चुनाब बिशेष-यो चुनाबमा नचुक्नु होला | Hamro Patro

ब्लग - साहित्य / हाम्रो कविता

चुनाब बिशेष-यो चुनाबमा नचुक्नु होला




   देव प्रसाद गाैतम - May 09 2017
यो चुनाबमा नचुक्नु होला कविता

चुनाब आयो हजुर अब चुनाब आयो
ए हजुर भोट दिदा अब नझुक्किनु होला
भगवानरुपी नेताहरु आउछन
झुकी झुकी दर्शन गर्नु होला

के भन्छन के के दिन्छन आश्वाशन का पोकापोकी
शिरोधारण गर्दै हासी जय होस् जय भन्नु होला
आफ्नो गाउ आफै बनाउ सुधारको मूल मन्त्र हो
यो खाटि कुरा बुझिदिनु है चनाखो भै दिनु होला

आफ्नो भन्दै पछी पछी लाग्दा यो हालमा पुगीसकेउ
खाने , पाउने , लोभी मायामा चिप्ली नलड़नु होला
२०१५ सालबाट चुन्न सिकेउ , केहि त अनुभव भाकै छ
हामि कसको कति प्रगति भाको छ , त्यता पनि हेर्नु होला

आफ्नो गाउ आफ्नो ठाउँ , थलो सबैको साझा हो
सक्षमबाटै हुन्छ निर्माण सुरक्षा यो मौका नचुक्नु होला
भोट किन्ने ब्यापारी हुन् , छलिया ठग्ने कैयों जस्तै
ललाई फकाई दराई ठगलान साबधान रहनु होला

समाज पनि त आमा हुन् , आमाको इज्ज़त राखौ है
आमा र आत्मा न बेच्नु होला , हिप्नोटिजमबाट बच्नु होला
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.