्य दिएको थियो , ऐरी क्रिज मा रहदा अन्तिम ओवरमा नेपाललार्इ जीत्न ८ रन आवश्यक थियो । एरिले अन्तिम ओवरमा एउटा छक्का लगाएपछि नेपालको जीत लगभग सुनिशचित जस्तै भएपनि त्यसलगत्तै को बल मा दुर्भाग्यपुर्ण उनि एल बी डब्लु भए र उत्कृष्ट प्रदर्शनको बावजुत नेपाल हार्न पुग्यो ।
Liked by: