सन्दीपले अमित मिश्रासंग अरुभन्दा धेरै सिक्न पाउने छन् भन्ने अनुमान धेरैले लगाएका छन् । यो खुशीको क्षणमा सन्दीप लगायत सबै नेपाली क्रिकेट प्रेमीलाई बधाई । बिश्वकपको छनौट खेलको डिभीजन ४ मा पनि नेपालको शिर उच्च राख्न सकुन्, सन्दीपलाई बधाई । सन्दीप लाई दिल्ली डियरडेभिल्सले स्वागत गर्दै गरेको ट्वीटमा उन्लाई प्रथम नेपाली क्रिकेटरका रुपमा आईपीएलमा स्वागत गरिएको उल्लेख छ ।
आईपीएल अर्थात ईण्डियन क्रिेट लिग, संभवत बिश्वकै सबैभन्दा ठूलो क्रिकेटको मेला हो । यसबर्ष नेपाली खेलाडी सन्दीप लामीछाने पनि आईपीएलको अक्शन लिष्टमा परेर छानिएका छन्। बिश्व क्रिकेटकै सबैभन्दा ठूलो लिगमा नेपाली खेलाडी पनि अक्शनमा परेको अनि छानिएको यो प्रथम पटक हो । यस अर्थम आज नेपाली क्रिकेट प्रेमीहरुका लागि बहुतै हर्षको दिन पनि हो ।
अब सन्दीप आईपीएलमा देखा पर्ने छन् । यो बास्तवमै नेपाली क्रिकेट खेलाडीको लागि गर्वको कुरा हो ।
दिल्ली डेयरडेभिल्सले सन्दीपर्ला भारु २० लाख खर्च गरेर किनेको हो । अब अष्ट्रेलियन पूर्व क्याप्टेन र दिल्ली डिर डेभिलल्सका कोच रिकी पोन्टीगंसंग प्रत्यक्षरुपले सन्दीपले सिक्ने र तालिम पाउने छन् ।
यसका अलावा अन्य बिश्वप्रसिद्ध खेलाडीहरु गौतम गम्भीर, म्याक्स वेल, मुन्रो, कागिसो रवाडा र मोहम्मद सामीसंग खेल्न पाउने भएका छन् ।
अष्ट्रेलियाका भूतपूर्व कप्तान मीकाइल क्लार्कले प्रशंसा गरेका नेपाली लेग स्पीनर १७ बर्षे सन्दीपको धेरै अघि जाने संभावना छ भनेका थिए । उनले सन्दीपलाई अष्ट्रेलिया बोलाएर केही स्थानीय खेलहरु पनि खेलाएका हुन् । हरेक बर्ष भारतका ८ शहरहरु प्रतिनिधित्व गर्ने गरि अप्रिल र मे महिनामा आईपीएल खेल हुने गर्दछ । सन् २००७ बाट आईपीएल शुरु भएको हो । सन् २०१७ मा ५ दशमलव ३ बिलियन अमेरिकी डलर को मुल्याकंन गरिएको आईपीएल ले मात्रै सन् २००५ मा भारतको कूल ग्राहस्थ उत्पादनमा १८२ मिलियन अमेरिकी डलर प्रदान गरेको बीसीसीआई को प्रतिवेदनमा उल्लेख छ ।
गत बर्ष मुम्बई ईण्डियनको आईपीएल मा जित भएको हो । हरेक टीमले बढिमा ४ जना मात्र बिदेशी खेलाडी लिन सक्दछन् । जहाँसम्म आईपीएलमा नेपाली सन्दीपको कुरा छ, बास्तवमै नेपालका यिनी यूवा खेलाडीको अन्तराष्ट्रिय बजारमा माग र पहिचान बढ्दै गएको हो ।
सन्दीपले अमित मिश्रासंग अरुभन्दा धेरै सिक्न पाउने छन् भन्ने अनुमान धेरैले लगाएका छन् । यो खुशीको क्षणमा सन्दीप लगायत सबै नेपाली क्रिकेट प्रेमीलाई बधाई । बिश्वकपको छनौट खेलको डिभीजन ४ मा पनि नेपालको शिर उच्च राख्न सकुन्, सन्दीपलाई बधाई । सन्दीप लाई दिल्ली डियरडेभिल्सले स्वागत गर्दै गरेको ट्वीटमा उन्लाई प्रथम नेपाली क्रिकेटरका रुपमा आईपीएलमा स्वागत गरिएको उल्लेख छ ।
हाम्रो पात्रो
Liked by: