नेपालद्वारा अन्तिम बलमा बिजयी रन, क्यानडा पराजित | Hamro Patro

ब्लग - साहित्य / हाम्रो खेलकूद

नेपालद्वारा अन्तिम बलमा बिजयी रन, क्यानडा पराजित





नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आजको अति रोमाञ्चक खेलमा नेपालले क्यानडामाथी एक विकेटको सनसनी पूर्ण जीत हासिल गरेकोछ । एक दिवसीय विश्वकप खेल्ने सपना जीवित राख्न आजको खेल जित्नु पर्ने ठूलो दवाव भएका कारण पनि आजको खेल अति महत्वपूर्ण थियो ।

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछी ब्यटिङ गर्न आएको टिम क्यानडाले ५० ओभरमा आफ्नो ८ विकेट गुमाउँदै १९४ रनको तार्गेट नेपालसामु प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा अोर्लिएको नेपाली टिमको सुरुवात खराब रह्यो । ज्ञानेन्द्र मल्ल व्यक्तिगत ९ रनमा छँदा नेपालले २२ रनमा उनको पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका कप्तान पारस खड्का खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले दवाबमा परेको थियो ।

तेस्रो विकेटकालागि दिलिप नाथ र दिपेन्द्रसिंह ऐरीले ५० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर ७३ रनको कूल स्कोरमा नेपालले चार विकेट गुमाउन पुग्यो । नेपालकालागि दिलिप नाथले ४१ रन बनाउँदा शरद भेषवाकरले मात्र एक रन जोडन सके । त्यसपछि दिपेन्द्रसिंह ऐरी पनि १८ रनमा आउट भएपछि नेपालले ८१ रनमा पाँच विकेट गुमायो ।

नेपालकालागि रोहित पौडेलले २७ तथा आरिफ शेखले २६ रन बनाए । अन्तिममा करण केसीको उत्कृष्ट ब्याटिङका कारण नेपालले गुमाइसकेको खेल आफनो पक्षमा पार्न सफल भयो । अन्तिम ओभरमा ८ रन चाहिएकोमा करणले छक्का प्रहार गर्दै नेपाललाई अन्तिम दुर्इ बलमा २ रनको अावश्यक्ताको नजिक ल्याएर जीत हासिल गराउन सफल भए । करणले अविजित ४२ रन बनाए । यो जीतसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गरेको छ ।

उता अर्को खेलमा नामिबियालाई १९ रनले पाखा लगाउँदै युएईले फाइनल मा नेपालसंग भेट पक्का गरेको छ । विश्व क्रिकेट लिग डिभिजन टूको फाइनल खेल भोली दिउँसो नेपाली समय अनुसार १:१५ मा सुरु हुने छ । नेपालसंगै युएई पनि डिभिजन एकमा बढुवा भएको छ भने सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सकालागि समेत छनोट भएको छ ।

क्यानडाको पारी विस्तृतमाः
टस जितेर पहिले बलिङ रोजेको नेपालले ICC Division 2 अन्तर्गत नामिबियाको विनडक स्टेडियममा क्यानडा विरूद्ध महत्वपूर्ण खेलमा पहिलो पारी सक्किंदा ८ विकेट प्राप्त गर्दै १९५ रनको चुनाैति प्राप्त गरेको छ ।

नेपालकालागि भरपर्दा भेट्रान क्रिकेट स्टार बसन्त रेग्मीले १० अोभरमा ३४ रन खर्चेर क्यानडाको ३ विकेट प्राप्त गर्न सफल भए । बसन्तपछि नामिबिया यात्रामा सबैभन्दा सफल यूवा लेगस्पिनर सन्दिप लामिछानेले एक मेडन अोभर सहितको कूल ९ अोभरमा ४० रन खर्चेर २ विकेट लिन सफल भएका थिए । यस्तै करण केसि, शरद भेस्वाकरले संयूक्त १-१ विकेट लिन सफल भए । 

नेपालकासामू चुनाैति बनेका श्रीमान्थ विजयरत्नेले १५२ बलको सामना गर्दै १०३ रन सहित अविजित रहे । यसमा उनको ८ वटा चाैका समावेश छ । यस्तै क्यानडाको तर्फबाट हम्जा तारिकले २४ रन र सतसिम रञ्जित ढिन्ड्साले १८ सर्वाधिक रन जोड्न सफल भए । 

---------
प्रारम्भिक अपडेटः २ बजे मध्यान्ह
अर्को महिना जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेलमा नेपालले खेल्छ अथवा खेल्दैन पुष्टि गर्न आज आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नेपाल र क्यानडाको खेलमा नेपाललार्इ जीत्न आवश्यक छ। छ टोलि मध्य शीर्षदुई स्थानमा रहन नेपाललाई अहिले भैरहेको खेलमा शीर्ष स्थानमा रहेको क्यानडालाई पराजित गर्नैपर्ने दबाव आएको छ ।

दबाबमा मैदान उत्रिएका खेलाडीहरुको आजको प्रस्तुति अव्वल रहन जरुरि छ । सबै खेलाडीलाई हाम्रो शुभ कामना ।

यो खेलको लाइभ अपडेट हाम्रो पात्रो एपको पहिलो पानामा हेर्न सक्नुहुनेछ ।    



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.