परदेशीको खबर | Hamro Patro

ब्लग - साहित्य / हाम्रो कविता

परदेशीको खबर




   Maan Bahadur "Muskaan" - Aug 02 2016

सपना र आशा, भए भताभुङ्ग,, के सोध्छौ र खबर, यो परदेशीसंग,, उडाउँछ भुमरीले निलो गगनमा कैले झराउँछ फेरि, भुईमा झसङ्ग,,



सपना र आशा, भए भताभुङ्ग
के सोध्छौ र खबर, यो परदेशीसंग

उडाउँछ भुमरीले निलो गगनमा कैले
झराउँछ फेरि, भुईमा झसङ्ग

रम्दैना योमन रंगीचंगी गुलाब र कोमलहरुमा
मनभित्र सधै लाली, गुरासको रङ्ग

डाँफे मयुर नाच्ने हिमनदि भेटिदैन यता कतै
समून्द्रि तट यो, छुट्टै छ अङ्ग

हेपाई तड्पाईमा सधैं अरुको नै राज चल्छ
आफ्नै खुशीले ,चल्दैन जङ्ग

के सोध्छौ र खबर, यो प्रदेशीसंग


-मान बहादुर थापा "मुस्कान"
बि.न.पा.-१८ तातोपानी, सुर्खेत
हाल मलेशिया
[email protected]


----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.